मकवानपुर । नेकपा (एमाले) मकवानपुरको १२औँ जिल्ला अधिवेशनअन्तर्गत जिल्ला नेतृत्वको लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ ।
आइतबार भएकाे निर्वाचनकाे मतगणना आज पाैने १० बजे सुरु गरिएकाे हाे । मतगणना हेटौंडा-४ स्थित पशुपति मन्दिरको सभाहलमा सुरु भएको हो । सुरुमा पदाधिकारीको मतगणना थालिएको निर्वाचन समितिले जनाएको छ ।
जिल्ला अध्यक्षका लागि श्रीधर पोखरेल, इन्द्रमान स्याङतान, लालबहादुर थापा र देवराज रिमाल प्रतिस्पर्धामा छन् । अधिवेशनले पाँच पदाधिकारीसहित १ सय ५ सदस्सीय जिल्ला कमिटी निर्वाचित गर्नेछ । नयाँ नेतृत्व चयनका लागि आइतबार ७६५ जना प्रतिनिधिले मतदान गरेका थिए ।

