मकवानपुर । मकवानपुरको हेटौंडामा करेन्ट लागेर २ जनाकाे मृत्यु भएको छ ।
हेटाैडामा करेन्ट लागेर मृत्यु हुनेमा एक दम्पत्ती रहेका छन् । हेटौंडा-९ शान्तिचोकका ३५ वर्षीय समिर पाख्रिन र उनको श्रीमती ३० वर्षीया अन्सु पाख्रिनकाे करेन्ट लागेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएकाे छ ।
प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालका अनुसार चैत ३० गते साेमबार बिहान ९ बजे पाख्रिन दम्पतीले आफ्नो घरको मिटर बक्समा झोलिएको तारलाई फलामको डन्डिले उठाउन खोज्ने क्रमममा करेन्ट लागेर मृत्यु भएको हो ।
मकवानपुर । मकवानपुरको जिल्ला स्तरीय ११ औ राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । चैत २९ गते अाइतबार पहिलो दिनको प्रतियाेगिता अन्तरगत बुद्ध माविका आयुस नेगीले ४ सय र ८ सय मिटर दौडमा स्वर्ण पदक पाएका छन् । यस्तै ४ सय मिटर दौड र ज्याभलिङ थ्रोमा जनक मावि बकैयाकी पविना दार्जी प्रथम हुदै २ स्वर्ण जितिन् ।
पहिलो दिनको खेलमा ज्याभलिङ थ्रो,सटपुट,४ सय मिटर दौड,८ सय मिटर दौड, ४ सय मिटर रिले तथा १५ मिटर दौडका फाईनल खेल सम्पन्न भएका छन् । यस्तै ८ सय मिटर दाैड छात्रामा नाटेश्वर थाहाकी सुजना विक प्रथम भएकी छन् । १५ सय मिटर दौडमा छात्र तर्फ राजन गोले सुन्दरी देवी मावि, थाहा नगरपालिका र छात्रामा सरिता हुमागाई सारदा मावि गढी गाउपालिका विजयी भएका छन् । रिले मा ४ * ४०० छात्र बुद्ध मावि र छात्रा तर्फ नाटेश्वर मावि प्रथम भएका छन् ।
भलिवलमा छात्रा तर्फ ७ र छात्रमा ९ वटा विद्यालयले सहभागी जनाएका छन् भने कवड्डीमा ८ पालिकाका विद्यालयहरु सहभागी भएका छन् । भलिवल र कव्वडीका पहिलो चरणका खेलहरु सकिएका छन् । चैत ३० गते सेमिफाईनल र फाईनल खेल हुने बताईएको छ ।
कोभिडको सन्त्रासका कारण दुई दिनमा नै प्रतियोगिता समापन गर्न लागिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुशराजले जानकारी दिए । जिल्लाका सबै १० वटै स्थानिय तहले भाग लिएको प्रतियोगितामा ८ सय ७५ जना खेलाडी सहभागी रहेका जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
४८ स्वर्ण पदकका लागि हुने प्रतियोगितामा भलिवल, एथलेटिक्स, कवड्डी, कराते, तेक्वान्दो र उसुका खेलहरु भएका छन् । समग्र खेलमा मेडलका आधारमा प्रथम हुने विद्यालयले रनिङ शिल्ड प्राप्त गर्ने छ भने अन्य टीम गेम विजेताहरुलाई शिल्ड पदान गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानुकुमार लामाले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय प्रमुख रघुनाथ खुलालले गरेका थिए । खेलकुद विकास सििमतिका अध्यक्ष लामाको अध्यक्षतामा भएको कार्यक्रममा एशियाकै उत्कृष्ट प्रधानअध्यापक आधुनिक राष्टिय माविका प्रधानअध्यापक विर बंश बैठालाई सम्मान गरिएको थियो ।
मकवानपुर । मकवानपुर प्रहरीले सवारी ज्यान मुद्दा र चेक अनादर मुद्दामा फरार रहेकाे ३ जना प्रतिवादी पक्राउ गरेकाे छ । सवारी ज्यान मुद्दामा जरिवाना भुक्तान गर्न बांकी रहेका फरार प्रतिवादी हेटाैडा ८ का ज्ञानेन्द्र देउला र चेक अनादर मुद्दामा जरिवाना भुक्तान गर्न बांकी रहेका फरार प्रतिवादी हेटाैडा ८ की पिन्की पाण्डे श्रेष्ठ हेटाैडा १ की भवानी राना तामाङलाई चैत २९ गते पक्राउ गरिएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
मकवानपुर जिल्ला अदालतको २०७३ साल साउन ६ गतेको फैसालाले सवारी ज्यान मुद्दामा जरिवाना भुक्तान गर्न बांकी रहेका देउलालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौडा ८ बाट पक्रउ गरिएकाे मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले बताए ।
यस्तै मकवानपुर जिल्ला अदालतको २०७४ साल पाैष १३ गतेको फैसालाले चेक अनादर मुद्दामा जरिवाना भुक्तान गर्न बांकी रहेका श्रेष्टलाइ जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट खटिएको टोलीले हेटौडा ८ कमानेबाट पक्रउ गरिएकाे प्रवक्ता रिमालले जानकारी दिए । चेक अनादर मुद्दामै मकवानपुर जिल्ला अदालतको २०७६ साल पाैष २७ गतेको फैसालाले जरिवाना भुक्तान गर्न बाँकी रहेका प्रतिवादी तामाङलाइ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौडा १ बाट पक्रउ गरेकाे हाे ।
सवारी ज्यान मुद्दामा फरार प्रतिवादी देउला र चेक अनादर मुद्दामा फरार प्रतिवादीहरू श्रेष्ठ र तामाङलाइ जरिवाना भुक्तानको लागि सम्मानित मकवानपुर जिल्ला अदालतमा उपस्थित गराई जरिवाना भुक्तान गराईएको प्रवक्ता रिमालले बताए ।
काम मिलाइ दिन्छु भन्दै रकम माग्ने १ जना पक्राउ
यसैगरी मकवनापुर प्रहरीले हेटाैडाबाट प्रहरीसँगकाे काम मिलाइ दिन्छु भनी सर्वसाधारणसँग रकम माग्ने १ जनालाइ पक्राउ गरेकाे छ । प्रहरीसँगकाे काम मिलाइ दिन्छु भनी सर्वसाधारणसँग रकम माग्ने हेटाैडा १ का संजाेग लामालाइ चैत २८ गते पक्राउ गरिएकाे प्रवक्ता रिमालले जानकारी दिए ।
लामाले लेखनदासको काम गर्छु, प्रहरीसँग जुन सुकै काम गराईदिन्छु भनि सर्वसाधारणसँग रकम माग्ने गरेको गुनासोकाे अाधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले लामालाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको रिमालले बताए ।
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले शनिबार उद्योग वाणिज्य दिवस मनाएको छ । हेटौंडा–११, डाङडुङे स्थित मामाघर नेपालमा आश्रित वालवालिकाहरुको लागि खाद्यान्न सहयोग गरेर उद्योग वाणिज्य दिवस मनाइएको हो । संघका उपाध्यक्ष राम प्रसाद न्याैपाने लगायतका पदाधिकारीले मामाघर नेपालका संस्थापक अर्पण पराजुलीलाई खाद्य सामग्रीहरु चामल, तेल, दाल, नुन, मस्यौरा, आलु, प्याज, चिउरा सहयाेग गरेका छन् ।
उद्योगी व्यवसायीको पर्वको दिनमा मामाघर नेपालका वालवालिकाकाे लागि सहयोग गर्न पाउँदा मन प्रफुल्ल भएकाे संघका उपाध्यक्ष रामप्रसाद न्यौपाने बताए। उनले ममामाघर नेपालको संचालनमा अर्पण पराजुलीको लगनशिलताको प्रशंसा गरे । कार्यक्रममा मामाघर नेपालका संचालक अर्पण पराजुलीले सडक वालवालिका मुक्त समाज निर्माणको उद्देश्यलाई पूरा गर्न मामाघर नेपालको स्थापना भएको बताए । पराजुली वालवालिका सडकमा आउनुपर्ने वाध्यता हटेको दिन मामाघर नेपाल बन्द गरिने र त्यो सुखद समयको प्रतिक्षामा आफू रहेको बताए ।

हाल मामाघर नेपालमा १९ जना वालवालिका आश्रित रहेको उनले बताए। ‘यो संख्यामा समय समयमा थपघट हुने गरेकाे छ’ पराजुली भने– ‘वालवालिकाहरुलाई परिवारको जिम्मा लगाउँदा घटने र नयाँ सडक वालवालिका मामाघर नेपालमा ल्याउने क्रम चलिरहने भएकोले थपघट पनि भइरहन्छ ।’ मामाघर नेपालमा १०० जना वालवालिकालाई आश्रय दिन सकिने उनले जानकारी दिए । विगतको अनुभवको आधारमा पछिल्लो समय सडक वालवालिकाहरुलाई तुरुन्तै मामाघर नेपालमा नल्याई उनीहरुलाई निगरानीमा राखी मनोसामाजिक हिसावले तयार गरेर मात्र ल्याउने गरिएको उनले बताए । मामाघर नेपाल संचालनमा आफू फ्रण्टमा जस्तो देखिएपनि पूरा समाजले नै मामाघर नेपाल चलाइरहेको उनले जानकारी दिए ।

मामाघर नेपाल लाइ मकवानपुर उद्योग वाणिज्य संघबाट र संघका पदाधिकारीहरुबाट सहयोग हुँदै आएकोमा पराजुलीले प्रशंसा गरे । संघका उपाध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा भएकाे कार्यक्रम संघका सचिव तथा प्रवक्ता काब्यमणि अधिकारीले मामाघर नेपाललाइ आउने दिनमा समेत संघकाे सहयाेग रहने बताए ।
खाद्यान्न सहयोग कार्यक्रममा संघका महासचिव प्रमोद सिंह रानाभाट, सचिव सन्तोष अर्याल, कार्यसमिति सदस्यहरु दिवस पराजुली, राजाराम कार्की, कुलप्रसाद चौलागाई, नरेन्द्र भण्डारी, रुपकराज दहाल, संघका कार्यकारी सचिव पवन कार्की, पत्रकारद्वय नविन तिमल्सिना र श्रीराम अर्जुनलगायत मामाघर नेपालमा आश्रित वालवालिकाहरुको सहभागिता रहेको थियो । औपचारिक कार्यक्रमपछि
मकवानपुर । मकवानपुरे साहित्यकार दीपक गौतमको पहिलो साहित्यिक कृति मुक्तक सङ्ग्रह ‘विसङ्गत वर्तमान’ विमाेचन सहित सार्वजनिक भएको छ । शुक्रबार हेटौंडामा एक कार्यक्रमकाबीच गौतमको मुक्तक सङ्ग्रह ‘विसङ्गत वर्तमान’ विमोचन गरिएको हो ।
झरना साहित्यिक परिवारले प्रकाशन गरेको मुक्तक संग्रहकाे विमाेचन कार्यक्रम सर्जक सञ्जाल मकवानपुरको आयोजनामा भएको हाे । १ सय ५१ वटा मुक्तक समेटिएको मुक्तक विमोचन तथा विमर्श कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार विश्वनाथ सञ्जेलले गौतमका सङ्ग्रहमा शृङ्गारिक भावका मुक्तक समेटिएको बताए । रुवाइयात शैलीको मुक्तक संग्रहमा जीवन बोधका अभिव्यक्तिका साथै सामाजिक विसङ्गती मनोविज्ञानलाई पनि उजागर गरिएका छन् ।

सङ्ग्रहमाथि प्यानल डिस्कसनसमेत गरिएको थियो । राम अविकासको सहजीकरणमा घनश्याम घिमिरे, शान्तिप्रिय बन्दनाले पुस्तकमाथि टिप्प्णी गरेका थिए । लेखक गौतमले आफ्ना कृतिमाथि उठेका जिज्ञासा र प्रश्नकाे जवाफ दिएका थिए ।
कार्यक्रममा लोकेन्द्र डहरे, सन्तोष अमगाईं, बिर्खे अन्जान र आरसी रिजालले मुक्तक बाचन गरेका थिए । सञ्जालका अध्यक्ष निमेष निखिलको अध्यक्षतामा भएकाे हाे । साहित्यकार सरुभक्त प्रमुख अतिथि रहेको कार्यक्रममा मुक्तककार हरिकृष्ण काफ्ले विशिष्ट अतिथिको रुपमा रहेका थिए । कार्यक्रममा लेखक गौतमका पिता बलराम गौतमलगायतको आतिथ्यता रहेको थियो ।