मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत बुधबार विहान सकिएकाे मतगणना अनुसार गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली कांगेसका धर्मराज लामिछाने ११ हजार २ सय ९२ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सरला बोलखेले ७ हजार ६६ प्राप्त गर्दै पराजित हुन पुगिन।
त्यसैगरी उपाध्यक्षमा गठबन्धन तर्फका नेकपा माओवादीका उम्मेदवार भक्त बहादुर खत्री ९ हजार ५ स २२ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका लाल बहादुर स्याङ्तानले ७ हजार ६ सय ५२ मत प्राप्त गरेका थिए ।
मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत मकवानपुरमा महिला जनप्रतिनिधि पहिलो पटक वडाध्यक्षमा २ जना महिला निर्वाचित भएका छन् ।
मकवानपुर जिल्लामा रहेकाे १०२ वटा वडाहरुमा हालसम्म २ जना मात्रै महिला वडा अध्यक्षकाे रुपमा निर्वाचित भएका छन् । हेटाैडाकाे एउटा वडामा महिलालाई अध्यक्षकाे उम्मेदवार बनाइएकाेमा मत गणना बाँकी रहेकाे छ ।
मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ५ र १० मा गठबन्धनबाट वडा अध्यक्ष उम्मेदवार बनेका कांग्रेसका २ नेतृ कमला वाईवा र लक्ष्मी जिम्बा विजयी भएर जिल्लामा इतिहास रचेका छन् ।
वडाध्यक्ष निर्वाचित जिम्बा र वाईवा दुबै जना २०७४ सालको स्थानीय तह निर्वाचनमा बकैया गाउँपालिकामा क्रमशः अध्यक्ष र उपाध्यक्षको उम्मेदवार थिए । तर दुबैले चुनाव हारेका थिए ।
गत निर्वाचनमा गाउँपालिका उपाध्यक्षमा काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी वाईवालाई पछाडि पार्दै एमालेको तर्फबाट उम्मेदावार बनेकी सरला बोलखे बिजयी भएकी थिइन् ।
भने राप्रपाको तर्फबाट पालिका अध्यक्षको उम्मेदवार बनेकी जिम्बालाई काँग्रेसको तर्फबाट उम्मेदवार बनेका दामोदर खनालले जितेका थिए ।
यस पटक दुबैजनाले नेपाली काँग्रेसबाट वडा ५ र १० को अध्यक्ष जितेका हुन् । राप्रपाबाट कांग्रेस प्रवेश गरेकी जिम्बालाई यस पटक गठबन्धनको साथ थियो । बकैया ५ वडाबाट अध्यक्षको टिकट पाएपछि उनले पालिका हाँक्ने याेजनाले अब वडा बनाउने बताएकी थिइन ।
अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनिसकेको भएपनि वडास्तरबाटै विकासको बाटो पहिल्याउन आफूहरु लागिपरेको उनीहरुले बताए । बिजयी भएपछि पार्टीभन्दा माथि उठेर आफ्नो गाउँ र टोलको बिकासमा लागिपर्ने जिम्बाले बताइन् ।
यता हेटौंडा उपमहानगरपालिकाको वडा ११ मा उम्मेदवार बनेकी अर्की महिला जुना दाहालको भने मत गणना बाँकी छ ।
मकवानपुर । यतिबेला देश व्यापि ध्यान निर्वाचन परिणममै रहेको छ । अन्य सबैजसो सवालहरुलाई पछि पार्दै चर्चामा रहेको निर्वाचन परिणम भित्र पनि केही सवालहरु छन् जसले चर्चा नै पाएका छैनन् ।
यस्तै सवाल हुन हेटौंडा उपमहानगरपालिकामा उपमेयरको उम्मेदवार राजेश बानियाँ । सत्ताधारी गठबन्धनबाट उपमेयरको उम्मेदवारी रहेका बानियाँको मत परिणामबारे बजारमा खास चर्चा छैन, जति चर्चा राप्रपाबाट मेयरको उम्मेदवार दीपकबहादुर सिंह र गठबन्धनबाट मेयरको उम्मेदवार मिना लामाको छ ।
स्थानीय तह सदस्य निर्वाचन २०७४ मा हेटौंडा ५ को वडा अध्यक्ष जितेका नेपाली काँग्रेसका नेता बानियाँले अहिले गठबन्धनबाट उपमेयरको टिकट पाए । वडा अध्यक्षको जिम्मेवारीमा रहदा आफ्नो वडामा धेरैको मन राख्न सफल बानियाँलाई अहिले उपमहानगरभर बाटै पपुलर मत प्राप्त भएको छ । उनले हालसम्म गणना भएको मतको ४५ प्रतिशत मत पाएका छन् ।
बानियाँले गठबन्धनबाट मेयरको उम्मेदवारले भन्दा बढि मत ल्याएका छन् । हालसम्म भएको ३१ हजार ६ सय ५६ मतगणनामा बानियाँले १४ हजार २७४ मत पाएका छन् । गठबन्धनको मेयर उम्मेदवारले ९ हजार ९४१ मत पाएका छन् । बानियाको निकटतम प्रतिस्पर्धी सुमित्रा काफ्लेले ९ हजार ५ सय ३२ मत पाएकी छिन् ।
निर्बाचनको अन्तिम परिणाम आइसकेका हेटौंडा वडा नम्बर १ मा बानियाँले १ हजार ४ सय १७ मत पाउँदा काफ्लेल १ हजार १ सय ३३ मत पाएकी छन् । यस्तै वडा नम्बर २ मा पनि बानियाँले काफ्लेलाई झन्डै दोब्बर अर्थात १ हजार २५ मत प्राप्त हुँदा काफ्लेले ५ सय ३५ मत प्राप्त गरेकी छन् । यसैगरी हेटौंडा १८ मा बानियाँले १ हजार ३ सय २४ मत पाउँदा अर्का प्रत्यासी काफ्लेले १ हजार १ सय ७९ मत पाइन भने हेटौंडा १९ मा बानियाँले १ हजार ५ सय ६८ मत पाउँदा काफ्लेले १ हजार ३ सय ८८ मत पाइन ।
अहिले गणना भइरहेका वडाहरु ४, ५, ६,७, १६, १७ मा पनि उपमेयरका उम्मेदवार राजेश बानियाँ एमाले उम्मेदवार सुमित्रा काफ्ले भन्दा निकै अगाडी देखिएका छन् । हाल मतगणना भैरहेको वडा १४ र १५ मा भने एमाले उम्मेदवार काफ्लेले अग्रता लिएकी छिन्
मतदानमा सुर्य वा कलमबाट मेयरकाे भाेट हलाेमा काटीएकाे देखिएपनि उपमेयरमा बानियाँकाे भेट खासै काटीएकाे छैन । यसकाे अलवा बानियाँलाई अन्य पपुलर भाेट समेत प्राप्त भएकाे बिश्लेषण नेताहरुले गरेका छन् ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा मतगणना स्थगित गरिएको छ ।
मनहरीको वडा नम्बर ९ को मतगणना कार्य स्थगित गरिएको हो । मतपेटिकालाई कपडाले नढकेको बिषयलाई लिई बिबाद उत्पन्न भएपछी अर्को सुचना जारी नभए सम्मको लागि स्थगित गरिएको निर्वाचन अधिकृत पूर्णबहादुर दर्जीले बताए ।
वडा नम्बर – ९ को एउटा मतपेटिका कपडाले नछोपिएको अवस्थमा भेटिएपछि राजनितिक दलका प्रतिनिधिले छोपिएको अवस्थमा हुनु पर्ने भनि विवाद निकाले पछि निर्वाचन अधिकृतको कार्यालयले मतगणना कार्यलाई अनिश्चित समय सम्मको लागि स्थागित गरिएको सूचनामा उल्लेख छ ।
१ देखि ८ सम्मको गणनामा शान्तिपूर्ण तरिकाले सर्बदलिय बैठकमा भएको निर्णय अनुसार मत गणना कार्य सम्पन्न भएको थियो ।
मतपेटिकामा अन्तरास्ट्रिय मापदण्ड अनुसारको मान्यता प्राप्त डिजिटल सिल गरिने व्यवस्था अनुसार ५ वटा सिल लगाइएको हुन्छ । जुन सिल एक पटक तोडेपछि पुन लगाउने सकिदैन । सिलमा उल्लेख हुने डिजिटल नम्बर दलको प्रतिनिधिहरुले समेत मतदानको दिन रूजु गरि मुचुल्का गरेको प्रमाण भिडाउदा सहजै मतपेटिका साटिएको हो वा हैन पत्ता लाग्दछ । सहजै विवाद सुल्झाउन सकिने भए पनि कुरा बुझाउने नसक्दा मतगणना नै अबरुद्ध भएको हो ।
“सिल गरिएको बाकस चौर मै फालिए पनि सुरक्षाको दृष्टिकोणले कुनै समस्या हुन्न, कपडाले किन ढाक्न पर्यो” मकवानपुर जिल्ला मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले भने ।
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र र उप मेयरमा नेपाली काग्रेस विजयी भएको छ ।
सत्तारुढ गठबन्धनबाट मेयरका उम्मेदवार माओवादीका विष्णु बिष्ट र उपमेयरका उम्मेदवार काग्रेसका भरत गोपाली विजयी भएका हुन । मेयरमा बिष्टले ९ हजार ७ सय १९ मत प्राप्त गरि निर्वाचित हुँदा नेकपा एमालेको उम्मेदवार अच्युतम ढकालले ७ हजार ७ सय ७१ मत ल्याइ पराजित भए ।
थाहामा कुल २३ हजार ५६ मत खसेकोमा उपमेयरमा कांग्रेसका भरत गोपालीले ८ हजार ६ सय ७ मत प्राप्त गरे भने एमालेकी कल्पना बलामीले ८ हजार ५ सय २२ मत प्राप्त गरिन् ।
थाहामा माओवादी ६ वटा, कांग्रेस र एमालेले ३/३ वडामा विजयी भएका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि थाहाको मेयरमा माओवादी र उप मेयरमा काग्रेसको गठबन्धन नै विजयी भएको थियो ।