मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र र उप मेयरमा नेपाली काग्रेस विजयी भएको छ ।
सत्तारुढ गठबन्धनबाट मेयरका उम्मेदवार माओवादीका विष्णु बिष्ट र उपमेयरका उम्मेदवार काग्रेसका भरत गोपाली विजयी भएका हुन । मेयरमा बिष्टले ९ हजार ७ सय १९ मत प्राप्त गरि निर्वाचित हुँदा नेकपा एमालेको उम्मेदवार अच्युतम ढकालले ७ हजार ७ सय ७१ मत ल्याइ पराजित भए ।
थाहामा कुल २३ हजार ५६ मत खसेकोमा उपमेयरमा कांग्रेसका भरत गोपालीले ८ हजार ६ सय ७ मत प्राप्त गरे भने एमालेकी कल्पना बलामीले ८ हजार ५ सय २२ मत प्राप्त गरिन् ।
थाहामा माओवादी ६ वटा, कांग्रेस र एमालेले ३/३ वडामा विजयी भएका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि थाहाको मेयरमा माओवादी र उप मेयरमा काग्रेसको गठबन्धन नै विजयी भएको थियो ।
In: मकवानपुर बिशेष, मुख्य खबर, स्थानीय खबर/समाज
Tags: No Comments

