मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका अध्यक्षमा नेपाली काग्रेसका दोर्जे लामा स्याङ्तान र उपाध्यक्षमा मान कुमारी पाख्रिन विजयी भएका छन । स्याङ्तान र पाख्रिन ५ दलिय गठबन्धनबाट उमेदवार रहेका थिए ।
मंगलबार सार्वजनिक मत परिणाम अनुसार गठबन्धनबाट अध्यक्षमा कांग्रेसका स्याङतान ६ हजार ७ सय ६ मत सहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका निर्वतमान गाउँपालिका अध्यक्ष विदुर हुमागाईले ५ हजार ६ सय ४५ मत ल्याए ।
यसैगरि, अध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका विजय सिंह ठकुरीले १ सय ५० मत ल्याउँदा मंगोल नेशनल अर्गनाइजेसनका युवराज लामाले २४ मत,स्वतन्त्र उम्मेद्वारहरु कृष्ण प्रसाद कंडेल १२ र नवराज तिमल्सिनाले १ मत प्राप्त गरे ।
यसैगरि,उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादीकी मान कुमारी पाख्रीन ६ हजार १ सय १० मत सहित विजयी भएकी छन् । उनका प्रतिस्पर्धी सन्तु थिङले ५ हजार २ सय ४ मत ल्याउँदा राप्रपाकी हिरा देवी हुमागाईले २ सय ७ मत प्राप्त गरिन ।
यसअघि,२०७४ को स्थानीय निर्वाचनमा मकवानपुरगढीको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा एमाले विजयी भएको थियो ।
मकवानपुरगढी गाँउपालिकामा रहेका ८ वटा वडाहरु मध्ये ६ वटा वडा काग्रेश र २ वडामा नेकपा एमालेका उमेदवार वडा अध्यक्षमा बिजयी भएकाछन् ।
वडा नम्बर १ मा आइतसिं लो नेपाली कांग्रेस
वडा नम्बर २ मा बखान सिं पाख्रिन नेपाली कांग्रेस
वडा नम्बर ३ मा भागवत घिमिरे नेकपा एमाले
वडा नम्बर ४ मा अर्जुन प्रसाद तिमल्सिना नेकपा एमाले
वडा नम्बर ५ मा दिपेश दाहाल नेपाली कांग्रेस
वडा नम्बर ६ मा कृष्ण बजगाईं नेपाली कांग्रेस
वडा नम्बर ७ मा सुर्य बहादुर रुम्बा नेपाली कांग्रेस
वडा नम्बर ८ मा कुमार घिसिङ नेपाली कांग्रेस

