मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्र विजयी भएकाे छ । माओवादीबाट वडाध्यक्षमा बिजय कुमार भोलन निर्वाचित भएका हुन् ।
सार्वजनिक मत परिणाम अनुसार ६ सय ४७ मत ल्याएर भोलन विजयी हुँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका डिजन लामाले ५ सय ४० र काङ्ग्रेसका तिलक माझीले ४ सय १६ मत प्राप्त गरेका छन् ।
यस अघि बागमती १ मा यहुन्ना राई, २ मा जनक पहरी, ३ मा कमान सिं पाख्रिन र ४ मा दन्तलाल माझी विजयी भइसकेका छन् । बागमतीको अहिले ६ नम्बर वडाको मत गणना भइरहेको छ । अब ७, ८ र ९ नम्बर वडाको मत गणना गर्न बाँकी छ ।

