मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ४ मा नेकपा एमाले विजयी भएकाे छ । एमालेबाट बकैया ४ काे वडा अध्यक्षका उम्मेदवार राजन दंगाल सहित प्यानलनै निर्वाचित भएको हाे ।
सार्वजनिक अन्तिम मतपरिणाम अनुसार दंगाल १ हजार १ सय ११ मत सहित निर्वाचित हुँदा उनकाे निकटतम प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका विमल नेपालले ७ सय ८९ र नेपाली कांग्रेसका अर्जुन प्रसाद तिमल्सिनाले ६ सय ५६ मत ल्याएका छन् ।
यसैगरि,राप्रपाबाट वडा अध्यक्षका उम्मेदवार तेज प्रसाद चौलागाईले ३८ मत ,जनता समाजवादी पार्टी, नेपालका वाल कुमार माझीले ५ मत पाए । दंगाल वडामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । २०७४ मा भएको स्थानीय तहकाे निर्वाचनमा पनि उनि नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी भएका थिए ।
यसैगरि,बकैया ४ को वडा सदस्यहरुमा पनि एमालेका उम्मेदवार विजयी भएका छन् ।

