मकवानपुर । थारू महिलाको महान् पर्व जितियाको अवसरमा हेटौंडामा तीन दिन विविध कार्यक्रम गरि मनाईएको छ ।
थारु कल्याणकारीणी सभा, थारु महिला सभा, थारु युवा सभा र थारु विद्यार्थी सभा मकवानपुरले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो ।
शनिवार सामुहिक स्नान, पुजापाठ र भोजन, आईतबार जीतवहान भगवानको ब्रत तथा जितिया कथा बाचन र सोमबार साँस्कृतिक सहित विशेष कार्यक्रम आयोजना गरिएको थारु कल्याणकारीणी सभा मकवानपुरका सचिव चन्द्रकान्त चौधरीले बताए । कार्यक्रम थारु कल्याणकारीणी सभाकी केन्द्रीय सदस्य जानकी चौधरीको प्रमुख आतिथ्य तथा थारु महिला सभा मकवानपुरकी सभापती द्रौपती चौधरीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा थारु भेषभुषा लगाएर भेला भएका थारु युवक-युवतीहरुले थारु, नेपाली, हिन्दी गीतमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङ, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठ लगायतको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा थारु कल्याणकारीणी सभा मकवानपुरका सभापती हरिलाल चौधरी, उपसभापती अमिता चौधरी, थारु विद्यार्थी सभा मकवानपुरका सभापती राजेश चौधरी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा पहिलो पटक खुला पेनाल्टी सुट–आउट प्रतियोगिता हुने भएको छ । नेकपा एकिकृत समाजवादी निकट नेपाल खेलकुद महासंघ मकवानपुरको आयोजनामा प्रतियोगिता हुने भएको हो ।
विजया दशमी तथा शुभ दीपावलीको अवसरमा असोज १० गते खुल्ला पेनाल्टी सुट–आउट फुटबल प्रतियोगिता हुनेछ । हेटौंडामा हुने पेनाल्टी सुट–आउट फुटबल प्रतियोगितामा जिल्ला र जिल्ला बाहिरका गरि २५ टिमको सहभागीता रहने महासंघका केन्द्रीय सदस्य निरज सिह ठकुरीले बताए ।
एक समुहमा ६ जना रहने खेलको विजेताले ३३ हजार ३ सय ३३ रुपैँया र दोस्रो हुनेले २२ हजार २ सय २२ रुपैँया नगद पुरस्कार पाउने ठकुरीले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न १ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।
प्रतियाेगितामा टिम दर्ता शुल्क भने ३ हजार ३ सय ३३ रुपैयाँ तोकेको छ । महासंघले पहिलो पटक आयोजना गर्न लागेको पेनाल्टी सुट–आउट प्रतियोगितालाई आगामी वर्षदेखि हरेक निरन्तरता दिने जनाएको छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामा मलेसिया प्रस्थान गरेकी छन् । मलेसियाको राजधानी क्वालालाम्पुरमा हुने मानब बस्ती व्यवस्थापनको लागि प्रतिबद्ध शहरी सरोकारवालाहरुको संस्था ‘सिटिनेट’ को अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुन नगर प्रमुख लामा मलेसिया गएकी हुन् ।
उनलाई हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकियअधिकृत शिबराज चौलागाईले बिदाई गरेका छन् । आइतबार काठमाडौं गएपछि सोमबार दिउँसोको हवाई यात्राबाट नगर प्रमुखला मलेसिया प्रस्थान गर्ने कार्यसुची रहेको नगरप्रमुखको सचिवालयले जनाएको छ । प्रमुख लामा १ सय ३५ भन्दा बढि मुलुकका नगरपालिका, गैरसरकारी सस्था निजी कम्पनी र अनुसन्धान केन्द्रहरुको साझा सस्था सिटिनेटको नवौं सभामा सहभागी हुने बताइएको छ ।
सिटिनेटको नेपाल च्याप्टरको अध्यक्ष रहेको हेटौंडा उपमहानगरपालिका सहित १६ वटा स्थानीय तह र बिभिन्न सस्थाको नेतृत्व गर्दै नगरप्रमुख लामा मलेसिया गएकी हुन् । सभा असोजको ४ गते देखि ७ गतेसम्म सञ्चालन हुने कार्यतालिका रहेको छ । सभामा जानु पूर्व सिटिनेटको सदस्य रहेका नेपालका स्थानीय तह र समाजिक संघसस्थाको हेटौंडामा बैठक सञ्चालन गरिएको थियो । हेटौंडा उपमहानगरपालिकाको आतिथ्यतामा भएको बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीवावु मर्हजनले नवौं सभामा उम्मेदवारीको घोषणा गरेका थिए ।
अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन जाने तयारी पछि नगर प्रमुख लामाले कार्य जिम्मेवारी उपप्रमुख बानियाँलाई दिएकी छन् ।
मकवानपुर । कर्मचारी सञ्चय कोष हेटौडा शाखा कार्यालयले ओम बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेकाे छ । कोषको ६१ औं बार्षिक उत्सवको अवसरमा हेटौडा उपमहानगरपालिकामा रहेका बृद्धाश्रममा खाद्यान्न सहयोग गरिएको हाे ।
सञ्चय कोष शाखा कार्यालय हेटौंडाका प्रमुख राजेन्द्र लामिछाने सहितका कर्मचारीहरुले ओम बृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठ र कोषाध्यक्ष फणिन्द्र प्रसाद तिमल्सिनालाई खाद्यान्न तथा फलफुल सहयोग गरेका हुन् । काेषकाे तर्फबाट चामल दुई बोरा, दाल ५ केजी, मिक्स गेडागुडी ५ केजी, तेल ५ लिटर, नुन ५ पाकेट, मस्यौरा १ बोरा, फ्रुटी एक कार्टुन, मसला १ केजी, भुजा २ केजी, चिउरा ५ केजी, बिस्कुट ५ पाकेट, फलफुल (स्याउ) ५ किलो, आलु ५ किलो र तरकारीहरु फर्सी, स्कुस, कागती बृद्धाश्रमलाई हस्तान्तरण गरिएको हो ।
ओम बृद्धाश्रममा २५ जनाले आश्रय लिइरहेकाे काेषाध्यक्ष तिमल्सिनाले जानकारी दिए । दाताहरुकाे सहयाेगबाट आश्रय लिइरहेकाहरुलाई जीवन निर्वाहमा सहज भएकाे उनले बताए ।
मन लोभ्याउने मकवानपुरको मनकामना (फाेटाे फिचर)
Tags: No Comments
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा रहेकाे मनकामना मन्दिर धार्मिक पर्यटनकाे पर्याप्त सम्भावना बाेकेकाे क्षेत्रकाे रुपमा विकासमा अग्रसर छ । हेटाैडा उपमहानगरपालिकासँग सिमाना जाेडिएकाे मन्दिर क्षेत्रबाट हेटाैडा बजारकाे मनाेरम दृष्य अवलाेकन गर्न सकिन्छ ।
हेटौडाबाट नजिकै रहेकाे मनकामना मन्दिर मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ मा अवस्थित छ । मनकामना मन्दिर गोरखा मनकामनाको बहिनी मानिन्छ । मनोकामना पुरा हुने विश्वास गरिने यो मन्दिर जाने बाटो पहिले सिढीबाट थियाे । हाल स्लाब ढलान सहितको सवारी चल्ने सडक बनेकाे छ । हेटौंडा उपमहानगरपालिका ५ बाट सिंचाई कुनाबाट हरियाली जंगल हुँदै करिब ३० मिनेटकाे उकालो पार गरेपछी मन्दिरमा पुग्न सकिन्छ । यसैगरी हेटौंडाको राईटोलबाट उकालो चढ्न पनि सिढिको व्यवस्था छ ।

दैनिक विहान र बेलुका मन्दिर जाने बाटाे हुँदै मर्निङवाकमा सयौं मानिस हिड्ने गर्छन् । शनिबार मन्दिर दर्शनकाे लागि हेटौडा र आसपास सहित छिमेकी जिल्लाहरुबाट समेत मानिसहरु आउने गर्छन् । मानिसकाे उपस्थिति बढी हुने दिन स्थानीय उत्पादन फलफुल सागपात लगायतका राम्रो व्यापार हुने गरेको छ ।

मन्दिर आउने तथा मर्निङ्गवाकमा आउने मानिसलाई मात्र फलफुल सागपात तथा तरकारी बिक्री गरेर नसकिएपछि नजिकैकाे हेटाैडा मकनकामना चाेकसम्म लैजानु पर्ने स्थानीय शिव सापकाेटा बताउँछन् । मन्दिर डाडाँकाे टुप्पोमा रहेको छ जहाँबाट हेटौंडा सहर आसपासको मनोरम दृश्य हेर्न सकिन्छ । हाल मन्दिर परिसर नजिक हाेमस्टे तथा अन्य हाेटलहरु सञ्चालनमा छन् । हरियाली वातावरणमा मनकामना सामूदायिक वनको काखमा बसेर हेटाैडाकाे मनोरम दृष्य हेर्दै खाना र खाजाको मज्जा लिनको लागि डांडाको हाइटमै होटलहरू खुलेका छन् । मन्दिर, नजिकै रहेको बाल उद्यान यहाँ अर्को आकर्षणको केन्द्र बनेको छ । मन्दिर बाल उद्यान, हरियाली वन तथा हेटौंडा बजारलाई पृष्ठभुमि बनाएर टिकटक बनाउने र सेल्फि खिच्नेहरूको पनि यहाँ प्रसस्तै भेटिन्छन् । यहाँबाट सुर्योदय र सुर्यास्तको समेत आकर्षक देखिन्छ ।

मकवानपुरगढी गाउँपालिका याे क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रकाे रुपमा विकास गर्न लागिपरेकाे छ । हेटाैडा उपमहानगरपालिकाले पनि याे क्षेत्रमा सडक वत्ती पक्की सडक मन्दिर परिसरमा रेलिङ्ग लगायतकाे भाैतिक संरचान बनाएकाे छ । मनकामना मन्दिर क्षेत्रलाई विकास गरी धार्मिक पर्यटनलाई विस्तार गर्न सकिने निवर्तमान मेयर हरिबहादुर महत बताउँछन् । हरियाली वनमा चराचुरुङ्गीको आवाजले प्रकृति प्रेमीहरूलाई झनै लोभ्याउने गरेको छ । बसन्त ऋतुमा आउने पालुवाको बासना र फूलहरूले झनै मन लोभ्याउने नियमित मर्निङ वाक गर्ने हेटौंडाकी प्रतिमा बिष्टले बताइन् । बेला बेला यस क्षेत्रकाे जगलमा चितुवा लगायतकाे जंगली जनावरहरु देखिन्छन ।







तस्विरहरुः आरपी गुरागाईं/ सहीखबर
