मकवानपुर । मकवानपुरकाे हेटौडामा पहिलो पटक खुला पेनाल्टी सुट–आउट प्रतियोगिता हुने भएको छ । नेकपा एकिकृत समाजवादी निकट नेपाल खेलकुद महासंघ मकवानपुरको आयोजनामा प्रतियोगिता हुने भएको हो ।
विजया दशमी तथा शुभ दीपावलीको अवसरमा असोज १० गते खुल्ला पेनाल्टी सुट–आउट फुटबल प्रतियोगिता हुनेछ । हेटौंडामा हुने पेनाल्टी सुट–आउट फुटबल प्रतियोगितामा जिल्ला र जिल्ला बाहिरका गरि २५ टिमको सहभागीता रहने महासंघका केन्द्रीय सदस्य निरज सिह ठकुरीले बताए ।
एक समुहमा ६ जना रहने खेलको विजेताले ३३ हजार ३ सय ३३ रुपैँया र दोस्रो हुनेले २२ हजार २ सय २२ रुपैँया नगद पुरस्कार पाउने ठकुरीले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न १ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।
प्रतियाेगितामा टिम दर्ता शुल्क भने ३ हजार ३ सय ३३ रुपैयाँ तोकेको छ । महासंघले पहिलो पटक आयोजना गर्न लागेको पेनाल्टी सुट–आउट प्रतियोगितालाई आगामी वर्षदेखि हरेक निरन्तरता दिने जनाएको छ ।

