मकवानपुर । मकवानपुरको थाहानगरमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
शनिबार बेलुका मकवानपुरको थाहा नगरपालिका ९ चित्लाङ स्थित भित्री सडक खण्डमा बस र मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक थाहा नगरपालिका १० बस्ने ३० वर्षीय मनोज गमाल रहेका छन् ।
काठमाडौंबाट चित्लाङतर्फ आउदै गरेको बा.४ ख ८७७३ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको बा.६५प ४१७३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक मनोज र थाहा नगरपालिका १० कै शम्भु गमाल घाइते भएका थिए । मनोज गम्भीर घाइते भई उपचारको लागि ट्रमा सेन्टर काठमाण्डौं लगेकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल पछाडी सवार शम्भुको मनमोहन अस्पताल काठमाडौमा उपचार भईरहेको तथा अवस्था सामान्य रहेको छ । मोटरसाइकल, बस र बस चालक ईलाका प्रहरी पालुङको नियन्त्रणमा रहेको छ ।
मनहरीमा अध्यक्ष कप फुटबल प्रतियोगिता
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे मनहरीमा गाउँपालिकास्तरीय फुटबल प्रतियाेगिता हुने भएकाे छ । मनहरीमा चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता–२०८० को हुने भएकाे हाे ।
खेलकुद विकास समिति मनहरीको आयोजना संचालन हुने प्रतियाेगिता आगामी मंसिर ३० गतेबाट सुरु हुने छ ।शनिबार प्रतियाेगिताकाे तयारी तथा व्यवस्थापनकाे पत्रकार भेटघाट गरी जानकारी गराइएकाे हाे । प्रतियोगिताको खेल तालिका सार्वजनिक, मैदान मर्मत, आन्तरिक व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको पत्रकार भेटघाटमा जानकारी दिइएको छ ।
प्रतियोगितामा गाउँपालिकाका नौवटा वडाको सहभागिता रहनेछ । नकाउट आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक समिति संयोजक विरु लामाले जानकारी दिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्डलाई जनही ५/५ हजार रुपैयाँ प्राप्त गर्ने समिति सदस्य कविन दर्लामीले बताए । प्रतियोगिताको उद्घाटनमा मनहरी गाउँपालिकाबाट जुनियर राष्ट्रिय टोलीमा समावेश २ जना फुटबलरलाई सम्मानित गरिने बताइएकाे छ ।
प्रतियोगितामा करिब आठलाख ५० हजार रुपैयाँ हुने अनुमान गरिएको छ । प्रतियाेगिता संचालनकाे लागि गाउँपालिकाकाे ७ लाख रुपैयाँ सहयाेग रहने अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए । गाउँपालिकाले राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ वर्षेनी प्रतियोगिता सञ्चालनमा सहयाेग गर्दै आएकाे उनले बताए । पालिकाले विभिन्न खेलहरुमा योजनाबद्ध लगानी गर्दै आएकाेमा त्यसबाट नतीजा निस्कन थालेको उनकाे भनाइ रहेकाे छ ।
मकवानपुर । मकवानपुर प्रहरीले १ थान सेमिअटोमेटिक पेस्तोल र २० थान गोली सहित पक्राउ परेका ३ जनालाई सार्वजनिक गरेको छ ।
मकवानपुर प्रहरीले शुक्रबार दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित एक घरको कोठाबाट १ थान सेमी अटो मेटिक पेस्तोल सोमा लाग्ने गोली २० राउण्ड तथा अन्य सामान सहित ३ जनालाई पक्राउ गरेको थियो । पक्राउपछि ३ नै जनालाई शनिबार जिल्ला प्रहरी कार्यलय परिसरमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो ।
मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई पेस्तोल गोली र घटनामा प्रयोग भएको अन्य सामानसहित शुक्रबार पक्राउ गरिएकोमा शनिबार सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनीहरु साथमा रहेको पेस्तोल (NO.0010.11.22 भएको ROUND 7 लेखेको), उक्त पेस्तोलमा लाग्ने गोली (KF 7.65 mm को) १९ राउण्ड, 9 mm को गोली (LOLO लेखेको) १ राउण्ड , हतियार सफा गर्ने रड बरामद गरिएको प्रहरीले जनाएको छ । यसैगरी लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ४ सय मिलिग्राम,लागु औषध तौल गर्ने २ थान डिजिटल तराजु, घटनामा प्रयोग भएको ना२५प ३३०५ नम्बरको सिवि युनिकर्न मोटरसाइकल, ना६३प ९६७८ नम्बरको RR310 CC को मोटरसाइकल, ५ थान मोबाईल सेट र नगद ५० समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
गत मंसिर १८ गते सोमबार हेटौंडा–९ धर्मपथस्थित सुर्य प्रसाद पौडेलको घरमा लगातार धेरै पटक गोली पड्केको जस्ताे आवाज आएकाे तथा उनको घरको वरीपरी गोलीको थप्रै खोका फेला परेपछि मकवानपुर प्रहरीले अनुसन्धान थालेको थियाे ।
‘घटनाको जानकारी पाए लगत्तै हामीले तत्काल अनुसन्धान सुरु गरौं । अनुसन्धानकाे क्रममा उक्त घरको पिलर, बिम, रेलिङवालमा गोली लाग्दाको जस्तो दाग देख्यौ, त्यसैगरी प्रगति स्कुल अगाडीको सडकमा १ राउण्ड गोली समेत फेला परेकाे थियाे । घटनामा संलग्न ३ जनालाई शुक्रबार पक्राउ गरी,आज सार्वजनिक गरिएको हो’ मकवानपुर प्रहरी प्रमुख एसपी सिताराम रिजालले भने ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भ्रष्टाचार संस्कारकाे रुपमा विकास भएकाेले अन्त्य हुनु पर्ने बताएका छन् । भ्रष्टाचार विरुद्दकाे अन्तर्राष्ट्रिय दिवसकाे अवसरमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे कार्यालय हेटौडाले आयाेजना गरेकाे कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री जम्कट्टेलले नेपालकाे सन्दर्भमा भ्रष्टाचारको काेणवाट हेर्दा हामी कुन स्थानमा छाै प्रस्ट रहेकाे औल्याउँदै भ्रष्टाचार संस्कारकाे रुपमा विकास हुँदै गएकाे अहिलेकाे समयमा भ्रष्टाचार तथा भष्ट्राचार जन्य कार्यकाे समुल अन्त्य गरिनु पर्ने बताए । राणाकालिन समयदेखि हालसम्म विरासतकाे रुपमा उहीँ परम्परालाइ अगाडि बढाउँदै लगिएकाे देखिन्छ यसकाे मुख्य दाेष राजनीतिक नेतृत्वकाे भएकाे उनले बताए । ‘राजनीतिक नेतृत्वले निष्पक्ष, स्वार्थरहित र पारदर्शी रुपमा काम गर्ने हाे भने भष्ट्राचार नियन्त्रण हुन्छ’ उनले भने ‘खबरदारी सवैभन्दा पहिला राजनीतिक नेतृत्वलाइ गर्नुपर्छ ।’
भ्रष्टाचार भनेकाे सरकारमा रहेकाे वेला हुने र बाहिर भएकाे वेला नहुने भन्ने कुरा हुन्न यसकाे गम्भीर समीक्षा गर्न जरुरी रहेकाे उनले बताए । एककाे विरुद्द अर्काे अख्तियारमा बेनामे निवेदनकाे आधारमा थुपै मुद्दाहरु रहेका छन् मन्त्री जम्कट्टेलले भने ‘अख्तियार पनि निष्पक्ष हुनुपर्छ । वर्षाैसम्म एउटै निवेदनकाे समस्यामा अल्झिरहनु भन्दा अख्तियारले उजुरि दर्ता गर्नुअघि नै हाे हाेइन गम्भिरता पूर्वक लिएर दर्ता गर्नु पर्छ ।’ उजुरीकर्ताले उद्देश्य के लियकाे छ र परिणाम के आउँछ भन्ने कुरा प्रति अख्तियारले ध्यान दिनुपर्ने उनले बताए । भ्रष्टाचार निवारणकाे निम्ति एकले अर्काेलाई दाेषी देख्न नहुने सहयाेगकाे भावले काम गर्नुपर्ने उनले बताए । ‘मुलुकमा यति धेरै परिवर्तन गर्न सकेका छाै भ्रष्टाचार निवारण गर्न नसक्ने भन्ने हुदैन’ उनले भने ।
हरेक वर्ष डिसेम्वर ९ का दिन भ्रष्टाचार विरुद्दकाे अन्तर्राष्ट्रिय दिवस मनाउँदै आइएकाे छ । यसै सन्दर्भमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय परिसरमा भएकाे कार्यक्रम बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायकाे सभाध्यक्षता तथा बागमती प्रदेश मुख्यमन्त्री जम्कट्टेलकाे प्रमुख आतिथ्यता भएकाे हाे । आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ, जिल्ला समन्वय समितका प्रमुख ललित घलान अख्तियार हेटौडा कार्यालय तथा प्रदेश र जिल्लास्थित कार्यालयका कर्मचारी लगायतकाे उपस्थितिमा कार्यक्रम भएकाे हाे ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा १ थान प्रस्तोल र २० राउण्ड गोलीसहित ३ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरले तीनै जनालाई शनिबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भएकाे छ ।
शुक्रबार दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्राचौरस्थित एक घरको कोठाबाट १ थान सेमी अटो मेटिक पेस्तोल सोमा लाग्ने गोली २० राउण्ड सहित ३ जना पुरुषलाई पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएकाे छ । मंसिर १८ गते सोमबार हेटौंडा–९ धर्मपथस्थित सुर्य प्रसाद पौडेलको घरमा लगातार धेरै पटक गोली पड्केको जस्ताे आवाज आएकाे तथा उनको घरको वरीपरी गोलीको थप्रै खोका फेला परेपछि मकवानपुर प्रहरीले अनुसन्धान थालेको थियाे ।
‘घटनाको जानकारी पाए लगत्तै हामीले तत्काल अनुसन्धान सुरु गरौं । अनुसन्धानकाे क्रममा उक्त घरको पिलर, बिम, रेलिङवालमा गोली लाग्दाको जस्तो दाग देख्यौ, त्यसैगरी प्रगति स्कुल अगाडीको सडकमा १ राउण्ड गोली समेत फेला परेकाे थियाे । घटनामा संलग्ना ३ जनालाई शुक्रबार पक्राउ गरिएकाे छ,आज दिउँसो पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दैछौ ।’ मकवानपुर प्रहरी प्रमुख एसपी सिताराम रिजालले भने।