मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा १ थान प्रस्तोल र २० राउण्ड गोलीसहित ३ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरले तीनै जनालाई शनिबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भएकाे छ ।
शुक्रबार दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्राचौरस्थित एक घरको कोठाबाट १ थान सेमी अटो मेटिक पेस्तोल सोमा लाग्ने गोली २० राउण्ड सहित ३ जना पुरुषलाई पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएकाे छ । मंसिर १८ गते सोमबार हेटौंडा–९ धर्मपथस्थित सुर्य प्रसाद पौडेलको घरमा लगातार धेरै पटक गोली पड्केको जस्ताे आवाज आएकाे तथा उनको घरको वरीपरी गोलीको थप्रै खोका फेला परेपछि मकवानपुर प्रहरीले अनुसन्धान थालेको थियाे ।
‘घटनाको जानकारी पाए लगत्तै हामीले तत्काल अनुसन्धान सुरु गरौं । अनुसन्धानकाे क्रममा उक्त घरको पिलर, बिम, रेलिङवालमा गोली लाग्दाको जस्तो दाग देख्यौ, त्यसैगरी प्रगति स्कुल अगाडीको सडकमा १ राउण्ड गोली समेत फेला परेकाे थियाे । घटनामा संलग्ना ३ जनालाई शुक्रबार पक्राउ गरिएकाे छ,आज दिउँसो पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दैछौ ।’ मकवानपुर प्रहरी प्रमुख एसपी सिताराम रिजालले भने।

