मकवानपुर । मकवानपुरकाे हेटौडाबाट काठमाडौ जाने छोटो दुरीकाे मार्ग अन्तरगत भीमफेदी– कुलेखनी खण्डमा जुरीखेतमा मोटरसाइकल भीरबाट खस्दा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–१५ का ४० वर्षीय वृत नारायण यादव रहेकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीलेसोमबार काठमाडौंबाट हेटौंडा आउँदै गरेकाे मधेस प्रदेशकाे प्रदेश २–०३–०१२ १ प ३४७४ नम्बरको मोटरसाइकल भीमफेदी–६ जुरीखेत ११ घुम्ती स्थित भीरबाट ५०० मिटर तल खस्दा यादव र माेटरसाइकल पछाडि सवार बाराको फेटा गाउँपालिका–७ का ३६ वर्षीय रमेश पाण्डे घाइते भएकाे थिए ।
घटना स्थलमा इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली खटिएर घाइतेहरुलाई उपचारका लागि हेटौंडा ल्याइरहेकोमा यादवकाे साेमबार बेलुका डाक्टरले मृत घाेषणा गरेका हुन् । पाण्डेको अवस्था मध्यम रहेको तथा हेटौडा मै उपचार भइरहेकाे प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा सह योग शिक्षक प्रशिक्षण सुरु भएकाे छ । हेटौंडाकाे १० नम्बर वडाका ४ स्थानमा एकैपटक सह याेग शिक्षक प्रशिक्षण सुरु भएकाे हाे ।
पतंजली याेग जिल्ला समितिकाे आयाेजना तथा पतंजली योग महिला समिति,पतंजली योग युवा समिति, पतंजली योग नगर समितिकाे सहआयाेजना सुरु योग शिक्षक प्रशिक्षण १० नम्बर वडा कार्यालय हेटौंडा उपमहानगरपालिकाे प्रवर्द्धनमा भएकाे हाे । हेटौडा १० काे आदर्शटाेल,डा.टाेनी हेगन स्मृति पार्क,न्युरेनी र भुटनदेवी याेग साधना केन्द्र भुटनदेवीटाेलमा शनिवारदेखि निरन्तर सह याेग शिक्षक तालिम सुरु भएकाे छ ।
गराै याेग रहाै निराेग भन्ने नाराका साथ सुरु भएकाे सह याेग शिक्षक तालिममा पतन्जली याेग समिति मकवानपुर अध्यक्ष रामकृष्ण थापा, महिला समिति अध्यक्ष शशिकला थापा, टाेनि हेगन स्मृति पार्कका अध्यक्ष इन्द्र प्रसाद नेपाल लगायतले प्रशिक्षण दिने उक्त तालिम निशुल्क रुपमा प्रदान गरिएकाे छ ।
सबैभन्दा ठुलाे धर्म मानिसलाई स्वस्थ बनाउने भएकाे हुँदा पतन्जली याेग समिति मकवानपुरले दशकाेैदेखि याेग साधनाका क्षेत्रमा लागिपरिरहेकाे बताउदै जिल्ला अध्यक्ष रामकृष्ण थापाले भने “प्रतिकुल माैसमका कारण मानिसहरुमा नयाँ नयाँ किसिमका राेग तथा महामारीले चुनाैति रहेकाे छ,यसबाट बच्नका लागि याेग नै प्रमुख माध्यम हाे ।”
विगत १५ बर्षदेखि निरन्तर पतंजलि योग जिल्ला समिति मकवानपुरबाट याेग साधना ध्यान जस्ता प्रशिक्षणहरु विभिन्न समयमा सन्चालन भई रहेकाे छ । कार्यक्रम नियमति संचालन हुने भएकाेले निशुल्क रुपमा स्वास्थ्य प्राप्तिका लागि सवैलाई सहभागी हुन पतंजली योग महिला समिति अध्यक्ष शशिकला थापाले अनुराेध गरिन् ।
मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिका र बकैया गाउँपालिकामा भएकाे छुट्टा छुट्टै घटनामा एक जनाकाे मृत्यु भएकाे छ भने एक जना वेपत्ता भएका छन् ।
हेटौंडा–१९, नेवारपानीस्थित कोशिस पेट्रोलपम्प नजिकै पुर्व–पश्चिम सडकखण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–९ का २५ वर्षीय अभिषेक सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
सोमबार बिहान नवलपरासीबाट झापाको लागि सिमेन्ट लोड लिएर आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २०८६ नम्बरको ट्रकले हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२२ प २५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुवेदी गम्भीर घाइते भएका थिए ।
घाइते सुवेदीलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । हो । ट्रक चालक दाङको गडुवा गाउँपालिका–२ का २३ वर्षीय चन्द्र प्रसाद चौधरीलाई नियन्त्रणमा लिइएकाे छ ।
यसैगरी मकवानपुरकाे बकैया गाउँपालिकामा बाढिले बगाउँदा एक जना बेपता भएको छ । १६ भदौमा बकैया ६ जस्पल बस्ने ४२ वर्षीय नानिमाया तितुङलाई स्थानीय कैलेनी खाेलाले बगाइ वेपत्ता बनाएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
नानिमाया बाराकाे निजगढ १० लालबाट घर फर्कने क्रममा कैलेनी खोला तर्ने क्रममा बगाएकाे थियाे । इलाका प्रहरी कार्यालय निजगढसँग समन्वयमा खोजतलास जारी रहेको प्रहरीले जनाएकाे छ ।
मकवनापुर जिल्ला लिगः आइतबार नामटार र कम्वाइन विजयी, ३ खेल स्थगित
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे हेटौडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अनतर्गत आइतबार दुई खेल खेलाइएकाे छ । आइतबारकाे लागि तय गरिएकाे ५ खेल मध्ये वर्षाका कारण २ खेलमा खेलाइएकाे हाे ।
मकवानपुर जिल्ला फुटबल संघले हेटौंडा–६ स्थित गौरीटार रंगशालामा १ खेल र हेटौंडा–११ स्थित सिमटार खेल मैदानमा एक गरी दुई खेल खेलाइएकाे जनाएकाे छ । आइतबार गौरीटार रंगशालामा भएको खेलमा हटिया स्पोर्टस लाई एफसी नामटारले २–१ गोलले हरायाे । नामटारको जीतमा सविन गोल र सन्दीप भोलनले एक/एक गोल गरे । यस्तै हटियाका लागि सुरज तामाङले एक मात्रै गोल गरे । उक्त खेलकाे म्यान अफ द म्याच नामटारका सविन घोषित भए ।
यस्तै सिमलटार मैदानमा भएको खेलमा हेटौंडा–७ लाई ३–० गोलअन्तरले हराउँदै न्यू कम्वाइन विजयी भएकाे छ । कम्वाइनलाई जीत दिलाउन सुरज थिङले दुई र विशाल भोलनले एक गोल गरे । उक्त खेलकाे म्यान अफ द म्याच कम्वाइनका सुरज घोषित भए ।
प्रतियोगिता अन्तर्गत आइतबार ३ खेल वर्षाका कारणले स्थगित भएको थियाे । शनिबार स्थगित भएर आइतबार बिहान हुने भनिएको हेटौंडा भेट्रान्स र सक्षम युवा क्लब बिचकाे खेल, दिउँसोकाे लागि तय गरिएकाे पिप्ले युवा क्लब र रियल स्टार क्लब तथा मल्टिभिजन र पदमपोखरी युथबीच खेल स्थगित भएको हो । स्थगित खेलहरुको बारे सोमबार निर्णय गरिने जिल्ला फुटबल संघले जनाएको छ ।
जिल्ला लिग अन्तरगत सोमबार समेत ४ खेलहरु हुने भएका छन् । सिमलटार खेल मैदानमा शहीद स्मृति र हाडिखाेला युवा क्लब बिच दिउँसाे १ बजे खेल हुनेछ । त्यसैगरी दिउँसाे ४ बजे एफी चाइना र प्रगतिशील क्लब बिच प्रतिष्पर्धा हुने छ । गौरीटार रंगशालामा पशुपति युवा क्लब र युनाइटेड नाइन बिच दिउँसाे १ बजे तथा परेली युवा क्लब र एफसी पोताला बिच खेल हुने आयोजकले जनाएकाे छ ।
१४ भदौबाट सुरु लिगको प्रतियोगिताको फाइनल खेल असोज ९ गते हुनेछ । लिग विजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्ने छन् भने प्रदेशस्तरीय लिगमा सहभागिता जनाउने छन् । उपविजेता टिमले ५० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्नेछन् । जिल्लामा रहेका २८ वटा क्लवलाई वर्गीकरण गर्ने गरी जिल्ला लिग सुरु गरिएको हो । फुटबल संघमा आबद्ध रही अघिल्लो पटकको लिग खेलेका २८ क्लवलाई ४ समूहमा विभाजन गरि प्रतियाेगिता संचालन गरिएकाे हाे ।
प्रत्येक समूहको पहिलो, दोस्रो र तेस्रो हुने क्लव ए, चौथो र पाँचौ हुने क्लव वी, तथा छैठौं र सातौं हुने क्लव सी श्रेणीमा रहने जिल्ला फुटबल संघले जनाएकाे छ । यसअघि भएको जिल्ला लिगको उपाधि न्यु डाँफे युथ क्लबले जितको थियो भने हटिया स्र्पोटर्स एकेडेमी उपविजेता बनेको थियो। कोरोना संक्रमणको कारण २०७६ सालपछी जिल्ला लिग हुन सकेको थिएन ।
मकवानपुर । मकवानपुर हेटौडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएका खेलबाट गोर्खा ब्वाइज विजयी भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भइरहेकाे लिगमा शनिबार चार खेल भएकाेमा अन्य तीन खेल भने बराबरी भएको थियाे ।
हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको खेलमा एफसी इन्टरनेटलाई ३–१ गोल अन्तरले पाखा लगाउँदै गोर्खा ब्वाइज विजयी भएको छ । गौरीटार रंगशालामा अर्काे खेलमा विजय युथ र परेलीबीचको खेल १–१ को बराबरीमा राेकियाे । यसैगरी हेटौंडा–११ स्थित सिमलटार खेल मैदानमा सक्षम युवा क्लब र हेटौंडा भेट्रान्स क्लबबीचको खेल वर्षाको कारण गोलरहित बराबरीमा स्थगित भएको छ । आरआर एफसी र एफसी इन्टरनेटबीचको खेल पनि १–१ गोलको बराबरी भएकाे थियाे ।
शनिबार भएका खेलमा विजय युथका सरोज राई, एफसी इन्टरनेटका अभिनाष भोम्जन र गोर्खा ब्वाइजका अनिल घलान म्यान अफ द म्याच घोषित भए । आइतबार लिगका ५ खेल हुने भएकाेमा विहानकाे खेल बर्षाकाे कारण स्थगीत गरिएकाे आयोजकले जनाएकाे छ । विहान ८ बजे सिमलटार खेल मैदानमा हेटौंडा भेट्रान्स र सक्षम युजा क्लव बीच हुने खेल स्थगीत भएकाे हाे । यस्तै आइतबार नै पिप्ले युवा क्लव र रियल स्टार क्लव , न्यु कम्वाइन क्लव र ७ नम्बर फुटवल क्लब बीच हुने आयोजकले जनाएकाे छ । यसैगरी गौरिटार खेल मैदानमा एफसी मल्टिभिजन र पदमपोखरी युथ क्लव तथा हटिया स्पाेर्टस र एसी नामटार बीच खेल हुने छ ।
१४ भदौबाट सुरु लिगको विजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्ने छन् भने प्रदेशस्तरीय लिगमा सहभागिता जनाउने छन् । उपविजेता टिमले ५० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्नेछन् । जिल्लामा रहेका २८ वटा क्लवलाई वर्गीकरण गर्ने गरी जिल्ला लिग सुरु गरिएको हो । फुटबल संघमा आबद्ध रही अघिल्लो पटकको लिग खेलेका २८ क्लवलाई ४ समूहमा विभाजन गरि प्रतियाेगिता संचालन गरिएकाे हाे ।
प्रत्येक समूहको पहिलो, दोस्रो र तेस्रो हुने क्लव ए, चौथो र पाँचौ हुने क्लव वी, तथा छैठौं र सातौं हुने क्लव सी श्रेणीमा रहने जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले जानकारी दिए । यसअघि भएको जिल्ला लिगको उपाधि न्यु डाँफे युथ क्लबले जितको थियो भने हटिया स्र्पोटर्स एकेडेमी उपविजेता बनेको थियो। कोरोना संक्रमणको कारण २०७६ सालपछी जिल्ला लिग हुन सकेको थिएन ।