मकवानपुर । मकवानपुरकाे मनहरीमा बस पल्टिदा ३५ जना घाइते भएका छन् । बुधबार बिहान ४ बजे मनहरी गाउँपालिका ७ समिडाँडामा प्रदेश २-०३-००१ ख ३६२९ नम्बरको बस आफै अनियन्त्रित भई दुर्घटना हुँदा ३५ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
मनहरी ७ स्थित पुर्व पश्चिम लोकमार्गमा काठमाडौंबाट महोत्तरी तर्फ जादै गरेकाे उक्त बस आफै अनियन्त्रित भई सडकबाट १० मिटर तल खसी दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । बसमा ४० जना यात्रु सवार रहेकाे प्रहरीले जनाएकाे छ । बस चालक महोतरी पिपरा गाउँपालिका २ बस्ने ३७ वर्षीय जय किशोर कापरलाई प्रहरीलाई नियन्त्रणमा लिएकाे छ ।
घाइतेहरुकाे पुरानो मेडिकल कलेज चितवन, मनहरी अस्पताल र हेटौडा अस्पतालमा उपचार भइरहेकाे मकवानपुर प्रहरीले जनाएकाे छ । २८ जना पुरानो मेडिकल कलेज भरतपुरमा, ३ जना मनहरी अस्पतालमा र ४ जना हेटौडा अस्पतालमा उपचारकाे लागि लगिएकाे हाे । हेटौडा अस्पतालमा उपचारकाे लागि ल्याइएका ४ जना डिस्चार्ज भएकाे प्रहरीले जनाएकाे छ ।
बस पल्टिदा घाईते भएका हरुकाे विवरणः
पुरानो मेडिकल कलेजमा उपचार भइरहेकाे
१ जिल्ला मोहत्तरी मटियानि न.पा.७ बस्ने बर्ष २४ को हरिशंकर प्रसाद मण्डल बाया हातमा चोट सामान्य ।
२ऐ.जलेस्वर न.पा. ९ बस्ने बर्ष २४ को राज कुमार साह टाउको हात खुट्टिमा चोट सामान्य ।
३ ऐ.बस्ने बर्ष २८ को अनु राय टाउको र हातमा चोट सामान्य ।
४ ऐ बस्ने निजको श्रीमति बर्ष २१ की खुसी कुमारी पाण्डे खुट्टामा चोट सामान्य ।
५ जि.धनुषा जनकपुर उ.म.न.पा.१३ बस्ने बर्ष २० की भिमा ठाकुर दुबै खुट्टामा चोट सामान्य ।
६ जिल्ला महोत्तरी बगाह न.पा.१ बस्ने बर्ष ६१ को दिनेश चौधरी ढाड र पेटमा चोट मध्यम ।
७ (बस सहचालक) जि.मोहत्तरी जलेस्वर न.पा.२ बस्ने बर्ष २० को असख साझी टाउकोमा चोट मध्यम ।
८ जि.धनुषा जनकपुरउ.म.न.पा.९ बस्ने बर्ष ६० को सरोज झा टाउकोमा चोट मधयम ।
९ ऐ.बस्ने बर्ष ९ की समृदी झा टाउकोमा चोट मध्यम ।
१० ऐ.बस्नेबर्ष ४२ की किरण झा टाउकिमा चोट मध्यम ।
११ ऐ.बस्ने बर्ष ४७ को संजिब झा सामान्य ।
१२ देश भारत सितामणी जि.पिपराथान बस्ने बर्ष ५५ को बेचन महत्तो घाटिमा चोट मध्यम ।
१३ जि.धनुषा जनकपुर उ.म.न.पा.बस्ने बर्ष १८ को अनुप सा सामान्य ।
१४ ऐ.७ बस्ने बर्ष २८ क राजु साह टाउको रहातमा चोट मध्यम ।
१५ ऐ.बस्ने निजको श्रीमती बर्ष २५ की रुद्रानि राज बाया हातमा चोट मध्यम ।
१६ जि.धनुषा लक्षिमिहा गा.पा.१ बस्ने बर्ष ३४ को सुन्दर साह टाउकोमा चोट मध्यम ।
१७ ऐ.बस्ने निजको छोरा बर्ष ५ को बिराज साह सामान्य ।
१८ ऐ.बस्ने बर्ष १२ को राज साह हातमा चोट सामान्य ।
१९ ऐ.बस्ने बर्ष १४ की काजल साह सामान्य ।
२० ऐ. बस्ने जनकपुर उ.म.न.पा.१३ बस्ने बर्ष २७ को रामभरोस साह टाउको ढाडमा चोट मध्यम ।
२१ जि.धनुषा बटेस्वर गा.पा.३ बस्ने बर्ष ३७ को रामकृष्ण सिङ सामान्य ।
२२ ऐ. बस्ने बर्ष ५ को प्रतिक सिङ सामान्य ।
२३ ऐ.बर्ष १० की कृती सिंङ बाया कानमा चोट सामान्य ।
२४ ऐ.बस्ने बर्ष २९ को सुजित कुमार महत्तो बाया खुट्टामा चोट सामान्य ।
२५ जि.धनुषा नकराईन गा.पा.६ बस्ने बर्ष २३ को रमेश कुमार ठाकुर बाया हातमा चोट सामान्य ।
२६ ऐ मिथिला न.पा.६ बस्ने बर्ष २१ को मनोज महत्तो टाउकोमा चोट मध्यम ।
२७ जि.धनुषा घर भई हाल काठमाण्डौ बस्ने बर्ष २४ की रमा के.सी.टाउकोमा चोट मध्यम ।
२८ ऐ.बस्ने धनुषा बटेस्वर न.पा.३ बस्ने बर्ष ३३ की ईन्दिरा कुमारी महत्तो छाति र ढाडमा चोट मध्यम ।
मनहरी अस्पतालमा उपचार भइरहेका
२९ ऐ.बस्ने औराही गा.पा.१ बस्ने बर्ष ३५ को रोशन कु.यादब टाउको रघाटिमा चोट सामान्य ।
३० देश भारत प्रदेश बिहार मध्यवानि बस्ने बर्ष ४९ को श्याम कुमार ठाकुर खुट्टमा चोट सामान्य ।
३१ देश भारत बिहार प्रदेश दभंगा बस्ने बर्ष ४४ को प्रमोद कुमार शर्मा दाया कानमा चोट ।
हेटौडा अस्पतालमा उपचार भइ डिस्चार्ज भएका
३२ जि.उदयपुर उदयपुर गढि गा.पा.६ बस्ने बर्ष २० की रन्जना मगर सामान्य ।
३३ जि.काठमाण्डौ काठ्माण्डौ म.न.पा.३१ बस्ने बर्ष ६० की बिना देबी मध्यम ।
३४ ऐ.बस्ने बर्ष २२ की सोनम साह मध्यम ।
३५ ऐ.बस्ने बर्ष ३४ कि अनुपम जैसवाल सामान्य ।
मकवानपुर । मकवानपुरकाे बागमती गाउँपालिकामा स्कुटरले ठक्कर दिँदा १ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बागमती गाउँपालिका ४ बस्ने गंगा पहरी रहेकाे प्रहरीले जनाएकाे छ ।
सोमबार हेटौडाबाट सिन्धुली तर्फ जादैं गरेको बा.प्र.०३-००४प ७२७६ नम्बरकाे स्कुटरले बागमती ४ स्थित मदन भण्डारी लोकमार्गमा स्थानीय ४८ वर्षीय गंगा पहरी र ५ वर्षीय अनुप पहरी लाई ठक्कर दिएकाे थियाे । बाटो क्रस गर्ने क्रममा स्कुटरकाे ठक्करबाट घाईते उनीहरुकाे उपचारको लागि सीएमसी चुरेहिल अस्पताल हेटौडा ल्याइएकाेमा उपचारकाे क्रममा गंगाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
प्रहरीका अनुसार घाइते अनुपकाे चुरेहिल अस्पतालमा उपचार भइरहेकाे तथा स्कुटर र चालक मकवानपुर हेटौडा उपमहानगरपालिका ६ चौघडा बस्ने २६ वर्षीय अनुप कुमार क्षेत्रीलाई नियन्त्रण लिएकाे छ ।
मकवानपुर । मकवानपुरकाे २ भिन्नाभिन्नै स्थानमा भएकाे दुर्घटनामा ३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५ रातोमाटेमा मोटरसाइकल र म्याजिक भ्यान आपसमा ठोक्किएर दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन् । यसैगरी बागमती गाउँपालिका–७ हवाङखोलामा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा १ जना घाइते भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार रातोमाटेबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना १० प १०५९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ना १ ज ८४७५ नम्बरको म्याजिक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका छन् भने म्याजिक चालक फरार रहेकाे छ ।
शनिबार भएकाे दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरको भीमफेदी गाउँपालिका–६, सिमलटारका १९ वर्षीय रविन तामाङ र मोटरसाइकलमा सवार मकवानपुरगढी गाउँपालिका–१ रानीशेराका २२ वर्षीय दावा लामा बम्जन गम्भीर घाइते भएको प्रदेश प्रहरीले जनाएकाे छ । टाउको र शरीरको विभिन्न ठाउँमा चोट लागेको रविन र दावाकाे हेटौंडा अस्पतालमा उपचारपछि थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि लगिएको छ ।
यसैगरी मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिका–७ हवाङखोलामा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक बागमती गाउँपालिका–८ का ४० वर्षीय दीपक बिश्वकर्मा घाइते भएका छन् । शनिबार मदन भण्डारी लोकमार्गमा फापरबारीबाट झुरझुरेतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ त ४१५ नम्बरको ट्याक्टर र झुरझुरेबाट फापरवारीतर्फ जाँदै गरेको बा प्र ०३–००४ प ६३१८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी टाउकोमा चोट लागेका दीपकलाई उपचारका लागि हेटौंडास्थित मकवानपुर सहकारी अस्पताल ल्याइएकाे थियो । शनिबार राती नै दीपकलाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको र त्यहाँबाट पनि काठमाडौंस्थित न्यूरो अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले ट्याक्टर र ट्याक्टर चालक बागमती गाउँपालिका–८ का ५१ वर्षीय सुनिल राईलाई नियन्त्रणमा लिएको छ ।
मकवानपुर । महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मृति साहित्य सम्मान–२०८१ माधव पोख्रेललाई प्रदान गरिएकाे छ । १० हजार रुपैया राशीकाे उक्त सम्मान बिहीबार मकवानपरे साहित्यकार पोखरेललाई प्रदान गरिएकाे हाे ।
साहित्य संगम मकवानपुर र युगप्रकाश क्लबले संयुक्त रुपमा प्रदान गरिदै आएकाे उक्त सम्मान महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ की वडाध्यक्ष जुना दाहालले पोख्रेललाई प्रदान गरिन् । हेटौँडा–४ निवासी पोख्रेल मातृभूमि साहित्य समाजका पूर्वअध्यक्ष हुन् । उनकाे नाटक ‘आकांक्षाको चिता’ (२०६९), कविता संग्रह ‘रित्तिएको गाउँ’ (२०७०) र नाटक ‘ऐनाभित्रको आकाश’ (२०७९) प्रकाशित छन् ।
नेपाली साहित्यको उन्नयन र श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्याउने स्रष्टालाई महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मृति साहित्य सम्मान प्रदान गर्दै आएको संगम अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए । बिहीबार हेटौडा ११ नवलपुरमा प्रभातफेरी, माल्यार्पण, कविता प्रतियाेगिता र स्रष्टा सम्मान कार्यक्रम गरी महाकवी देवकाेटाकाे ११६ औं जन्मजयन्ती मनाइएकाे हाे । साेही अवसरमा वडा अध्यक्ष जुना दाहाल लगायतले देवकाेटाकाे प्रतिमामा माल्यार्पण गरेका थिए ।
यसैगरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीकै अवसरमा आयोजिता मकवानपुर जिल्ला स्तरीय कविता प्रतियोगितामा उत्कृष्ट भएका सरोजप्रसाद शाह, कृष्णचन्द्र काफ्ले र कृष्मा लौडारीलाई जनही नगद ३ हजार रुपैयाँ र विप्लव आचार्यलाई नगद १ हजार प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेकाे छ । लागु औषध ट्रामाडोल तथा डाईजेपामसहित १/१ जनालाई पक्राउ गरिएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ट्रामाडोलसहित हेटौंडा–९, लामसुरे हाईटबाट रौतहटको देवाही गोनाह नगरपालिका– २ घर भई लामसुरे बस्ने २३ वर्षीय शिव शंकर पाण्डेलाई पक्राउ गरिएकाे हाे । यसैगरी डाईजेपामसहित हेटौंडा–१५, रातोमाटे चेकपोष्टबाट जितपुर जिल्लाको सिमरा उपमहानगरपालिका–१२ का २५ वर्षीय मनोज साहलाई पक्राउ गरिएकाे प्रहरीले जानकारी दिएको छ ।
मंगलबार इलाका प्रहरी कार्यालय पशुपतीनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–९, लामसुरे हाईटमा पाण्डेलाई शंका लागि जाँच गरेकाे थियो । प्रहरीले पाण्डेको साथबाट लागुऔषध ट्रामाडोल ७ पत्ता ७० क्यापसुल फेला नियन्त्रण लिएर थप अनुसन्धान भई रहेको जनाएकाे छ ।
यसैगरी मंगलबार नै प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५, रातोमाटे चेकपोष्टमा वीरगंजबाट हेटौंडा तर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०४३१ नम्बरको यात्रुबाहक ईभी गाडीलाई जाँच गरेकाे थियाे । उक्त गाडीमा सवार साहको साथबाट लागुऔषध डाईजेपाम २५ एम्पुल, फेनार्गन २५ एम्पुल,र नुर्फिन २५ एम्पुल गरी जम्मा ७५ एम्पुल बरामद गरेको प्रहरीले जनाएकाे छ । उक्त डाइजेपामसहित साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएकाे छ ।