मकवानपुर । मकवानपुरकाे बागमती गाउँपालिकामा स्कुटरले ठक्कर दिँदा १ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बागमती गाउँपालिका ४ बस्ने गंगा पहरी रहेकाे प्रहरीले जनाएकाे छ ।
सोमबार हेटौडाबाट सिन्धुली तर्फ जादैं गरेको बा.प्र.०३-००४प ७२७६ नम्बरकाे स्कुटरले बागमती ४ स्थित मदन भण्डारी लोकमार्गमा स्थानीय ४८ वर्षीय गंगा पहरी र ५ वर्षीय अनुप पहरी लाई ठक्कर दिएकाे थियाे । बाटो क्रस गर्ने क्रममा स्कुटरकाे ठक्करबाट घाईते उनीहरुकाे उपचारको लागि सीएमसी चुरेहिल अस्पताल हेटौडा ल्याइएकाेमा उपचारकाे क्रममा गंगाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
प्रहरीका अनुसार घाइते अनुपकाे चुरेहिल अस्पतालमा उपचार भइरहेकाे तथा स्कुटर र चालक मकवानपुर हेटौडा उपमहानगरपालिका ६ चौघडा बस्ने २६ वर्षीय अनुप कुमार क्षेत्रीलाई नियन्त्रण लिएकाे छ ।

