मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेकाे छ । लागु औषध ट्रामाडोल तथा डाईजेपामसहित १/१ जनालाई पक्राउ गरिएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ट्रामाडोलसहित हेटौंडा–९, लामसुरे हाईटबाट रौतहटको देवाही गोनाह नगरपालिका– २ घर भई लामसुरे बस्ने २३ वर्षीय शिव शंकर पाण्डेलाई पक्राउ गरिएकाे हाे । यसैगरी डाईजेपामसहित हेटौंडा–१५, रातोमाटे चेकपोष्टबाट जितपुर जिल्लाको सिमरा उपमहानगरपालिका–१२ का २५ वर्षीय मनोज साहलाई पक्राउ गरिएकाे प्रहरीले जानकारी दिएको छ ।
मंगलबार इलाका प्रहरी कार्यालय पशुपतीनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–९, लामसुरे हाईटमा पाण्डेलाई शंका लागि जाँच गरेकाे थियो । प्रहरीले पाण्डेको साथबाट लागुऔषध ट्रामाडोल ७ पत्ता ७० क्यापसुल फेला नियन्त्रण लिएर थप अनुसन्धान भई रहेको जनाएकाे छ ।
यसैगरी मंगलबार नै प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५, रातोमाटे चेकपोष्टमा वीरगंजबाट हेटौंडा तर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०४३१ नम्बरको यात्रुबाहक ईभी गाडीलाई जाँच गरेकाे थियाे । उक्त गाडीमा सवार साहको साथबाट लागुऔषध डाईजेपाम २५ एम्पुल, फेनार्गन २५ एम्पुल,र नुर्फिन २५ एम्पुल गरी जम्मा ७५ एम्पुल बरामद गरेको प्रहरीले जनाएकाे छ । उक्त डाइजेपामसहित साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएकाे छ ।

