मकवानपुर । मकवानपुरको हेटौंडामा फेरी चक्कु प्रहार भएको छ । किशोरलाई चक्कु प्रहार गरेको आरोपमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ राजदेवीमा मादक पदार्थ सेवनगरी चक्कु प्रहार गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको हो।
हेटौंडामा पछिल्ला महिनामा सामान्य भनाभनका घटनामा पनि शरीरमा गहिरो चोट लाग्नेगरी चक्कु प्रहार गर्ने गरिएको पाइएको छ । शनिबार दिउँसो मादक पदार्थ सेवन गरेका युवाहरूले साइकलमा कवाडीको काम गर्ने भारत मोतिहारी घर भई हाल हेटौंडा–४ कमलडाडा बस्ने अन्दाजी १८ बर्षीय जोधा कुमार सहनीलाई चक्कु प्रहार गरेका थिए ।
लुट्ने प्रयास स्वरुप सहनीलाई मादक पदार्थ सेवन गरेका हटिया बस्ने अन्दाजी ३२ को सन्तोष राई र हेटौडा ९ लामसुरे बस्ने अन्दाजी १९ बर्षीय शुसिल मोक्तानले चक्कु प्रहार गरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले बताएका छन्। चक्कु प्रहार गरी फरार रहेका दुवैजनालाई वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक केशर कुमार न्यौपाने नेतृत्व टोलीले हेटौडा १७ सिसौघारीबाट चक्कु सहित पक्राउ गरेको जनाइएको छ।
चक्कु प्रहारबाट घाइते सहनीको हेटौडा अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जनाइएको छ। पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी मकवानपुरमा राखिएको र आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाइएको छ।
यसअघि हेटौंडाको मानसचोक र बसपार्क क्षेत्रमा चक्कु प्रहार गरिएको थियो । यस्तै दुई महिना अघि एक युवतीलाई युवकले चुक्कु प्रहार गरि गम्भीर घाइते बनाएका थिए । युवतीलाई चक्कु हान्नेलाई अदालतले सफाइ दिइसकेको छ भने, अन्य दुई घटनाको अनुसन्धान जारी रहेको मकवानपुर प्रहरीको भनाई छ ।
भावना बिष्ट
१.
खान त खादैन है घिउ किन हो,
मोटी भनी खोज्छन् निउ किन हो
एकै छाक खाना खाए पनि अझ,
हात्तीझै भैदिदिन्छ जीउ किन हो।
२.
चाहिएको भन्दा माथिको ज्याजति नहेर्नु।
ज्यानै लिने इज्जत जाने झुटो पिरती नहेर्नु।
कुमारीहरु प्रशस्त हुँदा हुँदा सुन छोरा मान्छे
घरबार बिगार्नलाई अर्काको श्रीमती नहेर्नु ।
३.
सुन्दर सपनाको हत्यारा हुनु परेको छ।
खोजेको अर्को जिन्दगी पर पुगेको छ।
बोलचाल हुन्न भनेर बिर्सेछ नभने,
तिम्रो यादमा निदाउने लत बसेको छ।
मकवानपुर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर सहईन्चार्ज कृष्णप्रसाद दाहालले नेपाली जनताले सबैभन्दा बढि विश्वास गरेको पार्ट एमाले भएको बताएका छन ।
बकैया गाउँपालिका कमिटीको बैठकमा सम्बोधन गर्दै केन्द्रीय सदस्य दाहालले गठबन्धनको बीचबाट संघ र प्रदेशको निर्वाचनमा प्राप्त सिट र समानुपातिकमा पहिलो पार्टी हुनुले जनताको विश्वासको पार्टी एमाले भएको पुष्टि भएको बताए । सामाजिक, आर्थिक, साँस्कृतिक परिवर्तनको लागि अबको पार्टी कामको केन्द्रविन्दु बनाउन पर्ने उनको भनाई रहेको छ ।
बैठकमा पार्टी जिल्ला कमिटीका सचिव नवीन सिग्देलले गत निर्वाचनमा नेकपा एमालेको जनमत बलियो रहेकोले अबको आवश्यकता संगठन चुस्त र पद्वतीसंगत संगठन निर्माण र परिचालन गर्नुपर्ने बताए। उनले गाउँको विकास र जनताको समस्या समाधानको नेता एमाले बन्नुपर्ने बताए ।
गाउँपालिका कमिटीका अध्यक्ष गोपाल दाहालको अध्यक्षतामा बसेको बैठकमा प्रदेश कमिटीका सदस्य पद्मा पौडेल, जिल्ला सचिवालय सदस्य दलबहादुर वाईवा, जिल्ला लेखा समितिका अध्यक्ष शेखर थपलिया, जिल्ला सदस्यहरू बेलप्रसाद दाहाल, राजन दाहाल र निरमाया भोम्जन लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ स्थित बालबोध माध्यमिक विद्यालयका विद्यार्थीलाई जाडोको पोशाक वितरण गरिएको छ ।
विद्यालयमा अध्ययनरत १५ जना विद्यार्थीलाई १५ सेट टिसर्ट्सहित ट्र्याक र ट्राउजर वितरण गरिएको हो । तत्कालीन हटिया ३ हाल हेटौंडा १७ ठुलोगङ्गटे घर भइ अहिले अमेरिका निवासी केशब भट्ट र सचिता भट्टले उक्त पोशाक सहयोग गरेका हुन । भट्ट दम्पतीले माता गुणकुमारी भट्टको १३औं पुन्य तिथिको अवसरमा पोशाक सहयोग गरेको पूर्व विद्यालय ब्यबस्थापन समिति सदस्य कृष्णदेव भण्डारीले बताए ।
यसअघि २०६७ सालमा केशब भट्टका भाइ दीपक भट्टले बालबोध माविको हीरक जयन्तीको अवसरमा मन्च निर्माणका लागि पिता यदु कुमार भट्ट र माता गुणकुमारी भट्टको स्मृतिमा ३५ हजार सहयोग गरेको भण्डारीले सहीखबर डटकमलाई जानकारी दिए ।
भट्ट दाजुभाई बालबोध माविका पूर्व विद्यार्थी हुन ।
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा भएको चौथो थाहा गोल्डकप फूटबलको उपाधिमा काठमाडौंको माउन्टेन एफसीले कब्जा गरेको छ।
थाहा नगरपालिकाको इन्द्रायणी चौर खेल मैदानमा शुक्रबार भएको फाइनलमा पारिजात स्मृति पुस्तकालय चित्लाङलाई २-१ को गोल अन्तरले पराजित गर्दै माउन्टेन एफसीले उपाधी पोल्टामा पारेको हो ।
माउन्टेनको जितमा उर्गेन सेर्पा र अमित लामाले १ -१ गोल गरेर टिमलाई विजयी बनाए भने पारिजातका याकुवले सान्त्वना १ गोल गरेका थिए ।प्रतियोगितामा हाइ स्कोरर पारिजातका सोलोमन हुदा बेस्ट डिफेन्डर माउन्टेनका सबिन खड्का र उत्कृष्ट गोलकिपर माउन्टेनका सागर मगर हुन सफल भए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी माउन्टेनका अमित लामा हुदै प्रतियोगिताको म्यान अफ द म्याच समेत भए । प्रतियोगी विजेतासंगै माउन्टेन एफसीले नगद २ लाख सहित ट्रफी ,मेडल तथा प्रमाणपत्र हात पारेको छ । उपबिजेता पारिजातले नगद १ लाख सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी बिधागत उत्कृष्ट खेलाडी हरुले नगद ५ हजार सहित ट्रफी हात पार्दा उत्कृष्ट खेलाडी लाई नगद ७ हजार रुपैयाँ प्रदान गरियो।
थाहा नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा प्रतियोगितामा बिजेता तथा उपबिजेता टिमलाई नगर प्रमुख बिष्णुबहादुर बिष्ट तथा उपप्रमुख भरत गोपाली लगायतका अतिथिहरुले पुरस्कार प्रदान गरेका थिए ।
