मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ स्थित बालबोध माध्यमिक विद्यालयका विद्यार्थीलाई जाडोको पोशाक वितरण गरिएको छ ।
विद्यालयमा अध्ययनरत १५ जना विद्यार्थीलाई १५ सेट टिसर्ट्सहित ट्र्याक र ट्राउजर वितरण गरिएको हो । तत्कालीन हटिया ३ हाल हेटौंडा १७ ठुलोगङ्गटे घर भइ अहिले अमेरिका निवासी केशब भट्ट र सचिता भट्टले उक्त पोशाक सहयोग गरेका हुन । भट्ट दम्पतीले माता गुणकुमारी भट्टको १३औं पुन्य तिथिको अवसरमा पोशाक सहयोग गरेको पूर्व विद्यालय ब्यबस्थापन समिति सदस्य कृष्णदेव भण्डारीले बताए ।
यसअघि २०६७ सालमा केशब भट्टका भाइ दीपक भट्टले बालबोध माविको हीरक जयन्तीको अवसरमा मन्च निर्माणका लागि पिता यदु कुमार भट्ट र माता गुणकुमारी भट्टको स्मृतिमा ३५ हजार सहयोग गरेको भण्डारीले सहीखबर डटकमलाई जानकारी दिए ।
भट्ट दाजुभाई बालबोध माविका पूर्व विद्यार्थी हुन ।

