मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा भएको चौथो थाहा गोल्डकप फूटबलको उपाधिमा काठमाडौंको माउन्टेन एफसीले कब्जा गरेको छ।
थाहा नगरपालिकाको इन्द्रायणी चौर खेल मैदानमा शुक्रबार भएको फाइनलमा पारिजात स्मृति पुस्तकालय चित्लाङलाई २-१ को गोल अन्तरले पराजित गर्दै माउन्टेन एफसीले उपाधी पोल्टामा पारेको हो ।
माउन्टेनको जितमा उर्गेन सेर्पा र अमित लामाले १ -१ गोल गरेर टिमलाई विजयी बनाए भने पारिजातका याकुवले सान्त्वना १ गोल गरेका थिए ।प्रतियोगितामा हाइ स्कोरर पारिजातका सोलोमन हुदा बेस्ट डिफेन्डर माउन्टेनका सबिन खड्का र उत्कृष्ट गोलकिपर माउन्टेनका सागर मगर हुन सफल भए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी माउन्टेनका अमित लामा हुदै प्रतियोगिताको म्यान अफ द म्याच समेत भए । प्रतियोगी विजेतासंगै माउन्टेन एफसीले नगद २ लाख सहित ट्रफी ,मेडल तथा प्रमाणपत्र हात पारेको छ । उपबिजेता पारिजातले नगद १ लाख सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी बिधागत उत्कृष्ट खेलाडी हरुले नगद ५ हजार सहित ट्रफी हात पार्दा उत्कृष्ट खेलाडी लाई नगद ७ हजार रुपैयाँ प्रदान गरियो।
थाहा नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा प्रतियोगितामा बिजेता तथा उपबिजेता टिमलाई नगर प्रमुख बिष्णुबहादुर बिष्ट तथा उपप्रमुख भरत गोपाली लगायतका अतिथिहरुले पुरस्कार प्रदान गरेका थिए ।

