मकवानपुर । मकवानपुर भीमफेदीमा रहेको क्षेत्रीय कारागारका १ जना कैदी बन्दीको मृत्यु भएको छ ।
कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका वर्ष ३५ का समीर परियारको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
मनहरी गाउँपालिका वडा नम्बर ६ लोथर घर भएका परियार बुधबार एक्कासी बहोस भई ढलेकोले उपचारको लागि प्रहरी नायब निरीक्षक लाल बहादुर सुनार सहित २ जानको टोलीले कारागार सुरक्षाको सवारी साधनमा उनलाई हेटौडा अस्पतालमा ल्याइएको थियो ।
परियारको उपचारको क्रममा दिउसो १२:२० बजेको समयमा डाक्टारले मृत्यू घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । हेटौंडामा बुधबार बाघको आक्रमणबाट २ जना घाइते भएका छन् । बाघको आक्रमणबाट घाइते हुनेमा हेटौंडा-१५ बुद्धचोकका १७ बर्षीय सुमन घलान र ६५ बर्षीय कृष्णबहादुर थिङ रहेका छन् ।
हेटौडा १५ स्थित चुरियामाई सामुदायिक वनमा बाख्रा चराउन गएकोमा बाख्रालाई बाघले आक्रमण गरेपछि धपाउन खोजेका बेला उनीहरुलाई बाघले आक्रमण गरेको मवानपुर प्रहरीले जनाएकाे छ । घाइते घलान र थिङकाे हेटौंडा अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएकाे छ ।
बाघकाे आक्रमणबाट घलानकाे दाहिने कुम, ढाडकाे बायाँ, छातीमा चाेट लागेकाे अवस्था मध्यम रहेकाे तथा थिङकाे घाटीमा गहिरो लागेकाेले अवस्था गम्भिर रहेकाे बताइएकाे छ । थिङलाई थप उपचारका लागि भरतपुर पठाउने तयारी समेत भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।
यस अभियान अन्तरगत मकवानपुरमा पनि ताेकिएकाे उमेर समूहका ३४ हजार ४ सय ९३ बालबलिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइने स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्यण घिमिरेले बताए । यस अभियानमा महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ ।
नियमित तालिका अनुसार ६ महिनादेखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १२ देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने छ ।
आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य कार्यालय मकवानपुरले आग्रह गरेको छ ।
सरकारले हरेक ६ महिनाको अन्तरालमा नियमित रुपमा बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै आएको छ ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा वनमा लागेको डडेलोबाट घरमा आगलागी भएको छ ।
बैशाख ५ गते मंगलबार बकैया ६ ठूलो ज्यामिरेका ६५ वर्षकी दुर्गा माया भोलन र ६२ वर्षका लाल बहादुर लोको घर, गोठमा वनमा लागेको डडेलोबाट आगलागी भएको अस्थायी प्रहरी पोष्ट गरगरे बकैयाका प्रहरी हवल्दार सन्तोष कुमार थापाले जानकारी दिए ।
भोलनको घर आगलागीबाट पूर्ण रुपमा जलि नष्ट भएको,मानबिय क्षति नभएको,चौपाय ७ वटा बाख्रा,कुखुरा गरी १२ वटा मृत्यु भएको, अन्नपात, लत्ताकपडा, भाडाबर्तन, घर, गोठ, काठ, नगद, पुरानो सिक्का लागायत गरी लगभग ७ लाख हजार बराबरको क्षति भएको मकवानपुर प्रहरीले जनाएको छ ।
त्यस्तै लोको खरले छाएको काठले बनेको घरमा आगलागी हुँदा घर पूर्ण रुपमा जलि नष्ट भएको,मानवीय तथा चौपाय क्षति नभएको, अन्नपात, लत्ताकपडा,भाडाबर्तन, घर, काठ गरी लगभग २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आफ्ना एक सय दिनको उपलब्धीहरु सार्वजनिक गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै उनले नेतृत्व गरेको सरकारको एक सय दिनको उपलब्ध सार्वजनिक गरेका हुन् ।
प्रदेश सरकारले एक सय दिनमा गरेका उपलब्धीहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिब मुकुन्द प्रसाद निरौलाले पढेर सुनाएका थिए । प्रदेश सरकारले एक सय दिनको अवधिमा शिक्षा, सामाजिक, युवा र खेलकुदका क्षेत्र, स्वास्थ्य क्षेत्र, कृषि क्षेत्र, पूर्वाधार विकासका क्षेत्र, रोजगार तथा यातायात क्षेत्र, पर्यटन, उद्योग तथा सहकारी क्षेत्र, वन तथा वातावरणका क्षेत्र, आन्तिरिक मामिला तथा कानून र विपद्का क्षेत्र, सार्वजनिक प्रशासन एवं कर्मचारी व्यावस्थापनका क्षेत्रमा गरिएका कामको बिवरण प्रस्तुत गरे।
मुख्यमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री जम्मकट्टेलले अब छिट्टै प्रदेश सरकारले पूर्णता पाउने बताए । मन्त्रालयको संख्या कुनै पनि हालतमा बृद्धी नहुने र अहिले भइरहेका मन्त्रालयमा मन्त्री नियुक्त गरिने बताए ।
यस्तो छ बिस्तृत विवरण
