मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा वनमा लागेको डडेलोबाट घरमा आगलागी भएको छ ।
बैशाख ५ गते मंगलबार बकैया ६ ठूलो ज्यामिरेका ६५ वर्षकी दुर्गा माया भोलन र ६२ वर्षका लाल बहादुर लोको घर, गोठमा वनमा लागेको डडेलोबाट आगलागी भएको अस्थायी प्रहरी पोष्ट गरगरे बकैयाका प्रहरी हवल्दार सन्तोष कुमार थापाले जानकारी दिए ।
भोलनको घर आगलागीबाट पूर्ण रुपमा जलि नष्ट भएको,मानबिय क्षति नभएको,चौपाय ७ वटा बाख्रा,कुखुरा गरी १२ वटा मृत्यु भएको, अन्नपात, लत्ताकपडा, भाडाबर्तन, घर, गोठ, काठ, नगद, पुरानो सिक्का लागायत गरी लगभग ७ लाख हजार बराबरको क्षति भएको मकवानपुर प्रहरीले जनाएको छ ।
त्यस्तै लोको खरले छाएको काठले बनेको घरमा आगलागी हुँदा घर पूर्ण रुपमा जलि नष्ट भएको,मानवीय तथा चौपाय क्षति नभएको, अन्नपात, लत्ताकपडा,भाडाबर्तन, घर, काठ गरी लगभग २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

