मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न जरुरी रहेको औंल्याउँदै पार्टी वरिष्ठ नेता शेखर कोइरालालाई ज्ञापन पत्र बुझाएका छन् ।
युवा नेता महतले हेटौंडा–२ स्थित पार्टी कार्यालयमा कोइरालालाई ज्ञापनपत्र बुझाएका हुन् । ‘अहिले पार्टी एजेण्डाविहीन अवस्थामा रहेको देखिन्छ । जसको कारणले गर्दा नेताहरुको भनाइ बाझिएको छ । त्यसकारण अब एउटै दृष्टिकोण कांग्रेसभित्र आवश्यक छ ।’, ज्ञपान पत्रमा भनिएको छ ।
महतले पार्टीभित्र आफ्न्तबाद हावी भएको बताए । ‘अहिले पार्टीभित्र आफ्न्त र आसेपासेले मात्र अवसर पाइरहेका छन् । जुन गलत हो । अब योग्यता, क्षमता र लगानीको आधारमा अवसर दिनुपर्छ ।’, महतले भने ।
उनले पार्टीका भातृ तथा शुभेच्छुक संगठनलाई वैधानिकतारुपमा गठन गरी चलायमान गरी अगाडि बढाउन जरुरी रहेको औंल्याएक । ‘भातृ तथा शुभेच्छुक संगठनलाई वैधानिकतारुपमा गठन भएपछि संगठन निर्माण दरिलो रुपमा अगाडि बढ्नेछ ।’, ज्ञापनपत्रमा भनिएको छ,‘क्रियाशील वितरण प्रक्रियालाई परिवर्तन गर्नु अहिलेको प्रमुख आवश्यकता हो ।’
मकवानपुर । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, समृद्दि, सुशासनकाे पक्षमा सुरु गरेकाे माेर्चाकाे नयाँ अभियान आम नेपालीलाई मन परेको तर केहिलाई मन नपरेको दाबी गरेका छन् ।
मकवानपुरको हेटौंडामा आज मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रम दाहालले यस्तो बताएका हुन् ।
“हिजाे जनआन्दोलन मार्फत संघियता, लाेकतन्त्र र गणतन्त्रकाे लागि लडिरहने पार्टीहरुकाे हाल माेर्चा मार्फत नै एकता रहेकाे छ, याे गणतन्त्र र लाेकतन्त्रलाइ समाजवाद तर्फ उन्मुख गराएर अघि बढाउनु पर्ने देखिन्छ” उनले भने ।
कम्युनिष्टहरु आमबुझाइ अनुसार विभाजित मात्र हुन्छन भन्ने मात्र हाेइन आवश्यकता पर्दा साझा दुष्मन र साझा लक्ष्यका लागि ऐक्यबद्ध भएर समेत लाग्ने उनले बताए ।
प्रम दाहालले माेर्चा चार दलकाे मात्र हाेइन परिवर्तनका लागि समाजवाद तर्फ उन्मुख सम्पुर्ण जनताकाे रहेकाे बताए ।
प्रम दाहालले क्रान्तिकारीकाे त्याग र र बलीदानबाट प्राप्त उपलब्धिकाे धज्जि उडाउने काम हुनाले प्रतिक्रान्तिकाे माध्यमबाट परास्त्र गर्न आवश्यक रहेकाे बताए ।
मोर्चामा आफ्नो नेतृत्व प्रती खुल्दैव उनले भने “मैले कहिलेसम्म नेतृत्व गर्छु भन्ने थाहा छैन,तर यो बिचमा भ्रष्टाचारको उन्मुलनकाे लागि समाजमा सुशासन कायम राख्न, न्यायपुर्ण समाज निर्माण गर्न सरकार प्रतिबद्द रहनेछु ।”
उनले जलवायु परिवर्तनले दक्षिण एशियामा धेरै प्रभाव पारेकाे, संयुक्त राष्ट्र संघकाे वैठकमा नेपालकाे गरिवि, जलवायुले पारेकाे प्रभावका सम्बन्धमा कुरा उठाउने बताए ।
मकवानपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले मकवानपुरको हेटौंडा ११ मा स्थापित विपी बाटिकामा निर्माण गरिएको प्रतिमा अनावरण गरेका छन्।
नेपाली कांग्रेसका संस्थापक एंव पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको ११० औं जन्मजयन्तीमा हेटौंडामा अर्थकदको प्रतिमा अनावरण गरिएको छ ।
विपी विचार समाज मकवानपुरको आयोजनामा गरिएको उक्त कार्यक्रममा नेता कोइरालाले विपी द्धार उद्घाटन गर्नुका साथै बाटिका परिसरमा वृक्षारोपण समेत गरेका थिए ।
समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाको सभाध्यक्षता तथा नेता शेखर कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेश सभा सदस्य ईन्द्र बहादुर बानियाँ सहित प्रदेश सभाका सदस्यहरु, जिल्ला सभापति बुद्ध लामा लगायत मकवानपुरका कांग्रेस नेता तथा कांग्रेसजनहरुको सहभागिता रहेको थियो ।
दुर्गा मन्दिर परिसरमा रहेको विपी बाटिकामा विपीको अर्थकदको प्रतिमा राखिएको हो । बागमती प्रदेश सरकारले बाटिका निर्माण, प्रवेशद्धार निर्माण र अर्थकदको प्रतिमा निर्माणका लागि दुई चरणमा गरि २२ लाख रुपैयाँ प्राप्त गरिएको समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाले बताए ।
कोइरालाले हेटौंडामा कार्यकर्तालाई प्रशिक्षणात्मक मन्तव्य समेत दिएका छन् ।
मकवानपुर । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडामा हुने सन्देश सभामा सहभागी हुन आउँदै छन् । उनीसँगै नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द पनि हेटौंडा आउने कार्यक्रम रहेको छ ।
आज हेटौंडामा हुने चार दल सम्मेलित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्न प्रधानमन्त्री दाहाल हेटौंडा आउन लागेका हुन् । नेकपा एकीकृत समाजवादी, बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसालका अनुसार आज हुने सन्देश सभामा दाहालले दिउँसो १२ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सभामा समाजवादी मोर्चाको अवधारणाबारे कार्यकर्तालाई प्रशिक्षण दिइने तथा समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको घोषणा गरिने बताइएको छ ।
यसैगरी अर्को छुट्टै कार्याक्रममा सम्बोधन गर्न नेपाली काँग्रेसका बरिष्ठ नेता शेखर कोइराला पनि हेटौंडा आउने भएका छन् । मकवानपुरको हेटौडा ११ स्थित वीपी वाटीकामा निर्माण गरिएको वीपीको प्रतिमा अनावरण कार्यक्रममा कोइराला हेटौडा आउन लागेका हुन् ।
कांग्रेस मकवानपुरको आयोजना तथा वीपी विचार समाज मकवानपुरको संयोजनमा वीपीको १ सय १० औं जन्मजयन्तीको अवसरमा प्रतिमा अनावरण कार्यक्रम राखिएको हो । कांग्रेस मकवानपुर सभापति बुद्ध लामाका अनुसार नेता डा कोइरालाले जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई राष्ट्रिय राजनीति तथा कांग्रेसको पछिल्लो समयको रणनीतिको विषयमा जानकारी दिने छन् ।
मकवानपुर । बागमती प्रदेश सभा बैठक आज बस्ने भएको छ । चालु आथिक वर्षको लागि ल्याइएको बजेटमा सहमति अनुसारको कार्यान्वन नभएपछि बैठक बस्न सकेको छैन ।
गत असार २१ गते बजेट पास गरेर सकिएको बैठक भदौ १८ गतेको लागि आव्हान गरिएको थियो । बैठकको लागि दलीय सहमति नभएपछि बैठक नै नबसी २० गतेको लागि सारिएको थियो । तर बैठक २० गते पनि बस्न सकेन । त्यसपछि आज २४ गतेको लाग सभा आव्हान गरिएको छ ।
२ महिनापछि बोलाइएको बैठक १८ गते दिनभर दलको नेताहरुबीच सहमति हुन नसकेपछि २० बुधबारको लागि तय भएकोमा फेरि पनि सहमति हुन सकेन । दलहरुबीचको पछिल्लो सहमति अनुसार आज अपराह्न १ बजे बस्ने प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुको सहमतिअनुसार आजको लागि बैठक सारिएको बताइएको भए पनि आज प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेस नेता शेखर कोइराला हेटौंडा आउने कार्यक्रम भएकोले आज पनि बैठक प्रभावित हुने अनुमान गरिएको छ । बैठकमा माओवादी र काँग्रेस साँसदहरु सभामा अनुपस्थित हुने अनुमान गरिएको छ ।
