मकवानपुर । मकवानपुरबाट प्रतिनिधि सभामा निर्वाचित सांसद महेश कुमार बर्तौला नेकपा एमालेकाे तर्फबाट मुख्य सचेतकमा नियुक्त भएका छन् । बर्तौला बुधबार सत्तारुढ दलको मुख्य सचेतक नियुक्त भएका हुन् ।
एमालेबाट मकवानपुरको क्षेत्र नम्बर–२ बाट निर्वाचित बर्तौलालाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बर्तौलालाई बुधबार मुख्य सचेतक पदमा मनोनित गरेकाे हुन् । संसदीय दलका नेता समेत रहेकाे ओलीले नेकपा एमाले संसदीय दलको विधान २०७७ तथा संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा ऐन २०७३ अनुसार बर्तौलालाई मुख्य सचेतकमा नियुक्त गरेका थिए ।
बर्तौलालाई प्रतिनिधि सभा मुख्य सचेतक पदमा साउन २ गतेबाट लागू हुनेगरी मनोनयन गरेको हो । सांसद बर्तौलाले पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा ऐन २०७३ ले निर्धारण गरे अनुसारको सेवा सुविधा पाउने छन् । मुख्य सचेतकलाई सत्तारुढ दलबाट नियुक्त गर्ने तथा सत्तारुढ दलकाे समेत प्रमुख सचेतकको समेत नेतृत्व गर्ने व्यवस्था छ ।
बर्तौला यसअघि एमालेको सचेतक र प्रमुख सचेतकको जिम्मेवारी सम्हालेका थिए । एमालेका तत्कालिन प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि बर्तौलालाई प्रमुख सचेतक नियुक्त गरिएको थियो ।

मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले सोमबार राति १२ बजेबाट लागु हुनेगरी पेट्रोल डिजेल र मट्टितेलकाे मुल्य बढाएको हो ।
निगमले पेट्रोलमा ४ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ३ रुपैयाँ मुल्य बढाएको हो । इण्डियन आयल कर्पोरेसनले सोमबार निगमलाई पठाएको मूल्यसुची अनुसार पेट्रोल ४ रुपैयाँ ४८ पैसा तथा डिजेल र मट्टितेल २ रुपैयाँ ८३ पैसा बढेको आएको भन्दै आयल निगमले राति १२ बजेपछि लागु हुने गरी मुल्य बढाएकाे हाे ।
निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्यमा भने यथावत् रहेको जनाएको छ ।

मकवानपुर । बागमतीका मुख्यमन्त्री शालिकराम जमकट्टेलले साउन ६ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री जमकट्टेलले विश्वास मत लिन प्रदेश संसद् सचिवालयमा पत्र पठाएका छन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रकृयाको लागि साउन ६ गते अपराह्न १ बजे प्रदेश सभाको बैठक आह्वान गर्ने तयारीमा प्रदेश सभा सचिवालयकाे रहेकाे छ । नेकपा एमालेबाट सरकारमा सहभागी पाँच जना मन्त्रीले असार २४ गते सामूहिक राजिनामा दिएपछि जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेका थिए ।
एमाले सरकारबाट बाहिरिए पछि जम्कट्टेलकाे मन्त्रिमण्डलमाहाल नेकपा माओवादीको तर्फबाट ४ जना, नेकपा एकीकृत समाजवादीको तर्फबाट ३ जना र हाम्रो नेपाली पार्टीका एक जना मन्त्री छन् । केन्द्रीय सरकार गठनकाे अवस्था हेरेर राजिनामा वा विश्वासकाे मत रोज्ने बताउँदै आएका उनले प्रदेश सभाकाे फेस गर्ने भएका हुन् ।
मुख्यमन्त्री जम्कट्टेलको सत्ता यात्रा
मुख्यमन्त्री जम्कट्टेल २०७४ सालकाे प्रदेशकाे निर्वाचनपछिका अधिकांश समय सत्ताको केन्द्रमा रहँदै आए । प्रदेश सरकार गठनदेखि हालसम्म ६ वर्ष उनी सत्तामा रहे । २०७४ सालमा २३ प्रदेश सभा सदस्य हुँदा पनि सरकार निर्माण र सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनले २०७९ सालकाे निर्वाचनबाट २१ प्रदेश सभा सदस्यमा झर्दा समेत उत्तिकै सशक्त रहे । प्रदेशकाे २ कार्यकालको संसदमा १० महिनामात्र माओवादी केन्द्र प्रतिपक्षमा रहेकाे छ ।
१० महिनाकाे प्रतिपक्ष भूमिका बाहेक अधिकांश समय उनी सरकारको नेतृत्व र मन्त्रीको भूमिकामा छन् ।बहालवाला मन्त्री भइरहेका बखत २०७९ को निर्वाचनपछि गठन भएकाे प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएका थिए । उनले तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डे संघीय संसदमा निर्वाचित भएपछि २०७९ पुस २५ मा एमाले, राप्रपा र माओवादी केन्द्रको गठबन्धनबाट उनी मुख्यमन्त्री बनेका थिए ।
प्रदेश सरकार गठन हुँदा प्रदेशकाे आन्तरिक मामिला तथा कानुन मन्त्रीबाट सत्ता यात्रा सुरु गरेका जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्री हुँदै मुख्यमन्त्रीसम्मकाे जिम्मेवारीमा रहेर काम गरे । १७ महिनादेखि मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका उनले यसअघि आन्तरिक मामिला तथा कानून मन्त्री ३ वर्ष र आर्थिक मामिला तथा योजना मन्त्री १४ महिना रहे ।
माओवादी प्रतिपक्षी भूमिकामा
६ वर्षदेखि सत्तामा रहेको माओवादी केन्द्र साउन ६ पछि प्रतिपक्षको भूमिकामा रहने निश्चित छ । केन्द्रीय तहमा सत्ता परिवर्तनसँगै माओवादी केन्द्र प्रतिपक्षमा रहेकाे अवस्थामा बागमतीमा समेत उ प्रतिपक्षमा पुग्ने निश्चित भएको हो ।
जम्कट्टेल नेतृत्वको सरकारबाट एमाले बाहिरिएपछि सरकार टिकाउन आगामी साउन २२ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएकाेले उनले साउन ६ गते विश्वासकाे मत लिदै छन् । तर प्रदेशकाे अंक गणित अनुसार उनकाे पक्षमा बहुमत नपुग्ने परिस्थिति छ ।
०७९ माघ ३ गते, चैत १० मा र ०८० चैत १९ गते गरी ३ पटक विश्वासको मत लिएर सरकार टिकाएका जम्कट्टेल यसपटक केन्द्रीय सत्ता समिकरणका कारण सङ्कट छन् । चैत १९ गते विश्वासकाे मत लिदा उनले ५६ सांसदकाे मात्रै समर्थन पाएका थिए ।
प्रदेश सभाकाे अङ्कगणित अनुसार ११० सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक रहन्छ । मुख्यमन्त्री जम्कट्टेललाई हाल २९ सांसदको समर्थन छ । उनले विश्वासकाे मत प्राप्त गर्न थप २७ सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेश सभामा पहिलाे र दोस्राे दल रहेकाे कांग्रेस–एमालेको गठबन्धन रहेकाेले सरकारमा रहिरहन सङ्ख्या जुटाउन असम्भव छ ।
बागमती प्रदेश सभाकाे अंकगणित
७ राजनीतिक दलको प्रतिनिधित्व रहेको प्रदेश सभाकाे ठुलो दल कांग्रेसकाे ३७ र दोस्राे ठुलाे दल एमालेकाे २७ सांसद छन् । माओवादी केन्द्रकाे २१ सांसद रहँदा, राप्रपाकाे १३, एकीकृत समाजवादीकाे ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।
राप्रपा र नेमकिपाकाे समर्थन रहँदा समेत उनकाे पक्षमा ४५ सांसद रहने छ । यद्यपी यी दुई दलले समेत उनलाई समर्थन गर्ने देखिदैन । राप्रपाले केन्द्रमा समेत माओवादी केन्द्रका पुषपकमल दाहाल प्रचण्डलाई विश्वासकाे मत दिएन् । यसकाे असर प्रदेशमा समेत देखिनेछ । नेमकिपाले हालसम्म कुनै पनि सरकारलाई समर्थन गरेकाे छैन। यो पटक समेत विश्वासकाे मत जम्कट्टेललाई दिने देखिदैन् । उ बरु तटस्थ बस्न सक्छ ।
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाबाट पारित भई आएको अर्थसम्बन्धी दुई वटा विधेयक प्रमाणीकरण गरेका छन्।
प्रदेश प्रमुखबाट आर्थिक वर्ष २०८१/०८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक,२०८१ प्रमाणीकरण भएकाे प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।
प्रमाणीकरण भएका दुई वटै विधेयक गत असार १३ गतेकाे प्रदेश सभाबाट पारित भई सभामुख भुवनकुमार पाठक र प्रमुख सचिव कृष्णहरि खड्काले हस्ताक्षर प्रदेश प्रमुख शर्मा समक्ष पठाएका थिए । दुवै विधेयक प्रदेश प्रमुख शर्माले आइतबार प्रमाणीकरण गरेकाे पौडेलले बताए।
मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आइतबार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । ओली चौथो पटक प्रधानमन्त्री बनेका छन् भने मुलुकको ४५ औँ प्रधानमन्त्री नियुक्त भएका हुन् ।
आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा कांग्रेस–एमालेका १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष ओलीबिच असार १७ मा प्रतिनिधि सभाको बाँकी कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएसँगै ओली प्रधानमन्त्री बनेका हुन् । नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ सोमबार बिहान ११ बजे हुने तय भएको छ ।
कहिले कहिले प्रधानमन्त्री बने ओली ?
ओली २४ असोज ०७२ मा पहिलोपल्ट प्रधानमन्त्री निर्वाचित भएका थिए । व्यवस्थापिका संसदमा रहेका ५९७ सदस्यमध्ये ओलीले ३३८ मत प्राप्त गर्दै प्रधानमन्त्री नियुक्त भएका थिए । ओलीको उम्मेदवारीलाई माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र मधेसी जनअधिकार फोरमसहित अन्य १३ वटा दले समर्थन गरेका थिए ।
यस्तै, ०७४ को प्रतिनिधिसभा निर्वाचनपछि सबैभन्दा ठूलो दलको हैसियतमा ओली ३ फागुन ०७४ मा दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए । उनलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाख ०७८ मा तेस्रोपटक प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । अल्पमतको प्रधानमन्त्री भए पनि विपक्षी दलमध्ये कुनै पनि दलले बहुमतको सरकार गठन गर्न वा त्यसका लागि आफ्नो दाबी उपलब्ध समयसीमाभित्र राख्न असमर्थ भएपछि पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्री पुनः नियुक्ति गरेकी थिइन् ।