मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाबाट पारित भई आएको अर्थसम्बन्धी दुई वटा विधेयक प्रमाणीकरण गरेका छन्।
प्रदेश प्रमुखबाट आर्थिक वर्ष २०८१/०८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक,२०८१ प्रमाणीकरण भएकाे प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।
प्रमाणीकरण भएका दुई वटै विधेयक गत असार १३ गतेकाे प्रदेश सभाबाट पारित भई सभामुख भुवनकुमार पाठक र प्रमुख सचिव कृष्णहरि खड्काले हस्ताक्षर प्रदेश प्रमुख शर्मा समक्ष पठाएका थिए । दुवै विधेयक प्रदेश प्रमुख शर्माले आइतबार प्रमाणीकरण गरेकाे पौडेलले बताए।

