मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले सोमबार राति १२ बजेबाट लागु हुनेगरी पेट्रोल डिजेल र मट्टितेलकाे मुल्य बढाएको हो ।
निगमले पेट्रोलमा ४ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ३ रुपैयाँ मुल्य बढाएको हो । इण्डियन आयल कर्पोरेसनले सोमबार निगमलाई पठाएको मूल्यसुची अनुसार पेट्रोल ४ रुपैयाँ ४८ पैसा तथा डिजेल र मट्टितेल २ रुपैयाँ ८३ पैसा बढेको आएको भन्दै आयल निगमले राति १२ बजेपछि लागु हुने गरी मुल्य बढाएकाे हाे ।
निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्यमा भने यथावत् रहेको जनाएको छ ।


