मकवानपुर । भीमफेदी-कुलेखानी सडकखण्डमा बर्षाकाे कारण पहिराे जाँदा अवरूद्ध भएकाे सडक एकतर्फी सञ्चालनमा आएको छ।
शुक्रबार रातीबाट परेकाे अविरल बर्षाकाे कारण शनिबार बिहान पहिरो जाँदा हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडाैं सडकखण्डकाे भीमफेदी-६ देउराली नजिक पहिरो जाँदा सडक अवरुद्ध अवरुद्ध भएको थियो ।
शनिबार विहान १० बजे पहिरो पन्छाएर एकतर्फी यातायात संचालनमा आएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । लेदो माटो सहितको पहिरो गएकोले पहिरो हटाउन क्रममै रहेको र छिट्टै दुई तर्फिनै सञ्चाचलनमा आउने प्रहरी जनाएको छ ।
मकवानपुर । मकवानपुरको हेटौंडाबाट काठमाडौँ जोड्ने छोटो दुरीको हेटाैडा–भीमफेदी–कुलेखानी पुनः अवरूद्ध भएकाे छ । उक्त सडकखण्ड भदाै ११ गते शुक्रबार अवरुद्ध भएकाेमा पहिरो हटाएपछि दिउँसोबाट नै सञ्चालनमा आएको थियो ।
तर शुक्रवार राती परेकाे बर्षाकाे कारण हेटाैडा–भीमफेदी–कुलेखानी सडकखण्ड फेरी अवरुद्ध भएको छ । शुक्रबार रातीको बर्षाका कारण भिमफेदी–५ स्थित सडकखण्डमा पहिरो गएपछि शनिबार बिहान ४ः३० बजेबाट सडकखण्ड फेरी अवरुद्ध भएको हो ।
सडकखण्डको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी रहेकाेले पिहराे हटाउने काम गर्न नसकिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले बताए । पानी रोकपछि सडकखण्डमा पहिरो हटाउने काम थालिने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
मकवानपुर । मकवानपुर प्रहरीले गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका वडा नंबर ५ बाट लागुऔषध गाँजा ४४ किलो सहित मनहरी ५ का रामचन्द्र माेक्तान र २२ वर्षीय अर्जुन लाेलाई पक्राउ गरेकाे हाे ।
शुक्रबार बिहान मनहरी गाउँपालिका वडा नंबर ५ जय सिंह स्थित खोलाको किनारामा भारी बोकी हिडिरहेको अवस्थामा प्रहरीले माेक्तान र लाेलाई चेकजाँच गर्दा लागुऔषध गाँजा ४४ किलो फेला परेकाेले दबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
दुबैजनालाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले ३५ क्युफिट अबैध काठ सहित २ जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले मकवानपुरको भीमफेदीबाट अबैध काठ सहित सुमन लामा र सुवाष गोलेलाई पक्राउ गरेको हो ।
प्रहरीले भिमफेदी गाउँपालिका वडा नंम्बर– २ स्थित सडक खण्डमा हेटौडाबाट भैसे जाँदै गरेको बा ९ च ५९१२ नंम्बरको पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा उक्त गाडीमा लुकाई ल्याएको अबैध गोलिया काठ ५ थान, ३५ क्युफिट फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले बताए ।
काठसहित प्रहरीले सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर–२ बस्ने बर्ष २८ को लामा र सोही गाउँका बर्ष २९ को गोलेलाई काठ र गाडी सहित नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि डिभिजन वन कार्यालय राप्ती, मनहरीमा पठाइएको रिमालले जानकारी दिए ।
मकवानपुर । मकवानपुरकाे हेटाैडा उपमहानगरपालिकामा काेराेना विरूद्धकाे भेराेसिल खाेप प्रनः लगाइने भएकाे छ ।
यसअघि काेराेना (काेभिड १९) विरुद्ध भेरोसिल खोपको पहिलो मात्रा लिएकालाई भाद्र १२ गतेबाट १६ गतेसम्म दाेस्राे मात्रा खाेप लगाइने भएकाे हाे । यसै गरी १ पटक पनि खोप नलिएका व्यक्तिहरूलाई पहिलो मात्रा भाद्र १६ र १७ गते लगाइने हेटाैडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भाेलानाथ चाैलागाइले जानकारी दिए ।
भेराेसिल खाेपकाे पहिलाे मात्र लगाउनकाे लागि अनिवार्य अनलाइन फारम भर्नु पर्ने भएकाे छ । पहिलाे पटक भेराेसिल खाेप लगाउनेहरूकाे लागि अनलाइन दर्ताका आधारमा मात्र ताेकिएकाे समयमा खाेप लगाइने चाैलागाइले बताए । यसैगरी पहिलाे भेराेसिल खाेप लगाएका तर अनलाइन फारम नभरेकाहरूले समेत दाेस्राे मात्र खाेप लगाउनु अघी अनिवार्य अनलाइन फारम भर्नु पर्ने चाैलागाइले जानकारी दिए ।
यस पटक भेराेसिल खाेपकाे दोश्रो मात्रा लगभग १८ हजार जनालाइ लगाइने भएकाे छ । भेराेसिलकाे पहिलाे मात्रा ११ हजारलाइ लगाइने लक्ष्य रहेकाे बताइएकाे छ । भेराेसिल खाेप सेवा उपमहानगर अन्तरगत रहेका २० वटै स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने चाैलागाइले बताए ।