मकवानपुर । मकवानपुरको हेटौंडाबाट काठमाडौँ जोड्ने छोटो दुरीको हेटाैडा–भीमफेदी–कुलेखानी पुनः अवरूद्ध भएकाे छ । उक्त सडकखण्ड भदाै ११ गते शुक्रबार अवरुद्ध भएकाेमा पहिरो हटाएपछि दिउँसोबाट नै सञ्चालनमा आएको थियो ।
तर शुक्रवार राती परेकाे बर्षाकाे कारण हेटाैडा–भीमफेदी–कुलेखानी सडकखण्ड फेरी अवरुद्ध भएको छ । शुक्रबार रातीको बर्षाका कारण भिमफेदी–५ स्थित सडकखण्डमा पहिरो गएपछि शनिबार बिहान ४ः३० बजेबाट सडकखण्ड फेरी अवरुद्ध भएको हो ।
सडकखण्डको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी रहेकाेले पिहराे हटाउने काम गर्न नसकिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले बताए । पानी रोकपछि सडकखण्डमा पहिरो हटाउने काम थालिने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।

