महिला र बालबालिका क्षेत्र प्राथमिकतामा राख्छु: प्रनामनि बज्राचार्य
Tags: No Comments
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्यले महिला तथा बालबालिकाका क्षेत्रलाई प्राथमिकता राखेर काम गर्ने बताएका छन् ।
लागू औषध दुर्ब्यसनी र ओसारपसार, साईबर क्राईम नियन्त्रणमा प्रहरीले विशेष भुमिकाका साथ काम गर्ने उनले बताएका छन् । हाल बागमती प्रदेशमा ट्राफिकको समस्या देखिएको भन्दै यसको समाधानमा जनप्रतिनिधिलगायत सर्बसाधारणको पनि साझेदारी हुनुपर्ने उनले बताए ।
सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरीले आज आयोजना गरेको स्वागत कार्यक्रम प्रहरी नायब महानिरीक्षक बज्राचार्यले यस्तो बताएका हुन् ।
आपराधिक क्रियाकलाप समाजमा देखिएमा प्रहरीलाई जानकारी दिन पनि उनले आग्रह गरे । आपराधिक क्रियाकलाप नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम गर्ने पनि प्रदेश प्रहरीको योजना रहेको उनले बताए ।
कार्यक्रम हेटौंडा क्याम्पसका अध्यक्ष आनन्दराम पराजुलीले सामुदायिक सेवा केन्द्रले धेरै राम्रा राम्रा काम गरेको भन्दै प्रसंशा गरे । समाज सुधार्न सबै तयार हुनुपर्ने पराजुलीले बताए । सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम बिष्टले प्रहरी नागरिक साझेदारीमा काम गर्ने बताए ।
भुकम्प, कोभिड १९ को महामारीमा सामुदायिक सेवा केन्द्रले विशेष अभियान चलाएर काम गरेको जानकारी दिए । प्रहरीको सकारात्मक सहयोगले भएरहित समाज निर्माणका लागि सामुदायिक सेवा केन्द्रले काम गरीरहेको बताए । अहिले संस्थाले आपतकालिक सामुदायिक उद्दार केन्द्र तथा एम्बुलेन्स सन्चालनमा ल्याएको बताए । यसैगरी सोही कार्यक्रममा कार्यालय परिसरमा बृक्षरोपण गरीको थियो ।
जिल्ला अदालत मकवानपुरद्वारा विभिन्न घटनाका पीडितलाई २७ लाख क्षति भरण
Tags: No Comments
मकवानपुर । ८ माघ २०७६ मा मकवानपुरको हेटौंडा उपमहानगरपालिका ५ क्याम्पाडाँडामा मृत अवस्थामा भेटीएकी एक तेस्रोलिङ्गीको परिवारले ३ वर्षको अन्तरालमा बल्ल क्षतिपुर्ति पाएका छन् ।
केही सवारी चालकहरुले उनीमाथि बलात्कारपछि हत्या गरेर साथमा रहेको मोबाइल र गहना लुटेका थिए । हत्यामा संलग्न ३ जनालाई जिल्ला अदालतले आजीवन कैदको फैसला गरेको थियो तर उनको परिवारले पाउनु पर्ने क्षतिपुर्ति पाएका थिएनन् ।
०७८ माघ २० मा भएको फैसलामा पीडितको परिवारलाई सरकारी राहत कोषबाट क्षतिपूर्तिबापत ६ लाख रुपैयाँ प्रदान गर्ने आदेश जिल्ला अदालतले गरेपछि परिवार क्षेतिपुर्ति बापतको रकम हालैमात्रै प्रात गरेका छन् ।
पीडिको परिवारले सरकारी राहत कोषबाट गत शुक्रबार क्षतिपूर्ति बापतको रकम पाएका हुन् । अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार यो आर्थिक वर्षमा अदालतले फैसला गरेका मुद्दामा तोकिए अनुसारको रकम प्रदान गरेको छ ।
अदालतको काम दर्ता भएका मुद्दाको फैसला गर्ने र पीडकलाई कैद र जरिवाना तिराउने प्रचलन अब पुरानो भैसक्यो, पीडित वा पीडितको परिवारलाई राहत स्वरुप क्षेतिपुर्ति उपलब्ध गराउनु पनि अदालतकै कामको रुपमा थपिएको छ । २०७५ सालबाट लागू भएको मुलुकी फौजदारी संहितामा नै यसबारे व्यवस्था भएपछि अदालतले केही चासो दिन थालेको छ ।
क्षतिपूर्तिसहितको न्यायको वकालत गर्दै भएको यस व्यवस्था अनुसार अदालतले कसैलाई पीडक भनेर फैसला गरिसकेपछि उसबाट क्षतिपूर्ति असुल गरी पीडितलाई उपलब्ध गराउनुपर्छ ।
गत आर्थिक वर्ष ०७८÷७९ मा मकवानपुर जिल्ला अदालतले २३ जना पीडितलाई २७ लाख ५ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको छ ।
गत आवमा अदालतमा क्षतिपूर्ति माग गर्दै ३२ जना पीडितहरुले निवेदन दिएका थिए । तीमध्ये ९ जना क्षतिपूर्तिबापतको रकम लिन आएका छैनन् । गत वर्ष पीडकबाट १० लाख ५ हजार रुपैयाँ जरिवाना रकम प्राप्त भएको थियो । पीडित राहत कोषबाट १७ लाखसहित कुल २७ लाख ५ हजार रुपैयाँ २३ पीडितहरूलाई उपलब्ध गराएको स्रेस्तेदार भट्टराइले बताए ।
क्षतिपूर्ति लिन आउन अदालतले सूचना जारी गरेको तर सबै पीडित परिवार सम्पर्कमा नआएको उनले बताए । क्षतिपुर्ति लिनेहरुका अधिकांश बलात्कार र हत्या गरिएका परिवारका सदस्य रहेका छन् ।
मकवानपुर जिल्ला अदालतले एउटै मुद्दाका एउटै पीडकबाट १ करोड १४ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला समेत गरेको उनले स्मरण गरे ।
प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै ९ वैशाख ०७० मा हेटौंडाकी २० वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने भारत अमरपूर्वन–६ का ‘राज’ भनिने दिलीपराज केशरीलाइै दोषी ठहर गर्दै अदालतले उक्त क्षतिपूर्ति तोकेको थियो ।
तर, फैसला भएको १८ महिना बितिसक्दा पीडक पक्षले क्षतिपूर्ति रकम दाखिला गरेको छैन । प्रतिवादी भारतीय नागरिक भएका कारण निजको नामको सम्पत्ति नेपालमा नरहेकाले सरकारले नै पीडितलाई राहत कोषबाट रकम उपलब्ध गराउनुपर्ने अदालतको भनाइ छ ।
एसिड प्रहार गरेर अनुहारको रुप बिगारेको उक्त नेपालकै पहिलो एसिड काण्ड हो । कानुनी लगाइमा आफूले जितेपछि पीडितले अझैसम्म फैसलामा भनिए अनुसारको क्षति रकम पाएकी छैनन् ।
न्यायका लागि अदालतको ढोकासम्म आइपुगेकालागि न्यायसंगै राहत उपलब्धमा समेत सहायता प्रदान गर्न थालिएपछि न्यायप्रतिको आशा बढेको छ । तर फैसला अनुसारको रकम भने समयमै बिना झण्झट प्राप्त हुनुपर्ने पीडितको परिवारको भनाइ छ ।
मकवानपुर । नेपाल प्रेस युनियनको हेटौडामा आजबाट सुरु भएकाे नवौं महाधिवेशनमा अहिले वन्दसत्र चलिरहेकाे छ । शनिवार हुने कार्यसमिति निर्वाचनकाे लागि मनाेनयनकाे कार्य भइरहेकाे जनाईएकाे छ । नवाैं महाधिवेशनले चयन गर्ने कार्यसमितिको लागि मकवानपुरबाट ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचनको लागि खुला उपाध्यक्ष पदमा राममणि दाहाल, उपाध्यक्ष (बागमती प्रदेश) पदमा गिरिजा अधिकारी र केन्द्रीय सदस्यमा राजन दाहाल खुशराजले उम्मेद्वारी दिएका हुन् । खुला उपाध्यक्ष पदका उम्मेद्वार दाहाल संस्थापन इतर समूहका तर्फबाट अध्यक्ष शिव लम्साल प्यानलका हुन् भने अधिकारी संस्थापन तर्फबाट अनिता विन्दु प्यानलका हुन् ।
भोली बिहान १० बजेबाट सुरु हुने निर्वाचनमा मकवानपुरका ११ जना प्रतिनिधिसहित देशभरका १ हजार ६ सय ३० प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्दैछन् । उम्मेद्वारको अन्तिम नामवली केहिबेरमा प्रकाशन गरिने प्रेस युनियन निर्वाचन समितिले जनाएको छ ।
बन्दसत्रमा संस्थाको विधान, महासचिवको प्रतिवेदन, लेखा प्रतिवेदन र आगामी एजेण्डाका विषयमा छलफल भएकाे छ । अधिवेशनकाे उद्घाटन प्रधानमन्त्री शेर बहादुर देउवाले गरेका थिए ।
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवा आज हेटौंडा आउने भएका छन् । नेपाली कांग्रेस सभापति समेत रहेका देउवा पार्टी शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेसनको उद्घाटन गर्न हेटौंडा आउन लागेका हुन् ।
हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने सभामा देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी पोष्टराजले बताए ।
उद्घाटन कार्यक्रममा देउवासंगै कांग्रेस उपसभापतिद्वय पुर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकास शर्मा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम आज ६ गते उद्घाटन सत्र र भोली ७ गते शनिबार निर्वाचन हुने प्रेस युनियनको राष्ट्रिय महाधिवेसनको तयारी पुरा भएको युनियनले जनाएको छ ।
शुक्रबार बिहान मकवानपुर उद्योग वाणिज्य संघ अगाडीबाट प्रभातफेरी गरिदैं कार्यक्रम स्थल रोयल पार्टी प्यालेसमा महाधिवेसन कार्यक्रम सुरु हुने बताईएको छ ।
महाधिवेसनमा संघीय संरचना अनुरुप विधान संसोधन सहित निर्वाचन कार्यक्रम रहेको छ । देशभरबाट सोह्र सय भन्दा बढी प्रतिनिधिहरुको उपस्थिती रहेको युनियनले जनाएको छ । महाधिवेशनले ७५ सदस्यीय केन्द्रिय समिती निर्वाचित गर्ने छ ।
मकवानपुर । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन नेपालको ९ औं केन्द्रीय महाधिवेशन शुक्रबार र शनिबार हेटौंडामा हुँदैछ । युनियन मकवानपुर शाखाको आतिथ्यतामा हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको आतिथ्य शाखाले जनाएको छ ।
युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी ‘पोष्टराज’का अनुसार अधिवेशन आठवर्ष पछि हुन लागेको हो । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाबाट हुने तय भएको छ । महाधिवेशन शुक्रबार र शनिबार हुने भएपनि विहीबारबाटै अतिथि, प्रतिनिधि, पर्यवेक्षक आउने क्रम सुरु हुने उनले बताए । अधिवेशनको लागि अतिथि, प्रतिनिधि र पर्यवेक्षक गरी करिब दुईहजार जना सहभागी हुने अधिकारीले बताए ।
प्रधानमन्त्री, मन्त्री तथा पार्टीको शीर्ष नेतृत्व नै हेटौंडामा हुने भएका कारण सोही अनुसार सुरक्षाको व्यवस्था मिलाउन जिल्ला प्रशासन, जिल्ला प्रहरी र ट्राफिक प्रहरीलाई अनुरोध गरिसकीएको उनले बताए । महाधिवेशनको उद्घाटन, बन्द सत्र र नयाँ कार्यसमिति चयनका लागि हुने मतदानको सम्पूर्ण प्रबन्ध हेटौंडाको रोयल पार्टी प्यालेसमा हुनेछ ।
हेटौंडामा रहेको होटलमा मात्र आवासको व्यवस्था सम्भव नभएपछि छिमेकी जिल्ला बाराको अम्लेखगंज र चितवनको सौराहामा समेत आवासको व्यवस्था मिलाएको अधिकारीले बताए ।
महाधिवेशनमा करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यो बिचमा हेटौंडमा करिब ५ करोड रुपैयाँ बराबरको कारोबार विभिन्न क्षेत्रमा हुने समेत अनुमान गरिएको छ ।
प्रेस युनियनको यो महाधिवेशनले संगठनको संघीय संरचना अनुसारको विधान सर्वसम्मतरुपमा पास गरेर नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ विधान पास भएपछि युनियन संघीयस्वरुप अनुसार संरचना निर्माण हुनेछ । नयाँ विधान अनुसार अब ७५ सदस्यीय नयाँ कार्यसमिति बन्नेछ ।
