मकवानपुर । नेपाल प्रेस युनियनको हेटौडामा आजबाट सुरु भएकाे नवौं महाधिवेशनमा अहिले वन्दसत्र चलिरहेकाे छ । शनिवार हुने कार्यसमिति निर्वाचनकाे लागि मनाेनयनकाे कार्य भइरहेकाे जनाईएकाे छ । नवाैं महाधिवेशनले चयन गर्ने कार्यसमितिको लागि मकवानपुरबाट ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचनको लागि खुला उपाध्यक्ष पदमा राममणि दाहाल, उपाध्यक्ष (बागमती प्रदेश) पदमा गिरिजा अधिकारी र केन्द्रीय सदस्यमा राजन दाहाल खुशराजले उम्मेद्वारी दिएका हुन् । खुला उपाध्यक्ष पदका उम्मेद्वार दाहाल संस्थापन इतर समूहका तर्फबाट अध्यक्ष शिव लम्साल प्यानलका हुन् भने अधिकारी संस्थापन तर्फबाट अनिता विन्दु प्यानलका हुन् ।
भोली बिहान १० बजेबाट सुरु हुने निर्वाचनमा मकवानपुरका ११ जना प्रतिनिधिसहित देशभरका १ हजार ६ सय ३० प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्दैछन् । उम्मेद्वारको अन्तिम नामवली केहिबेरमा प्रकाशन गरिने प्रेस युनियन निर्वाचन समितिले जनाएको छ ।
बन्दसत्रमा संस्थाको विधान, महासचिवको प्रतिवेदन, लेखा प्रतिवेदन र आगामी एजेण्डाका विषयमा छलफल भएकाे छ । अधिवेशनकाे उद्घाटन प्रधानमन्त्री शेर बहादुर देउवाले गरेका थिए ।

