महोत्सवमा कराते प्रतियोगिताकाे फाइनल
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे हेटौंडा टिसिएनचौरमा जारी बृहत् खेलकुद तथा ब्यापार महोत्सवमा नेपाल सितोरियो कराते प्रतियोगिताकाे फाइनल खेल भएको छ ।
नगरस्तरीय प्रतियोगितामा महिला र पुरुषतर्फ ५०, ४५, ५०, ५५ र ६० किलो तौल समूहमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको बिधागत उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । सितोरियो कराते संघका अध्यक्ष दीपक लामाको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटनमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्कीको प्रमुख आतिथ्यता रहेको थियो ।
विजेताहरुलाई नेकपा एमालेका नेता सघीय सासद महेशकुमार बर्तौलाले पुरस्कार तथा ट्रफि वितरण गरे । कार्यक्रममा खेलकुद विकास समितिका पूर्व अध्यक्ष सानु लामा, कार्यालय प्रमुख माधव कोइराला मकवानपुर जिल्ला फुटबल संघका सचिव सुनिल लोप्चन लगायतको आतिथ्यता रहेको थियो ।
सितोरियो कराते संघका अध्यक्ष दीपक लामाले खेलकुद महोत्सवमा करातेका खेलाडीले पनि आफ्नो खेल कौशल देखाउन पाउँदा खुसी व्यक्त गरे । महाेत्सवले कला प्रदर्शनकाे अवसर दिएकाे भन्दै आयाेजक प्रति आभार व्यक्त गरे ।
महोत्सव आयोजक समितिका संयोजक खेलकुद विकास समिति अध्यक्ष खड्कीले करातेको खेलका सहभागीलाई धन्यवाद ज्ञापन गरे । करातेमा करिब ५० जना भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । १७ गतेसम्म सन्चालन हुने महोत्सवमा दैनिक विभिन्न बिधाको खेल सन्चालन भैरहेको छ । जिल्लाको खेल क्षेत्रको विकास गर्ने उधेश्यसहित आयोजित महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारको प्रश्तुती समेत भैरहेको छ ।
मानव सेवा आश्रममा आश्रित दुई जना महिलाको मृत्यु
Tags: No Comments
मकवानपुर । मकवानपुरको हेटौंडा–९ मयूरधापमा रहेको भएको छ । मृत्यु हुनेमा १९ बर्षीय पुजा मानव र २५ बर्षीय अमिता विश्वकर्माको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसा पुजालाई बाग्लुङको सडकबाट र अमितालाई मकवानपुरको बकैया गाउँपालिका–३ हात्तिसुँडेको सडकबाट उद्धार गरी आश्रमका ल्याईएको थियो ।
उनीहरुको मृत्यु बास्तबिक कारण खुलाईएको छैन । प्रहरीका अनुसार मानवको पुस ९ गते र विश्वकर्माको पुस १२ गते मृत्यु भएको हो ।
मकवानपुर । हेटौंडामा जारी बृहत् खेलकुद तथा व्यापार महोत्सवमा लोक गायक बद्री पंगेनीसंगै दर्शक झुमेका छन् । पंगेनीले आफ्नो सांगीतिक प्रस्तुतीमा दर्शकलाई भीड लगाएका थिए ।
उनले आफ्ना चर्चित र लोकप्रिय गीतमार्फत मकवानपुरेलाई नचाएका थिए । महोत्सवमा उपस्थित दर्शकहरुले नाचेर साथ दिएका थिए । महोत्सवमा बुधबार पंगेनीसंगै गायक हेमन्त शर्मा, मीना गिरी, सम्झना लामिछाने, डोरबहादुर खपाङ्गी, राजेन्द्र गुन्द्रुके लगायतले आफ्नो प्रश्तुती दिएका थिए । विहीबार चर्चित गायिका आस्था राउत, दुर्गा सापकोटा, गायक मदन विष्ट, सरोज लामिछाने, रविकुमार रिमाल र हाँस्य कलाकार दिनेश काफ्लेको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।
१७ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय गरी १३ वटा विधामा खेल सञ्चालन भैरहेको छ । महोत्सव आयोजक समितिका संयोजक मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बेष खड्कीले महोत्सव सोचे अनुरुप सञ्चालन भैरहेको जानकारी दिए । खेलकुद क्षेत्रको विकासका लागि आयोजित महोत्सवमा सबैको साथ, सहयोग प्राप्त भैरहेको बताए ।
महोत्सवमा करिब २६० वटा स्टल रहेको छ । कृषि, पर्यटन, हस्तकला, अटो मोबाइलका साथै बाल उद्दान महोत्सवमा रहेको छ । महोत्सवबाट खेलकुद विकास समितिलाई प्राप्त हुने करिब २५ लाख रुपैयाँ रकमबाट वर्षभर खेलकुद प्रतियोगिता आयोजना गर्ने आयोजकले लक्ष्य राखेको छ ।
मकवानपुर । हेटौंडा जेसीज वर्ष २०२४ काे लागि अध्यक्ष पदमा अमृत बर्तौलाले उम्मेदवारी घोषणा गरेका छन् । बर्तौलाले जेसीज वर्ष २०२४ काे लागि अध्यक्ष पदमा प्यानल सहितले उम्मेदवारी घोषणा गरेका हुन् ।
बुधबार पत्रकार भेटघाट गर्दै बर्तौला समूहले उम्मेदवारी घोषणा गरेका हुन् । बर्तौला जेसीज वर्ष २०२३ मा कार्यकारिणी उपाध्यक्षको जिम्मेवारीमा छन् । बर्तौलाको समूहकाे कार्यकारिणी उपाध्यक्षमा विवेकानन्द न्यौपाने र जीवन ढकालकाे उम्मेदवारी रहने छ । त्यस्तै जेसीज २०२४ काे उपाध्यक्षमा रमेश काफ्ले, रमेश पराजुली, आतिश दाहाल र विश्वास पराजुलीले उम्मेदवार छन् ।
जेसीजको साधारणसभा पुष १३ गते र निर्वाचन १४ गते हुने गरी तालिका तय भएको छ । बर्तौलाले आफू निर्वाचित भएपश्चात् हेटौंडा जेसीजको स्वर्ण जयन्तीको अवसरमा तेस्रो पटक २०२८ मा राष्ट्रिय महाधिवेशन आतिथ्यता गर्नको लागि पहल गर्ने बताए । ४० वर्ष नाघेका जेसीजका पूर्व सदस्यहरुसँग निश्चित शुल्क लिई आजीवन सदस्यताका लागि साधारण सभाबाट पहल गराइने उनले बताए ।
जेसीजका इच्छुक पूर्व सदस्यहरुलाई प्रत्येक कार्यक्रमको सूचना सम्प्रेक्षण गर्नुका साथै पुराना कार्यक्रमहरूलाई निरन्तरता दिई जेसीजको सचिवालय भवन पूर्ण रुपमा मर्मत गरेर नयाँ स्वरुप दिने र सभाहल सञ्चालन गरी आय आर्जनमा बृद्धि गर्ने लक्ष्य रहेकाे उनले जानकारी दिए ।
यस अघि हेटौंडा जेसीज वर्ष २०२४ को अध्यक्ष पदमा विकेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । वर्ष २०२३ मा कार्यकारिणी उपाध्यक्षको जिम्मेवारीमा रहेका श्रेष्ठले जेसीजको संस्थागत विकाससँगै युवा पुस्ताको नेतृत्व एवम् व्यक्तित्व विकासका लागि काम गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।

मकवानपुर । प्रहरीले मकवानपुरबाट लागु औषध गाँजा ९८ किलाेसहित ४ जनालाई नियन्त्रणमा लिएकाे छ । मकवानपुरकाे २ छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।
हेटौडा उपमहानगरपालिका १५ राताेमाटेबाट ८८ किलाे ३ सय ९० ग्राम गाँजासहित १ जना र मनहरी ९ रमनटारबाट १० किलाे गाँजासहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएकाे छ । हेटौडा १५ राताेमाटेबाट उक्त परिणामकाे गाँजासहित थाहा नगरपालिका ५ बज्रबाराहीका सविन कुमार गुरुङलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।
हेटौडा १५ रातोमाटे प्रहरी चौकीबाट खटिएको टोलीले चितवन तर्फबाट सर्लाही तर्फ जादै गरेको ना.८ ख ७५०४ नम्बरको डिब्बा ट्रकलाई रोकी जाँच गर्ने क्रममा उक्त ट्रकमा सात वटा पोकामा ८८ किलाे ३ सय ९० ग्राम लागु औषध गाँजा फेला परेकाे थियाे । प्रहरीले ट्रक चालक २५ वर्षीय सविन कुमार गुरुङलाई ट्रकसहित नियन्त्रणमा लिएकाे जनाएकाे छ ।
यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको महनरी गाउँपालिका–९ रमनटारमा भएको दुर्घटनामा घाइते उद्धारका लागि पुगेको प्रहरीले १० किलाे लागुऔषध गाँजा बरामद गरेको छ । उक्त घटनामा ३ जनालाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएकाे छ । सोमबार रमनटारस्थित सडक किनारमा रोकिराखेको ना ४ ख ९४३३ नम्बरको ट्याङ्करमा बा ४० प ८२७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको थियो ।
उद्धार गर्न घटनास्थलमा पुगेको प्रहरीले दुर्घटनामा परेको मोटरसाइकल र घाइते फेला नपरेपछि घटनास्थल नजिकै झाडीबाट २ वटा झोलामा ५/५ किलाे लागुऔषध गाँजा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । घटनास्थलमा घाइते फेला नपर्नु तर लागुऔषध गाँजा फेला परेपछि प्रहरीले गरेकाे अनुसन्धानबाट माटरसाइकल चालक कैलाश गाउँपालिका वडा नं.७ शर्सि बस्ने २५ वर्षीय हरी प्रजा, माेटरसाइकल पछाडि सवार सोही स्थान बस्ने १८ वर्षीय प्रस्थान प्रजालाई मनहरीमै आफन्तको घरबाट घाइते अवस्थमा नियन्त्रणमा लिइएकाे हाे ।
मोटरसाइकल चालक हरीलाई प्राथमिक स्वास्थ्य केन्द्र मनहरीमा सामान्य उपचार पश्चात थप उपचारर्थ भरतपुर अस्पताल चितवन पठाईएको छ भने प्रस्थान र टयाङकर चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएको छ ।