पतन्जली मकवानपुरको आयोजनामा दिव्यभोज
Tags: No Comments
मकवानपुर । मकवानपुरको हेटौंडा ६ चौघडामा दिव्यभाेज कार्यक्रम गरिएको छ ।
पतन्जली याेग समिति मकवानपुरकाे आयाेजना तथा पतन्जली याेग महिला समिति, युवा समिति, युवा नगर समिति, युवा ग्राम समितिकाे संयाेजनमा चाैघडास्थित शान्ति पार्कमा दिव्यभाेज कार्यक्रम गरिएको हो ।
दिव्यभाेजमा फलफूल, उमाारिएकाे गेडागुडी र पतन्जलीकाे स्पेशल जडिबुटिको दिब्य पेय, फापरकाे पिठाेकाे जेरी, सादा र स्वास्थ्यवर्द्धक खानाहरु समावेश गरिएकाे थियाे । पतन्जली याेग समिति मकवानपुरले हरेक वर्ष दिव्य भाेजकाे आयाेजना गर्ने गरेकाे जिल्ला अध्यक्ष रामकृष्ण थापाले बताए ।
नेपालीकाे सस्कृतिलाई सरल किसिमले जगेर्ना गर्दै साेहार्द पूर्ण रुपमा मनाउने गरेकाे पतन्जली याेग समितिले आउँदो माघ १ गते सर्वाेत्तमकाे उत्पादनकाे शख्खरबाट वनेकाे चाकु सामुहिक रुपमा खाने कार्यक्रम पनि तय भएकाे उनले जानकारी दिए ।
संविधानसभा सदस्य अनन्त पौडेल, सर्वोत्तम संचिति बचत ऋण सहकारी संस्थाका अध्यक्ष तथा पतन्जली योग समिति बागमती प्रदेश सदस्य धुर्व पौडेल, ७ नम्बर वडाका पूर्व वडाध्यक्ष राजन थापा, जिल्लास्थित विभिन्न सेन्टरका याेग प्रशिक्षक, सह प्रशिक्षक, याेग साधक साधिकाहरुकाे उपस्थितिमा दिव्यभोज आयोजना गरिएको थियाे ।
मकवानपुरगढीमा ट्रिपर दुर्घटना, चालकको मृत्यु
Tags: No Comments
मकवानपुर । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रिपर चालक हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेका २२ वर्षीय सुकदेव पाख्रिन रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।
पुस २६ गते राती जिल्ला मकवानपुरगढी १ बादरखोल्सीस्थित भित्रि सडकखण्डमा लेनडांडाबाट बादरखोल्सी तर्फ जादै गरेको बा.प्र-०३-००१ख१४८९ नम्बरको ट्रिपर आफै अनियन्त्रित भई रोडबाट १ सय ५० मिटर तल खस्दा चालक घाइते भएका थिए ।
उनलाई तत्काल उद्दार गरी उपचारको लागि हेटौडा अस्पताल ल्याइएकोमा डाक्टरले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाको समयमा चालकको पहिचान नभएकोमा अस्पतालमा उनका दाइले सनाखत गरेका थिए ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा भएकाे सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । जिल्लाकाे हेटौडा उपमहानगरपालिका १९ स्थित सान्नानिटारमा बुधबार भएको सवारी दुर्घटनामा उनीहरु घाइते भएका हुन् ।
बुधबार बिहान हेटौडा १९ सान्नानिटार स्थित पूर्व पश्चिम सडकखण्डमा मनहरीबाट हेटौडा आउँदै गरेको ना ७ ख ४२३८ नम्बरकाेको ट्यांकर र बिपरित दिशाबाट जादै गरेको बागमती प्रदेश ०१-०२७ च १०६३ नम्बरको ईसुजी पिकप गाडी एकआपसमा ठक्कर सादाँ पिकअपमा सवार व्यक्तिहरु घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
दुर्घटनामा भक्तपुर चागुनारायण ९ बस्ने ३२ वर्षीय निरु त्यात, साेही ठाउँ बस्ने ३३ वर्षीयको आरयान त्यात ११ वर्षीय रियान त्यात ५ वर्षीय रिवस त्यात, भक्तपुर नगरपालिका ५ वस्ने ३२ वर्षीय प्रकाश मठ्या,सोही ठाउँ बस्ने ३१ वर्षीय नबिना मठ्या ६ वर्षीय प्रसुन मठ्या तथा २२ महिनाकाे बालक प्रसुन मठ्या रहेकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
घाइते मध्ये आरयान आँखा हस्पिटल हेटौडामा उपचारकाे लागि पठाइएकाे छ भने प्रसुनलाई निगरानीमा राखिएकाे छ । अन्य घाइतेकाे हेटौडा अस्पतालमा उपचार पछि डिस्चार्ज भएका छन् भने ट्यांकर चालकलाई नियन्त्रण लिएकाे प्रहरीले जनाएकाे छ ।
मकवानपुर । हेटौंडा–४ स्थित हेटौँडा क्याम्पसको प्रमुखमा देवीराम लामा नियुक्त हुनुभएको छ । क्याम्पस सञ्चालक समितिको बुधबार बसेको बैठकले लामालाई क्याम्पस प्रमुखको जिम्मेवारी दिने निर्णय गरेकाे हाे ।
लामाले यसअघि सहायक क्याम्पस प्रमुख थिए । नेपाली साहित्यमा स्नाकोत्तर तह उपाधि हासिल गरेका लामा २०६५ सालमा हेटौँडा क्याम्पस सेवामा प्रवेश गरेका हुन् । २०७० सालदेखि सहायक क्याम्पस प्रमुखको जिम्मेवारीमा रहेका उनकाे कार्यकाल ४ बर्षको हुनेछ ।
हेटौंडा क्याम्पसमा हाल २ हजार छ सय विद्यार्थी अध्ययनरत छन् ।
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाँउसभाकाे १५ औं अधिवेसनमा २ जना पत्रकारसहित दर्जन बढी व्यक्ति र संघसंस्थालाई सम्मान गरेकाे छ ।
सोमबार भएकाे गाउँसभाकाे अधिवेशनमा गाउँपालिकामा बसाेबास गर्ने चेपाङ समूदाय र राक्सिराङको समग्र विकासको विषयमा सञ्चारक्षेत्र मार्फत पुर्याएकाे याेगदानकाे कदर गर्दै पत्रकारद्वय पोष्टराज अधिकारी (नयाँपत्रिका) र सुनिता विष्ट (नेपाल खबर डटकम) सम्मान गरेको हाे ।
हरेक वर्ष हिउँदे अधिवेसनमा दुई जना सञ्चारकर्मीलाई सम्मान गर्दै आइरहेको प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले बताए । गर्तौलाका अनुसार विभिन्न सामाजिक क्षेत्रका सक्रिय रहेकालाई पनि पालिकाले सम्मान गर्दै आइरहेका छ । पालिकाले कलाकारतर्फ हिमाल घिमिरे, खेलाडीतर्फ विक्रम मुक्तान, भाषा साहित्यतर्फ प्रदीप बालाचन, महिला उद्यमी तर्फ विनिता दोङलाई समेत सम्मान गरेकाे थियो ।
गाउँसभामा कर्मचारीतर्फ महिला विकास निरीक्षक गोमा पन्थी, प्राविधिक कर्मचारी नरबहादुर गाहा, वडा सचिव भावना कंडेल, कार्यालय सहयोगी प्रदीप थिङ, अवकाश प्राप्त कर्मचारी निशिथ प्रसाद शर्मालाई सम्मान गरिएको थियो । त्यस्तै, स्वास्थ्यतर्फ कर्मचारी स्वास्थ्यकर्मी अन्जना प्रजा, कार्यालय सहयोगी सविना घलान, स्वंमसेविका अनिता थिङ, अवकाश प्राप्त स्वंमसेविका वीपीमाया मुक्तान, गंगा कुमारी ठकुरी र तोकसानी थिङ, शिक्षा क्षेत्रतर्फ विद्यालय व्यवस्थापन समितिमा आधारभूत विद्यालय, शिक्षक तर्फ दित बहादुर घलान, एसईई उत्कृष्ट छात्रा सोनी मगर र छात्र लवोन दोर्जे दोङलाई सम्मान गरिएको गर्तौलाले जनाकारी दिए ।
सामाजिक संघसंस्थातर्फ कुडुले महिला कृषि तथा श्रम सहकारी संस्था, दुईचोक डाँडा पर्यटन प्रवर्द्धन उपभोक्ता समिति, जन्मभूमि एकीकृत कृषि तथा पशुपन्छी फर्म, राष्ट्रिय जन वकालत मञ्च नेपाल, राक्सिराङ आईटीएफ तेक्वान्दो डोजाङ सम्मानित भएका छन् ।