मकवानपुर । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रिपर चालक हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेका २२ वर्षीय सुकदेव पाख्रिन रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।
पुस २६ गते राती जिल्ला मकवानपुरगढी १ बादरखोल्सीस्थित भित्रि सडकखण्डमा लेनडांडाबाट बादरखोल्सी तर्फ जादै गरेको बा.प्र-०३-००१ख१४८९ नम्बरको ट्रिपर आफै अनियन्त्रित भई रोडबाट १ सय ५० मिटर तल खस्दा चालक घाइते भएका थिए ।
उनलाई तत्काल उद्दार गरी उपचारको लागि हेटौडा अस्पताल ल्याइएकोमा डाक्टरले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाको समयमा चालकको पहिचान नभएकोमा अस्पतालमा उनका दाइले सनाखत गरेका थिए ।

