मकवानपुर । मकवानपुरकाे हेटौडामा भएकाे सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । जिल्लाकाे हेटौडा उपमहानगरपालिका १९ स्थित सान्नानिटारमा बुधबार भएको सवारी दुर्घटनामा उनीहरु घाइते भएका हुन् ।
बुधबार बिहान हेटौडा १९ सान्नानिटार स्थित पूर्व पश्चिम सडकखण्डमा मनहरीबाट हेटौडा आउँदै गरेको ना ७ ख ४२३८ नम्बरकाेको ट्यांकर र बिपरित दिशाबाट जादै गरेको बागमती प्रदेश ०१-०२७ च १०६३ नम्बरको ईसुजी पिकप गाडी एकआपसमा ठक्कर सादाँ पिकअपमा सवार व्यक्तिहरु घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
दुर्घटनामा भक्तपुर चागुनारायण ९ बस्ने ३२ वर्षीय निरु त्यात, साेही ठाउँ बस्ने ३३ वर्षीयको आरयान त्यात ११ वर्षीय रियान त्यात ५ वर्षीय रिवस त्यात, भक्तपुर नगरपालिका ५ वस्ने ३२ वर्षीय प्रकाश मठ्या,सोही ठाउँ बस्ने ३१ वर्षीय नबिना मठ्या ६ वर्षीय प्रसुन मठ्या तथा २२ महिनाकाे बालक प्रसुन मठ्या रहेकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
घाइते मध्ये आरयान आँखा हस्पिटल हेटौडामा उपचारकाे लागि पठाइएकाे छ भने प्रसुनलाई निगरानीमा राखिएकाे छ । अन्य घाइतेकाे हेटौडा अस्पतालमा उपचार पछि डिस्चार्ज भएका छन् भने ट्यांकर चालकलाई नियन्त्रण लिएकाे प्रहरीले जनाएकाे छ ।

