मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित बालगृहलाई हेटौडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेकाे उपभाेक्ता समितिले साद्यान्न सहयाेग गरेकाे छ । हेटौडा २ मा गठन भएकाे पुरानो मकवानपुर रोड सडक, ढल, पेटी निर्माण उपभोक्ता समितिले बालगृहलाई खाद्यान्न सहयोग गरेको हाे ।
समितिका पदाधिकारीले खाद्यान्न अभाव झेल्दै आएका भीमफेदी बालगृहका बालकका लागि बुधबार बालगृह पुगेर सहयोग प्रदान गरेको हो । बालगृहमा खाद्यान्नकाे अभाव रहेकाे जानकारी पाएपछि समितिले बचतबाट आएको व्याज रकमबाट चामल, दाललगायतका खाद्यान्न बालगृहलाई सहयोग गरिएको समितिका अध्यक्ष मञ्जु दाहाल खतिवडाले बताइन् ।
खतिवडाका अनुसार अनुसार बालगृहमा चामल, दाल, चिउरा, तेल, चना, चिनी, गेडागुडी, अण्डा, नुन, चियापत्तीलगायतका खाद्यान्न ३० हजार रुपियाँ बराबरको सहयोग बालगृहमै नेपाल बाल सङ्गठन मकवानपुरका अध्यक्ष अशोक सारू मगरलाई हस्तान्तरण गरिएकाे हाे ।
उपभोक्ता समितिले दैनिक उपभोग्यका सामग्रीहरु नेपाल बाल सङ्गठन मकवानपुरका अध्यक्ष अशोक सारू मगरलाई हस्तान्तरण गरेको थियो । खाद्यान्न हस्तान्तरण कार्यक्रममा उपभोक्ता समितिका उपाध्यक्ष राजु श्रेष्ठ, सचिव शैलेश मानन्धर, कोषाध्यक्ष अजय मानन्धर, सदस्य कृष्णकला पुडासैनी, सङ्गठनका जीवन तिमिल्सनालगायतको उपस्थिति रहेको थियो ।
बालगृहमा हाल १४ जना बालक रहेका छन् । बाल गृहमा आश्रित बालिकाहरुलाई अन्य बालगृहमा स्थानान्तरण गरिएकाे बताइएकाे छ ।
मकवानपुर । बस दुर्घटना हुदा मकवानपुरको हेटौंडामा १० जना घाइते भएका छन् । आज विहान ९ बजे हेटौडा उपमहानगरपालिका ६ पुतलीबजार स्थित धरान चतरा सडक खण्डमा फुर्केचौरबाट हेटौडा बजार तर्फ आउदै गरेको ना ३ ख ५३०३ नं को बस दुर्घटना भएको हो ।
बसले टेलरलाई साईड दिने क्रममा अचानक सडक साईडमा पल्टदा बसमा सवार १५ जना मध्ये १० जना घाईते भई उपचारको लागी हेटौंडाको विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइतेहरुमध्ये हेटौडा अस्पतालमा ७ जना र सञ्चो अस्पतालमा ३ जनाको उपचार हुर्दै गरेको छ ।
हेटौंडा अस्पतालमा रहेका घाइतेहरुको विवरण यसप्रकार छः
१, मकवानपुर हेटौडा १७ हटिया बस्ने २५ वर्षीया पुष्पा डंगोल (ओठ र बाँया पातामा भित्री चोट, अबस्था सामान्य)
२,मकवानपुर हेटौडा १७ हटिया बस्ने २१ वर्षीया रुपा डंगोल ( सामान्य)
३ मकवानपुर हेटौडा १८ बस्ने ४५ वर्षीया महिला (नाम स्पष्ट बताउन नसक्ने,अवस्था सामान्य)
४ मकवानपुर हेटौडा १७ हटिया बस्ने ७० वर्षीय पुरुष (नाम स्पष्ट बताउन नसक्ने, अवस्था सामान्य)
५ हेटौंडा १७ बस्ने ५१ वर्षीय शंकर राई ( अवस्था सामान्य )
६ हेटौंडा १७ ५५ कर्षीया आशा राई (अवस्था सामान्य)
७ पर्सा बिरगंज घर भई हेटौंडा १६ बस्ने २२ वर्षीया सिमा साह (निधारमा बाहिरी चोट सामान्य)
रहेका छन् ।
यसैगरी सन्चो हस्पिटलमा उपचार भई रहेका घाइतेहरुको विवरण
१ मकवानपुरगढी गाउँपालिका ७ बस्ने ५६ वर्षीया माहिली माया थीङ (खुट्टामा चोट, सामान्य )
२ मकवानपुरगढी गाउँपालिका १ धाप बस्ने ४६ वर्षीय कुमार सिं गोले (टाउकोमा चोट, सामान्य)
३ हेटौंडा १८ हर्नामाडी बस्ने ३६ वर्षीय सोम लाल थिङ (टाउकोमा चोट, सामान्य)
बस घटनास्थलमा रहेको, बस चालक उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा माघ १२ गते बृहत शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुने भएकाे छ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयकाेआयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिकाे व्यवस्थापनमा बृहत शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुने भएको हाे ।
सामुदायिक तथा संस्थागत विद्यालयहरुबिच प्रतिस्पर्धा, शैक्षिक अध्ययन तथा गुणस्तर सुधार एवम् विद्यार्थीको सिर्जनशील प्रतिभाको उजागर गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएकाे मंगलबार हेटौडामा पत्रकार भेटघाट गरी जानकारी दिइएकाे हाे । हेटौडा वडा ४ का अध्यक्ष नविन सिग्देलका अनुसार वडा भरीका संस्थागत तथा सामुदायिक गरी ८ वटा विद्यालयहरुको सहभागीतामा शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हाे ।
वडाभित्रका संस्थागत र सामुदायिक विद्यालयहरुबीच अझ बढी भाइचाराको सम्बन्ध स्थापित गर्ने विद्यार्थीकाे प्रतिभाकाे आदान प्रदानकाे उद्देश्यले कार्यक्रम गर्न लागिएकाे श्रमिक माविका प्रध्यानाध्यापक तथा शैक्षिक गुण्स्तर सुधार समिति हेटौंडा–४ का अध्यक्ष श्रीराम दाहालले बताए । कार्यक्रममा प्रत्येक विद्यालयहरुबाट बढीमा १० जनाको समूहले निर्माण गरेको विज्ञान, गणित र सामाजिक विषयसँग सम्बन्धित सामग्रीहरुको स्टल राखिने छ । यस्तै मौलिक नेपाली गित तथा विभिन्न जातजाती नाँच र भेषभुषा झल्काउने गरी प्रतियोगितात्मक सामूहिक नृत्य र एकल गायन प्रस्तुति गरिने दाहलले जानकारी दिए । वडाभरीका सबै विद्यालयका कक्षा ६ देखि माथिका विद्यार्थीहरुले गरेका प्रतिभा प्रदर्शनीकाे विद्यार्थी, शिक्षक तथा अभिभावकलगायत गरी करिब १० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ ।
गत वर्ष पनि वडा कार्यालयले सुधार समितिसँगकाे समन्वयमा बृहत शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएकाे थियाे । माघ १२ गते हुने दोस्रो बृहत शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रमको उद्देश्य प्रस्ट्याउदै अध्यक्ष सिग्देलले आफूहरु शैक्षिक गुणस्तर सुधार अभियान निरन्तर लागिपरेको दावी गरे । ‘संस्थागत र सामुदायिक विद्यालयहरुबीच समन्वयन र प्रतिस्पर्धा दुवै हुनुपर्छ’ उनले भने ‘सरोकारवालाहरुले बजेट विनियोजनको पहिलो प्राथमिकता शिक्षालाई दिनुपर्छ ।’ बृहत शैक्षिक प्रदर्शनी पछि वडाले वडा स्तरीय खेलकुद कार्यक्रम, जिल्ला स्तरीय शिक्षक भलिबल कार्यक्रम, इसीडी शैक्षिक सामाग्री निर्माण तालिम, शिक्षक, विद्यार्थी तथा अभिभावक सम्मान लगायतका कार्यक्रमहरुको आयोजना गर्ने सिग्देलले जानकारी दिए ।
उक्त शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रममा ५ लाख रुपैँया खर्च हुने अनुमान गरिएकाे छ। शैक्षिक क्षेत्रको विकासमा लम्किरहेको मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं. ४ मा मात्रै झण्डै १६ हजार विद्यार्थीहरु छन् । हेटौंडाकाे याे वडामा मात्रै ५ वटा संस्थागत गरी ८ वटा स्कुलहरु छन् । गतबर्ष पनि सामुदायिक तथा संस्थागत विद्यालयबीच प्रतिस्पर्धा, शैक्षिक अध्ययन तथा गुणस्तर सुधार एवम् विद्यार्थीको सिर्जनशील प्रतिभाको उजागर गर्ने उद्देश्यले ४ नम्बर वडा कार्यालयले शैक्षिक मेला आयोजनामा गरेको थियो ।
प्रदर्शनी अन्तरगत नृत्य र शैक्षिक समाग्री प्रदर्शनीमा छुट्टाछुट्टै प्रतिस्पर्धा गराइने छ । नृत्य र शैक्षिक सामग्री प्रदर्शनीमा प्रथम हुने प्रत्येक समूहलाई १० /१० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने आयाेजकले जनाएकाे छ । यसैगरी प्रतिस्पर्धाका विधागत प्रथम हुने सहयाेग शिक्षकलाई समेत ३ हजार नगदले सम्मान गरिनेछ । यसैगरी द्वितीय हुने प्रत्येक समूहले ७/७ हजार तथा द्वितीय हुने सहयाेग शिक्षकलाई २ हजार नगदद्वारा सम्मानित गरिने आयाेजकले जानकारी दिएकाे छ । यस्तै तृतीय हुने प्रत्येक समूहले ५/५ हजार तथा तृतीय हुने सहयाेग शिक्षकलाई १ हजार नगदद्वारा सम्मानित गरिनेछ ।
गायन तर्फ प्रथम स्थान प्राप्त गर्ने १ जनालाई ५ हजार, प्रथम सहयाेग शिक्षकलाई ३ हजार द्वितीय हुनेले ४ हजार द्वितीय सहयाेग शिक्षकले २ हजार तथा तृतीय हुनेले ३ हजार र सहयोग शिक्षकले १ नगद सहित प्रमाणपत्र प्राप्त गर्ने छन् ।
पत्रकार भेटघाटमा वडाअध्यक्ष नवीन, शैक्षिक गुण्स्तर सुधार समितिका अध्यक्ष दाहाल, राष्ट्रिय परीक्षा बोर्डका प्रमुख कृष्ण प्रसाद घिमिरे, हेटौंडा–४ का वडा सदस्य जनरल श्रेष्ठ, वडा सचिव पुष्पराज पौडेल, श्रमिक माविका व्यवस्थापन समिति अध्यक्ष विवेक कार्की, भुटनदेवी माविका प्रधानाध्यापक माधव दाहाल, आधुनिक माविका प्रधानाध्यापक रामसागर गुरागाईं, प्याप्सन अध्यक्ष विनाेद सुवेदीलगायतकाे उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे बागमती गाउँपालिकामा बागमती गोल्डकप हुने भएकाे छ । छैठौं संस्करणको बागमती गोल्डकप आगामी फागुन १ गतेदेखि सुरु हुने आयोजक बागमती खेलकुद विकास समितिले जानकारी दिएको हो ।
सोमबार गाउँपालिकामा पत्रकार भेटघाटमा आयोजना गर्दै बागमती गाउँपालिकाको खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले गोल्डकपमा ६ वटा ए डिभिजन क्लब, ३ मोफसल र एक विदेशी टोलीको सहभागिता रहने जानकारी दिए ।
बागमती–८ स्थित जनता माविको खेलमैदानमा फागुन १० गतेसम्म संचालन हुने प्रतियोगिताकाे विजेता टिमले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ । प्रतियोगितामा करिब ६९ लाख ६० हजार खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । प्रतियोगितामा बागमती गाउँपालिकाबाट ३० लाख र अन्य खर्च प्रदेश खेलकुद परिषदबाट १५ लाख, राष्ट्रिय खेलकुद परिषदबाट ५ लाख, प्रायोजक, विभिन्न व्यक्ति तथा संस्थाहरूबाट प्राप्त हुने आयोजकले जनाएको छ ।
बागमती गोल्डकपको पहिलाे संस्करणकाे उपाधि हरिहरपुरगढी सिन्धुलीले हात पारेकाे थियाे । दोस्रो संस्करणकाे उपाधि सरस्वती युवा क्लब काठमाडौंले जितेकाे थियो भने तेस्रो गोल्डकपको उपाधि जावलाखेल युवा क्लब ललितपुरले हात पारेको थियो । प्रतियोगिताको चौथो संस्करण उपाधि थ्री स्टार क्लबले हात पार्दा पाचौं संस्करणको उपाधीकाे विजेता भुट्निज युथ स्पोर्ट्स क्लव अमेरिका भएकाे थियो । यस संस्करणमा भने उक्त क्लबले सहभागिता नजनाउने अध्यक्ष श्रेष्ठले बताए ।
पत्रकार सम्मेलनमा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, बागमती गाउँपालिका–३, का वडा अध्यक्ष कमानसिं पाख्रिन, ४ नम्बर वडा अध्यक्ष दन्तलाल माझी, प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान, मकवानपुर जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष अरुण बललगायतको सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे २ छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ८ दामगडेबाट लागुऔषध गाजाँसहित सहित २ जना तथा हेटौडा उपमहानगरपालिका वडा नं. १५, रातोमाटेबाट लागुऔषध खैराे हिराेइनसहित १ जनालाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
थाहानगर ८ बाट लागुऔषध गाँजासहित रसुवा पार्वतीकुण्ड गाउँपालिका–५ घर भई हाल थाहा नगरपालिका–९ नारायणहिटी बस्ने २७ बर्षीय प्रभात घले र थाहा नगरपालिका–३ दमकी घर भई हाल वडा नं.६ बज्रबाराही बस्ने ३२ बर्षीय रण बहादुर थिङलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ । सोमबार दामगडेस्थित भित्री सडकखण्डमा गल्छीबाट पालुङतर्फ आउँदै गरेको बा १५ च ३९२९ नम्बरको बोलेरो इलाका प्रहरी चौकीबाट खटिएकाे टाेलीले जाँच गर्दा दुईवटा बोरामा ५० किलो लागुऔषध गाँजा सहित चालक घले र थिङलाई नियन्त्रणमा लिइएकाे मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।
यस्तै मकवानपुर प्रहरीले हेटौडा १५ बाट लागुऔषध खैरो हिरोइनसहित काठमाडौंको बागेस्वरी नगरपालिका–७, थलीका २१ वर्षीय उमेश परियारलाई नियन्त्रणमा लिएकाे हाे । आइतबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५, रातोमाटेबाट खटिएको सुरक्षाजाँच टोलीले बीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज ६१५५ नम्बरको सुमोमा सवार परियारलाई लागुऔषध खैरो हिरोईन २५ ग्राम एक सय मिलिग्रामसहित नियन्त्रणमा लिइएकाे हो ।
लागुऔषध गाँजासहित घले र थिङलाई बलेरो गाडीसहित र लागुऔषध खैरो हिरोइनसहित परियारलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।