मकवानपुर । बस दुर्घटना हुदा मकवानपुरको हेटौंडामा १० जना घाइते भएका छन् । आज विहान ९ बजे हेटौडा उपमहानगरपालिका ६ पुतलीबजार स्थित धरान चतरा सडक खण्डमा फुर्केचौरबाट हेटौडा बजार तर्फ आउदै गरेको ना ३ ख ५३०३ नं को बस दुर्घटना भएको हो ।
बसले टेलरलाई साईड दिने क्रममा अचानक सडक साईडमा पल्टदा बसमा सवार १५ जना मध्ये १० जना घाईते भई उपचारको लागी हेटौंडाको विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइतेहरुमध्ये हेटौडा अस्पतालमा ७ जना र सञ्चो अस्पतालमा ३ जनाको उपचार हुर्दै गरेको छ ।
हेटौंडा अस्पतालमा रहेका घाइतेहरुको विवरण यसप्रकार छः
१, मकवानपुर हेटौडा १७ हटिया बस्ने २५ वर्षीया पुष्पा डंगोल (ओठ र बाँया पातामा भित्री चोट, अबस्था सामान्य)
२,मकवानपुर हेटौडा १७ हटिया बस्ने २१ वर्षीया रुपा डंगोल ( सामान्य)
३ मकवानपुर हेटौडा १८ बस्ने ४५ वर्षीया महिला (नाम स्पष्ट बताउन नसक्ने,अवस्था सामान्य)
४ मकवानपुर हेटौडा १७ हटिया बस्ने ७० वर्षीय पुरुष (नाम स्पष्ट बताउन नसक्ने, अवस्था सामान्य)
५ हेटौंडा १७ बस्ने ५१ वर्षीय शंकर राई ( अवस्था सामान्य )
६ हेटौंडा १७ ५५ कर्षीया आशा राई (अवस्था सामान्य)
७ पर्सा बिरगंज घर भई हेटौंडा १६ बस्ने २२ वर्षीया सिमा साह (निधारमा बाहिरी चोट सामान्य)
रहेका छन् ।
यसैगरी सन्चो हस्पिटलमा उपचार भई रहेका घाइतेहरुको विवरण
१ मकवानपुरगढी गाउँपालिका ७ बस्ने ५६ वर्षीया माहिली माया थीङ (खुट्टामा चोट, सामान्य )
२ मकवानपुरगढी गाउँपालिका १ धाप बस्ने ४६ वर्षीय कुमार सिं गोले (टाउकोमा चोट, सामान्य)
३ हेटौंडा १८ हर्नामाडी बस्ने ३६ वर्षीय सोम लाल थिङ (टाउकोमा चोट, सामान्य)
बस घटनास्थलमा रहेको, बस चालक उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ।

