मकवानपुर । मकवानपुरकाे २ छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ८ दामगडेबाट लागुऔषध गाजाँसहित सहित २ जना तथा हेटौडा उपमहानगरपालिका वडा नं. १५, रातोमाटेबाट लागुऔषध खैराे हिराेइनसहित १ जनालाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
थाहानगर ८ बाट लागुऔषध गाँजासहित रसुवा पार्वतीकुण्ड गाउँपालिका–५ घर भई हाल थाहा नगरपालिका–९ नारायणहिटी बस्ने २७ बर्षीय प्रभात घले र थाहा नगरपालिका–३ दमकी घर भई हाल वडा नं.६ बज्रबाराही बस्ने ३२ बर्षीय रण बहादुर थिङलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ । सोमबार दामगडेस्थित भित्री सडकखण्डमा गल्छीबाट पालुङतर्फ आउँदै गरेको बा १५ च ३९२९ नम्बरको बोलेरो इलाका प्रहरी चौकीबाट खटिएकाे टाेलीले जाँच गर्दा दुईवटा बोरामा ५० किलो लागुऔषध गाँजा सहित चालक घले र थिङलाई नियन्त्रणमा लिइएकाे मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।
यस्तै मकवानपुर प्रहरीले हेटौडा १५ बाट लागुऔषध खैरो हिरोइनसहित काठमाडौंको बागेस्वरी नगरपालिका–७, थलीका २१ वर्षीय उमेश परियारलाई नियन्त्रणमा लिएकाे हाे । आइतबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५, रातोमाटेबाट खटिएको सुरक्षाजाँच टोलीले बीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज ६१५५ नम्बरको सुमोमा सवार परियारलाई लागुऔषध खैरो हिरोईन २५ ग्राम एक सय मिलिग्रामसहित नियन्त्रणमा लिइएकाे हो ।
लागुऔषध गाँजासहित घले र थिङलाई बलेरो गाडीसहित र लागुऔषध खैरो हिरोइनसहित परियारलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

