मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिकामा एक जानकाे कुटपिटबाट मृत्यु भएकाे छ । मनहरी– ६ प्रतापपुरका आफ्नै साथीको कुटपिटबाट एक जनाकाे मृत्यु भएको हाे ।
प्रतापुर लच्का बस्ने ३४ वर्षिय अम्मर बहादुर लोप्चनले आफ्नै घरमा सुतेको अवस्थामा सोही ठाउँको ५० वर्षिय जित बहादुर मोक्तानलाई सावेलले प्रहार गरि घाइते बनाएको थिए । मोक्तानकाे भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुबै जनासँगै मजदुरी काम गरी हिड्ने गरेको र प्रायः दुबै जना लोप्चनकै घरमा सुत्ने गरेका थिए । कुटपिट गर्ने लोप्चनलाई सावेल सहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजा २४२ किलोसहित ५ जनालाई नियन्त्रणमा लिएकाे छ । प्रहरीले ३ दिनकाे अवधीमा मकवानपुरबाट उक्त परिमाणकाे गाँजासहित ५ जनालाई नियन्त्रणमा लिएकाे हाे ।
बुधबार १६० किलो गाँजासहित गोरखा भिमसेन थापा गाउँपालिका–६ का २८ वर्षीय अमीर मियालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको हाे । मकवानपुरको भीमफेदी गाउँपालिका–२, भैंसेस्थित प्रहरी चेकपोष्टमा पालुङबाट हेटौँडातर्फ आउँदै गरेको प्र. न. ३–०१–०२३ च ८०४७ नम्बरको योद्धा गाडीबाट ३० वटा पोकामा १६० किलो गाँजा बरामद गरी थापालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
यसैगरी सोमबार मकवानपुर प्रहरीले पुर्व पश्चिम लोकमार्ग अन्तर्गत हेटौडा उपमहानगरपालिका वडा नंबर–१९ तिनताप्केबाट ७१ किलो ७०० ग्राम गाँजा सहित राक्सीराङ गाउँपालिका वडा नंबर– ९ बस्ने २० वर्षीय मिलन घलान र सोही गाडीमा सवार सोही स्थानका २६ वर्षीय दावा थिङलाई नियन्त्रणमा लिएकाे थियाे । मनहरीबाट हेटौडातर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ३०५९ नम्बरको पिकअप गाडीबाट उक्त परिमाणकाे गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।
यस्तै आइतबार मनहरी गाउँपालिकाबाट १० किलो २५० ग्राम गाँजासहित २ जनालाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ । मकवानपुरको मनहरी गाउँपालिका-९ भलाद्मीचोकस्थित पुर्व पश्चिम सडकबाट उक्त परिमाणकाे गाँजासहित मनहरी गाउँपालिका- ८ बस्ने २८ वर्षीय रामकुमार परियार र मनहरी ९ बस्ने ३६ वर्षीय रामकुमार स्याङबोलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे । मनहरीबाट हेटौडा तर्फ आउदै गरेको ना १ ह ५०३३ नम्बरको अटोमा सवार उनीहरुलाई गाँजा सहित नियन्त्रणमा लिइएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट ७१ किलो लागुऔषध गाँजासहित २ जनालाई नियन्त्रणमा लिएकाे छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर १९ तिनताप्के स्थित पुर्व पश्चिम राजमार्ग सडकखण्डमा प्रहरीले उक्त परिमाणको लागूऔषध बरामद गरेको हो ।
मनहरीबाट हेटौडातर्फ जादै गरेको प्रदेश ३–०१–०२४ च ३०५९ नम्बरकाे पिकअप गाडीलाई जाँच गर्दा मकवानपुर राक्सीराङ गाउँपालिका वडा नम्बर ९ बस्ने २० वर्षीय मिलन घलान र २६ वर्षीय दावा थिङलाई गाँजा ७१ किलाे गाँजासहित नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
उनीहरुले चालक बस्ने सिट मुनी लुकाई ल्याईएको अवस्थामा ७१ किलो ७ सय ग्राम लागूऔषध गाँजा फेला परेकोले पिकअप गाडीसहित घलान र थिङलाई गाँजासहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।
६२ लाख रुपैयाँ बराबरकाे विदेशी मुद्रासहित ३ जना पक्राउ
Tags: No Comments
मकवानपुर । मकवानपुर प्रहरीले विदेशी मुद्रा अमेरिकी डलर र युरो सहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकीटोलबाट प्रहरीले ६२ लाख रुपैयाँ बराबरकाे उक्त विदेशी मुद्रा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोमबार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गरी बरामद भएको रकम र पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ । हेटौंडा–१, चौकीटोलस्थित प्रहरी चेकपोष्टमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३–००१ ज ०७६५ नम्बरको इभी गाडीलाई जाँच गर्दा भारतको उत्तर प्रदेश जालौन बस्ने ४० वर्षीय विजय सिंह कुशवाह, उत्तर प्रदेशकै गोरखपुर बस्ने २६ वर्षीय प्रशान्त पाठक र भारतको राजस्थान चितोरगढ बस्ने ३२ वर्षीय राहुल कुमार माण्डावतलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई शरीर तथा झोलाको तलासी गर्ने क्रममा विदेशी मुद्रा बरामद भएको प्रहरी उपरीक्षक खड्काले बताए । उनीहरुलाई चेकपोइन्टमा रोकी झोला खानतलासी गर्दा अमेरिकी डलर केही थान फेला परेको उनले बताए । खड्काका अनुसार कार्यालयमा ल्याएर शरीर खानतलासी गर्दा उनीहरुले लगाएकाे अन्डरवेयर भित्र अमेरिकी डलर र युरो बरामद भएकाे हाे । कुशवाहाको साथबाट १२ हजार अमेरिकी डलर, पाठकको साथबाट १४ हजार युरो र माण्डावतको साथबाट २० हजार अमेरिकी डलर बरामद भएको हाे ।
बरामद भएको अमेरिकी डलरको नेपाली बजार मुल्य ४३ लाख २० हजार ५१५ रुपैयाँ र युरोको १९ लाख ६९ हजार ५१५ रुपैयाँ गरी जम्मा कुल ६२ लाख ९० हजार ३५ रुपैयाँ हुने प्रहरीले जानकारी दिएकाे छ । पक्राउ परेकाहरुले काठमाडौंमा क्यसिनोमा खेलेर फर्किएको प्रारम्भिक बयान दिएकाे खड्काले बताए । पक्राउ गरिएकाहरु माथि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय काठमाडौं पठाउने तयारी भइरहेको मकवानपुर प्रहरीले जनाएकाे छ ।
मकवानपुर । चितवनमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
आइतबार राति भएको दुर्घटनामा मकवानपुरका २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार आइतबार राति नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना नौकिलोमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९० नम्बरको ट्रक दुर्घटना भएको थियो ।
चामल बोकेको उक्त ट्रक पल्टिदा मृत्यु हुनेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ का ३८ वर्षीय श्याम बजगाईं तथा ३१ वर्षीय दीपक दाहाल रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बजगाईं र दाहालकाे उपचारकाे क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
उक्त दुर्घटनामा घाइते घाइते मकवानपुर हेटौंडा उपमहानगरपालिका–१८ का बलबहादुर कोइरालाको चितवन मेडिकल कलेज र रामेछापका मानबहादुर विकको एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा र मकवानपुरगढी गाउँपालिका–६ का २७ वर्षीय सुसन विकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ट्रक चालक मकवानपुरगढी गाउँपालिका–६ का २८ वर्षीय दिनेश पुडासैनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।