मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट ७१ किलो लागुऔषध गाँजासहित २ जनालाई नियन्त्रणमा लिएकाे छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर १९ तिनताप्के स्थित पुर्व पश्चिम राजमार्ग सडकखण्डमा प्रहरीले उक्त परिमाणको लागूऔषध बरामद गरेको हो ।
मनहरीबाट हेटौडातर्फ जादै गरेको प्रदेश ३–०१–०२४ च ३०५९ नम्बरकाे पिकअप गाडीलाई जाँच गर्दा मकवानपुर राक्सीराङ गाउँपालिका वडा नम्बर ९ बस्ने २० वर्षीय मिलन घलान र २६ वर्षीय दावा थिङलाई गाँजा ७१ किलाे गाँजासहित नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
उनीहरुले चालक बस्ने सिट मुनी लुकाई ल्याईएको अवस्थामा ७१ किलो ७ सय ग्राम लागूऔषध गाँजा फेला परेकोले पिकअप गाडीसहित घलान र थिङलाई गाँजासहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

