मकवानपुर । प्रेस युनियन मकवानपुरले नेपाली कांग्रेसको स्थानीय निर्वाचन जागरण घोषणा सभा कार्यक्रमको पूर्वसन्ध्यामा शनिबार पत्रकार सम्मेलन गरेकाे छ । पार्टीकाे ‘घरघर जाउ, कांग्रेस जिताउ’ अभियानका बारेमा जानकारी दिन पत्रकार सम्मेलन गरिएकाे नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले बताए ।
नेपाली काग्रेसले फागुन २९ गते आइतबार देशका ७७ वटै जिल्लामा स्थानीय निर्वाचन जागरण घोषणा सभा आयाेजना गर्ने भएकाे छ । मकवानपुर जिल्लामा समेत आईतबार विहान ११ बजे स्थानीय निर्वाचन जागरण घोषणा सभा आयाेजना गरिने पत्रकार सम्मेलनमा लामाले जानकारी दिए ।
पत्रकार सम्मेलनमा सभापति लामाले स्थानीय निर्वाचन जागरण घोषणा सभा तथा घरघर जाउँ, कांग्रेस जिताउँ अभियानका बारेमा जानकारी गराएकाे थिए । कार्यक्रममा अध्यक्ष लामाले स्थानीय तहकाे आसन्न निर्वाचनकाे लागि मकवानपुरकाे सवै स्थानीय तहका १ सय २ वटै वडामा घरदैलाे मार्फत अभियान संचालन गरिने जानकारी दिए ।
गत चुनावमा कांग्रेसले जितेका स्थानीय तहमा भएका काम तथा हुन नसकेका हालसम्म काम सम्बन्धमा स्थानीयसँग जानकारी दिने तथा अन्य पार्टीले जितेका स्थानीय तहमा उनीहरुले गरेका काम, जनतालाई आश्वासन मात्र बाढिएकाे दुख पाएका लगायतका विषयमा ‘घरघर जाउँ, कांग्रेस जिताउँ’ अभियान संचालन हुने लामाले बताए ।
‘यस अघीकाे चुनावमा पार्टीले प्रायः स्थानीय तहमा थाेरै मतकाे कारण पराजय भाेग्नु परेकाेले छ’ लामाले भने– बैशाख ३० गते हुने स्थानीय तहकाे चुनावमा कांग्रेसलाई जीताउने गरी अभियान वडा वडा लैजाने छाै ।’ मतदाता शिक्षाकाे कमीकाे कारण धेरै मत बदर भएकाे तथा आफ्नाे पार्टीका उम्मेदवार झिनाे मतान्तरकाे कारण पराजय हुनु परेकाेले मतदाता शिक्षा समेतसँगै लैजाने सभापति लामाले बताए ।
अभियानले चुनावमा उम्मेदवार हुने व्यक्तिहरुकाे समेत जनताका वीच लाेकप्रीयताकाे मत सर्वेक्षण गरिने र साेही अनुसार उम्मेदवारकाे लागि नामावली तयार पारिने लामाले बताए । जनता माझ लाेकप्रीय नेतालाई अवकाे स्थानीय तह चुनावमा उम्मेदवारी बनाउने उनले जानकारी दिए । ‘अहिले व्यक्तिगत उम्मेदवारी घाेषणा गर्ने प्रवृत्ति देखिएकाे छ’ उनले भने–‘पार्टी विधि विधान अनुसार चल्ने भएकाेले पार्टीको नीति अनुसार नेता चल्नुपर्छ । आफूलाई केन्द्रविन्दुमा राखेर घोषणा गर्नुहुँदैन ।’ केन्द्रीय नीतिकाे आधारमा अघी बढ्छाै’ उनले भने । व्यक्तिले व्यक्तिगत स्वतन्त्रताकाे उपगाेग गरी उम्मेदवारी घाेषणा गरिरहेकाे भए पनि त्याे पार्टीकाे आधिकारिता नहुने उनले बताए ।
प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारीकाे सभाध्यक्षतामा भएकाे कार्यक्रममा काग्रेसका नव निर्वाचित सभापति लामाकाे प्रमुख आथित्यता रहेका थियाे । कार्यक्रममा कांग्रेस मकवानपुरका नव निर्वाचित पदाधिकारीहरुकाे उपस्थिती रहेकाे थियाे ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकम’bout सीमा ‘सिलिङ’ तोकेको छ ।
आयोगले शुक्रबार स्थानीय तहको निर्वाचनका सन्दर्भमा गरिएका काम र प्रगति’bout जानकारी दिन भन्दै डाकेको सर्वदलीय बैठकमा दलहरूलाई उम्मेदवारको खर्च सीमा’bout जानकारी दिएको हो । आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदै छ ।
आयोगका अनुसार स्थानीय तहअन्तर्गतको सबैभन्दा ठूलो निकाय महानगरपालिकाको प्रमुख वा उपप्रमुखका उम्मेदवारले बढीमा ७ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्ने पाउनेगरी सीमा तोकिएको छ ।
यसैगरी, उपमहानगरपालिकाका प्रमुख वा उपप्रमुखका उम्मेदवारले बढीमा ५ लाख ५० हजार र नगरपालिकाको प्रमुख वा उपप्रमुखको उम्मेदवारले बढीमा ४ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने सीमा तोकिएको छ ।
आयोगले गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्षले बढीमा ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउनेगरी सीमा तोकेको छ । त्यस्तै, महानगरका वडाध्यक्ष वा सदस्यका उम्मेदवारले बढीमा ३ लाख र उपमहानगरका वडाध्यक्ष वा सदस्यका उम्मेदवारले बढीमा २ लाख ५० हजार रुपैयाँ खर्च गर्न गर्न पाउनेगरी सीमा निर्धारण गरिएको छ ।
– ठूला दलको असन्तुष्टि
– महानगरको प्रमुखका उम्मेदवारले ७ लाख ५० हजारभन्दा खर्च गर्न नपाउने
– गाउँपालिका प्रमुखलाई ३ लाख ५० हजारको सीमा
यसैगरी, नगरपालिकाका वडाध्यक्ष वा सदस्यका उम्मेदवारले बढीमा २ लाख र गाउँपालिकाको वडाध्यक्ष वा सदस्यका उम्मेदवारले बढीमा १ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने व्यवस्था आयोगले गरेको छ ।
आयोगले २०७४ सालको निर्वाचन बराबर नै स्थानीय तहका उम्मेदवारका लागि खर्चको सीमा तोकेको हो । सो निर्वाचनमा पनि यही रकमलाई खर्चको सीमा मानिएको थियो ।
आयोगले जिल्ला समन्वय समितितर्फ उम्मेदवारको खर्चको सीमा भने २०७४ मा भन्दा परिवर्तन गरेको छ । नयाँ निर्धारित सीमाअनुसार जिसस प्रमुखको उम्मेदवारले ५० हजारसम्म र सदस्यको उम्मेदवारले २५ हजारसम्म खर्च गर्न पाउनेछन् ।
आयोगले तोकेको खर्चको सीमा’लाई ठूला राजनीतिक दलहरूले भने असन्तुष्टि जनाएका छन् । उनीहरूले आयोगले निर्धारण गरेको खर्चको सीमा अव्यावहारिक भएको बताएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र लोकतान्त्रिक समाजवादी पार्टीलगायतले आयोगले उम्मेदवारका लागि तोकेको खर्चको सीमा व्यावहारिक नभएको भन्दै असन्तुष्टि पोखेका हुन् । उनीहरूले हरेक हिसाबबाट अघिल्लो निर्वाचनकै सीमा तोक्नु जायज नभएको भन्दै आयोगलाई पुनर्विचार गर्न भनेका छन् ।
‘विगतभन्दा महँगी बढेको छ, हरेक विषयमा परिवर्तन छ, खर्च पनि त्यहीअनुसार गर्न सम्भव हुँदैन, हामीले आयोगलाई यस’bout पुनर्विचार गर्न भनेका छौं,’ नेपाली कांग्रेसका एक नेताले राजधानीसँग भने ।
बैठकमा लोसपा नेता केशव झाले तोक्नका लागि मात्रै खर्चको सीमा तोकिन नहुने भन्दै व्यावहारिकताअनुसार सीमा कायम हुनुपर्ने भन्दै असन्तुष्टि जनाएका थिए ।
उनले आयोगले खर्च’bout अनुगमन पनि नगर्ने र कारबाही पनि नगर्ने भन्दै सीमा तोक्दा पनि कायम हुनेगरी तोकिनुपर्ने धारणा राखेका थिए ।
‘निर्वाचन आयोगले सीमा तोकिदिने तर पर्याप्त अनुगमन नगर्ने र बढी खर्च गर्नेलाई कारबाही पनि नहुने अवस्था छ, अर्कोतिर खर्चको सीमा व्यावहारिक नहुँदा सबै उम्मेदवारले फर्जी भपाई पेस गर्नुपर्नेहुन्छ, खर्चको सीमालाई वैज्ञानिक र स्वाभाविक बनाउनुपर्छ,’ झाले बैठकमा धारणा राख्दै भनेका हुन् ।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिका रूपमा केशव रिजाल सहभागी थिए । यस्तै, नेकपा माओवादी केन्द्रकातर्फबाट मुक्ति प्रधान सहभागी थिए ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले खर्च सीमा’bout दलहरूबाट सुझाव आएकाले आयोगले थप छलफल गरेर निकास दिने बताए ।
‘उम्मेदवारका लागि तोकिएको खर्च सीमा’bout दलहरूको फरकफरक राय आएको छ, सो’bout छलफल गरेर निकास निकाल्छौं,’ आयोगका प्रवक्ता पौडेलले भने ।
बैठकमा साना दलहरूले भने खर्चको सीमा अझै घटाउनुपर्ने धारणा राखेका थिए । उनीहरूले सत्ता र शक्तिमा हुनेहरूले मनपरी खर्च गर्ने र पैसा नहुनेहरूले निर्वाचन लड्नै नसक्ने अवस्था बन्ने खतरा रहेको भन्दै खर्चको सीमा अझै घटाउनुपर्नेमा आयोगलाई सुझाएका हुन् ।
बैठकमा नेपाली जनता दलका अध्यक्ष हरिचरण साह, बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानलगायतले खर्चको सीमा अझ कम हुनुपर्ने धारणा राखेका थिए । राजधानी दैनिकबाट
पाेखरा । नेकपा एमालेनिकट पत्रकारको संस्था प्रेसचौतारी नेपालको नवौं महाधिवेशन पोखरामा जारी छ ।
महाधिवेशनको आज शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । दिनभर अधिवेशन उद्घाटन कार्यक्रम चलेपछि साझबाट बन्दसत्र सुरू भएको छ । बन्दसत्रमा चौतारीका महासचिव राजेश राई र कोषाध्यक्ष ईन्द्र आचार्यले प्रतिवेदन पेश गरेका छन् । समाचार तयार पार्दासम्म प्रतिवेदनमाथी टिप्पणी चलिरहेको छ । आज बन्दसत्रमा प्रतिवेदन पास गरेपछि भोलि शनिबार निर्वाचन प्रक्रियामा जाने कार्यतालिका रहेको छ ।
नयाँ नेतृत्वको लागि आकाक्षी धेरै
चौतारीको नयाँ नेतृत्वमा आउनको लागि महाधिवेशनमा ७ जना अध्यक्षमा दावी गर्ने आकांक्षी देखिएका छन् । यद्यपी सहमतिकै आधारमा कमिटी बनाउने तयारीमा पार्टी तथा संगठनका नेताहरू लागि परेका छन् ।
चौतारीको नेतृत्व हात पार्न अध्यक्षका आकांक्षीहरूले दौडधुप गरिरहेका छन् । हालका अध्यक्ष गणेश बस्नेत, वरिष्ठ उपाध्यक्ष माधव नेपाल, उपाध्यक्ष गणेश पाण्डे, टीका विष्ट, महासचिव राजेश राई, पूर्व अध्यक्ष प्रमोद दाहाल, चौतारी नेता दीपक पाण्डे अध्यक्षका लागि आकांक्षी देखिएका छन् ।
चाैतारीमा अध्यक्षसहित ४ उपाध्यक्ष, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना रहने प्रस्ताव गरिएको । केन्द्रीय समिति १ सय ५१ सदस्यीय रहने प्रस्ताव छ । केन्द्रीय कमिटीको संख्या अझै घटाउनेबारे पनि छलफल चलिरहेको छ ।
स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र विवाद बढेको छ ।
कांग्रेसको संस्थापन पक्ष आगामी तीनै तहका निर्वाचनमा सत्तारूढ गठबन्धन आबद्ध दलबीच चुनावी तालमेलको पक्षमा छ भने संस्थापन इतर पक्ष तालमेल गर्नै नहुने पक्षमा छ । कांग्रेसले आधिकारिक रूपमा निर्वाचनमा कसरी जाने भन्ने विषयमा भने बोलेको छैन ।
कांग्रेसभित्र १४औं महाधिवेशनपछि इतर पक्षको नेतृत्व गर्दै आएका डा. शेखर कोइरालाले कांग्रेस कसैलाई जिताउन स्थानीय तहको निर्वाचनमा तालमेल गर्न अघि सर्न नहुने बताउँदै आइरहेका छन् । उनकै आशयलाई कांग्रेस उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाले पनि साथ दिँदै आइरहेका छन् ।
तर, सभापति शेरबहादुर देउवाले भने तीनै तहको निर्वाचनमा सत्ताधारी दलबीच तालमेल हुने संकेत गरेका छन् । बिहीबार वीरगन्जमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले निर्वाचनमा गठबन्धनबीच तालमेल हुन्न भनेर कसैलाई नचिढ्याउन पार्टीका नेताकार्यकर्तालाई निर्देशन नै दिए ।
‘गठबन्धनका साथीहरूको सहयोगले म प्रधानमन्त्री भएको हुँ, कांग्रेस सरकारको नेतृत्वमा पुगेको हो, गठबन्धनका साथीहरूलाई बेवास्ता गर्न मिल्दैन, बोल्दा कसैलाई पनि नचिढ्याउँ,’ देउवाले सम्बोधनका क्रममा भने ।
सो क्रममा उनले केन्द्रदेखि स्थानीय तहसम्म गठबन्धन आबद्ध दलहरूबीच तालमेलका विषयमा छलफल हुने भन्दै वर्तमान निर्वाचन प्रणालीमा कुनै पार्टीले एक्लै बहुमत ल्याउन नसक्ने दाबी गरे ।
‘संविधानअनुसार कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन सक्दैन, कसै न कसैसँग मिल्नुपर्ने आवश्यकता छ, एक्लै लड्दा धेरै ठाउँमा हारेका थियौं, गठबन्धनबीच तालमेल भए केही ठाउँमा समस्या होला तर स्थानीय तहदेखि प्रदेश र केन्द्रमा पनि भोलि सरकार बनाउने हिसाबले अघि बढ्न सक्छौं,’ देउवाले भने ।
कांग्रेस नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासमेत आगामी निर्वाचनमा गठबन्धन आबद्ध दलबीच तालमेल हुनुपर्ने पक्षमा छन् । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिबाट आगामी निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने नगर्ने विषयमा निर्णय गर्ने कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको भनाइ छ ।
उनले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकारसम्मेलनमा बोल्दै कार्यसम्पादन समिति र केन्द्रीय समिति बैठकले तालमेल’bout निर्णय लिने भनेका थिए । राजधानी दैनिकबाट
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा १६ जना नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन् । मकवानपुरगढी ५ नम्बर वडाका वडा सदस्य सुकराम थिङ सहित उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिङ बुधबार कांग्रेसमा प्रवेश गरेका हुन् । उनी सहित पार्टी प्रवेश गर्नेलाई कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले खादा र टिका लगाएर पार्टीमा स्वागत गरेका छन् ।
कार्यक्रममा जिल्ला सदस्य कालु घलान, प्रतिनिधि सभा क्षेत्र २ को सचिव बलराम घिमिरे, पूर्व संघीय सभापति यतिराज सापकोटा, गाउँपालिका सभापति राजविर मुक्तान, वडा सभापति दिपेश दाहाल लगायतको सहभागिता रहेको थियो ।