मकवानपुर । प्रेस युनियन मकवानपुरले नेपाली कांग्रेसको स्थानीय निर्वाचन जागरण घोषणा सभा कार्यक्रमको पूर्वसन्ध्यामा शनिबार पत्रकार सम्मेलन गरेकाे छ । पार्टीकाे ‘घरघर जाउ, कांग्रेस जिताउ’ अभियानका बारेमा जानकारी दिन पत्रकार सम्मेलन गरिएकाे नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले बताए ।
नेपाली काग्रेसले फागुन २९ गते आइतबार देशका ७७ वटै जिल्लामा स्थानीय निर्वाचन जागरण घोषणा सभा आयाेजना गर्ने भएकाे छ । मकवानपुर जिल्लामा समेत आईतबार विहान ११ बजे स्थानीय निर्वाचन जागरण घोषणा सभा आयाेजना गरिने पत्रकार सम्मेलनमा लामाले जानकारी दिए ।
पत्रकार सम्मेलनमा सभापति लामाले स्थानीय निर्वाचन जागरण घोषणा सभा तथा घरघर जाउँ, कांग्रेस जिताउँ अभियानका बारेमा जानकारी गराएकाे थिए । कार्यक्रममा अध्यक्ष लामाले स्थानीय तहकाे आसन्न निर्वाचनकाे लागि मकवानपुरकाे सवै स्थानीय तहका १ सय २ वटै वडामा घरदैलाे मार्फत अभियान संचालन गरिने जानकारी दिए ।
गत चुनावमा कांग्रेसले जितेका स्थानीय तहमा भएका काम तथा हुन नसकेका हालसम्म काम सम्बन्धमा स्थानीयसँग जानकारी दिने तथा अन्य पार्टीले जितेका स्थानीय तहमा उनीहरुले गरेका काम, जनतालाई आश्वासन मात्र बाढिएकाे दुख पाएका लगायतका विषयमा ‘घरघर जाउँ, कांग्रेस जिताउँ’ अभियान संचालन हुने लामाले बताए ।
‘यस अघीकाे चुनावमा पार्टीले प्रायः स्थानीय तहमा थाेरै मतकाे कारण पराजय भाेग्नु परेकाेले छ’ लामाले भने– बैशाख ३० गते हुने स्थानीय तहकाे चुनावमा कांग्रेसलाई जीताउने गरी अभियान वडा वडा लैजाने छाै ।’ मतदाता शिक्षाकाे कमीकाे कारण धेरै मत बदर भएकाे तथा आफ्नाे पार्टीका उम्मेदवार झिनाे मतान्तरकाे कारण पराजय हुनु परेकाेले मतदाता शिक्षा समेतसँगै लैजाने सभापति लामाले बताए ।
अभियानले चुनावमा उम्मेदवार हुने व्यक्तिहरुकाे समेत जनताका वीच लाेकप्रीयताकाे मत सर्वेक्षण गरिने र साेही अनुसार उम्मेदवारकाे लागि नामावली तयार पारिने लामाले बताए । जनता माझ लाेकप्रीय नेतालाई अवकाे स्थानीय तह चुनावमा उम्मेदवारी बनाउने उनले जानकारी दिए । ‘अहिले व्यक्तिगत उम्मेदवारी घाेषणा गर्ने प्रवृत्ति देखिएकाे छ’ उनले भने–‘पार्टी विधि विधान अनुसार चल्ने भएकाेले पार्टीको नीति अनुसार नेता चल्नुपर्छ । आफूलाई केन्द्रविन्दुमा राखेर घोषणा गर्नुहुँदैन ।’ केन्द्रीय नीतिकाे आधारमा अघी बढ्छाै’ उनले भने । व्यक्तिले व्यक्तिगत स्वतन्त्रताकाे उपगाेग गरी उम्मेदवारी घाेषणा गरिरहेकाे भए पनि त्याे पार्टीकाे आधिकारिता नहुने उनले बताए ।
प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारीकाे सभाध्यक्षतामा भएकाे कार्यक्रममा काग्रेसका नव निर्वाचित सभापति लामाकाे प्रमुख आथित्यता रहेका थियाे । कार्यक्रममा कांग्रेस मकवानपुरका नव निर्वाचित पदाधिकारीहरुकाे उपस्थिती रहेकाे थियाे ।

