मकवानपुर । आसन्न प्रदेश सभा निर्वाचनको लागि नेकपा एमाले मकवानपुरका २३ जनाको नाम सिफारीस गरेको छ । जिल्लाको चार क्षेत्रको लागि २२ जनाको नाम सिफरीस गरेको हो ।
मकवानपुरको प्रतिनिधिसभा क्षेत्र १ नं क्षेत्रको प्रदेशसभा क बाट अणराज जर्गामगर, राजकुमार तिमल्सिना, दिलबहादुर घिसिङ्ग, कृष्णप्रसाद चालागाई, कमल विष्ट, नारायण सापकोटा, दिपक न्यौपाने , सीता बिष्ट सिफारीस भएका छन् ।
यसैगरी प्रदेशसभा ख बाट रघुनाथ खुलाल, श्रीधर पोखरेल, एकलाल श्रेष्ठ, भोजराज ढकाल, सम्राट तुम्बाहाम्फे, धुव्रप्रसाद चौलागाई, आरती पाठक, कुमार केसीको नाम सिफरीस भएको जिल्ला कमिटी सचिव नविन सिग्देलले बताए ।
यसैगरी प्रतिनिधिसभा २ नं क्षेत्रको प्रदेशसभा क को लागि बलराम बल, विष्णु ढकाल र चमेली बलको नाम सिफारीस भएको छ । प्रदेशसभा ख को लागि भने लालबहादुर थापा, सुरेन्द्र पाठक, श्यामप्रसाद ढकाल र पम्फा रोक्का सिफारिस गरिएको सिग्देलले बताए ।
चारै प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठक बसी केन्द्रीय, प्रदेश र जिल्ला कमिटीको परिपत्र अनुसार उम्मेद्वार सिफारिस गरिएको नेकपा एमाले जिल्ला कमिटीका सचिव सिग्देलले बताए ।
प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले गरेको सिफारिसमा भाद्र १९ गते बस्ने जिल्ला सचिवालय र भाद्र २० गते बस्ने जिल्ला कमिटी बैठकले थप सुझाव सहित केन्द्रीय र प्रदेश कमिटी मार्फत केन्द्रीय कमिटीमा पठाईने छ ।
एमालले मकवानपुरले आज एकैदिन चारै प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको छुट्टाछुट्टै बसेको बैठकले नाम टुङ्ग्याएको हो ।
बैठकमा केन्द्रीय कमिटीका सदस्य तथा जिल्ला ईन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, जुनेली श्रेष्ठ, भारती पाठक, केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेल, केन्द्रीय निर्वाचन विभागका सदस्य अनन्त पौडेल, प्रदेश कमिटी उपसचिव महेश बर्तौला, प्रदेश कमिटीका सदस्यहरू, जिल्ला पदाधिकारीहरूले सहजिकरण गरेका थिए ।
मकवानपुर । नेपाली काँग्रेस निकट पत्रकारहरुको संगठन प्रेस युनियनलाई हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराउन लागेको अनुदानको विरोधमा राप्रपा मकवानपुर उत्रेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले हेटौँडा उपमहानगरपालिकाले नेपाली कांग्रेस निकट प्रेस युनियनलाई १० लाख रुपैँया दिने निर्णय गरेको बिरोध गरेको हो ।
राप्रपाले हेटौंडामा र्याली सहित उपमहानगरपालिकाको कार्यालय परिसरमा कोणसभाको गरेको छ । जनताको रगत पसिनाले तिरेको करबाट उपमहानगरपालिकाले एउटा पार्टीलाई रकम दिनु भ्रष्टाचार भएको भन्दै बिरोध गरिएको पार्टीका युवा नेता जयराम तिमल्सिनाले बताए ।
जनताको करबाट विकास निर्माणका खर्च गर्नुपर्नेमा कुनै पार्टीको भातृ संगठनको अधिवेशनलाई खर्च दिनु गैरजिम्मेवार काम भएको भन्दै आफूहरुले बिरोध गरेको उनले बताए । “उपमहानगरले कति वटा पार्टीका पत्रकारलाई यसरी पाल्ने यो सही हो र ?” उनले भने “यो निर्णय फिर्ता होस भन्ने हाम्रो माग हो ।”
कोणसभा कार्यक्रममा बोल्दै राप्रपा मकवानपुरका उपाध्यक्ष सागर थापाले गत स्थानीय निर्वाचनमा राप्रपाका उम्मेद्वार दिपकबहादुर सिंहलाई विजय गराईदिएको भए दुर्गति बेहोर्न नपर्ने टिप्पणी गरे । राप्रपा सधै भ्रष्टचारको खिलापमा रहेको उनको भनाई थियो । कोणसभामा बोल्दै राप्रपा मकवानपुरका सहसचिव लक्ष्मण सापकोटाले भ्रष्टचार विरुद्ध राप्रपा आगो भएर उत्रने बताए ।
प्रेस युनियनको गत साउन ६ र ७ गते हेटौँडामा भएको ९ औँ राष्ट्रिय महाधिवेशनको खर्च व्यहोर्ने गरी १० लाख रुपैँया उपलब्ध गराउने निर्णय कार्यपालिकाको बैठकले भदौ १५ गते गरेको थियो ।
राप्रपाका कार्यकर्ताहरुले भ्रस्टाचारि सरकार मुर्दाबाद, जनताको कर मोज नगर, सुचना को हक सुनिश्चित गर, राष्ट्रिय प्रजातन्त्र पार्टी जिन्दावादलगायतको नारा लगाएका थिए ।
मकवानपुर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी एमालेले आज मकवानपुर जिल्लाबाट हुने उम्मेदवारको सिफारिस टुङ्ग्याउने भएको छ ।
प्रदेशसभामा मकवानपुरका चार निर्वाचन क्षेत्रबाट उम्मेदवार हुनको लागि पार्टीले सिफारिस गर्न लागेको छ । “चार वटै निर्वाचन क्षेत्रमा को को सिफारिस हुने भन्ने बैठकले आजै टुङ्गो लगाउने छ” पार्टी अध्यक्ष एकालाल श्रेष्ठले बताए ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने कार्यतालिका अनुसार आज बैठक बसेर पहिलो चरणबाट सिफारिस गर्न लागिएको हो । आजको बैठकबाट सकेसम्म सर्बसम्वत रुपमा उम्मेदवार सिफारिस गर्ने तयारी गरिएको नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रेष्ठले बताए ।
मकवानपुर क्षेत्र नम्बर–१ को ‘क’, ‘ख’ र क्षेत्र नम्बर–२ को ‘क’ को उम्मेदवार सिफारिस गर्नका लागि अहिले पार्टी कार्यालयमा बैठक बसिरहेको छ । क्षेत्र नम्बर–२ को ‘ख’ को बैठक भने मनहरी गाउँपालिकाको रजैयामा बसेको छ ।
क्षेत्रबाट सिफारिस भएकालाई जिल्लाले फेरी बैठक बसेर उम्मेदवार थपघट गरेर पनि सिफारिस गर्न सक्ने प्रावधान समेत रहेको अध्यक्ष श्रेष्ठले बताए ।
सत्तारूढ पाँच दलीय गठबन्धनभित्र आगामी निर्वाचनका लागि सिटको बाँडफाँट’मा छलफल चल्दै गर्दा सत्तारूढ नेपाली कांगेसका नेता डा. शेखर कोइरालाले प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।
४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको गठबन्धनभित्र सिट बाँडफाँटमा सकस परेकै बेला सत्तारूढ कांग्रेसका नेता कोइरालाले ओलीलाई भेटनुलाई अर्थपूर्ण रूपमा विश्लेषण भइरहेको छ ।
एमाले अध्यक्ष ओली निवास बालकोटमा दुवै नेताबीच बिहीबार ‘वान टु वान’ छलफल भएको हो । ओली र कोइराला दुवैका सचिवालयले भेटघाट भएको र आगामी निर्वाचनसहित पछिल्लो राजनीतिक अवस्था’bout छलफल भएको स्वीकार गरेका छन् । तर, भेट’बारे विस्तृत कुरा खुलाएका छैनन् ।
ओलीको सचिवालयले दुवै नेताबीच करिब २ घण्टा छलफल भएको जनाएको छ । ‘दुवै नेताबीच ‘वान टु वान’ छलफल भएको छ । उता गठबन्धनमा भइरहेको सिट बाँडफाँट र कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र पेल्न थालेको गुनासो उहाँ (कोइराल)ले गर्नुभएको छ, योभन्दा बढी कुरा त उहाँहरूलाई नै थाहा होला’ ओलीको सचिवालयले भन्यो ।
कांग्रेसको १४औं महाधिवेशनमा देउवासँग पार्टी सभापतिमा पराजित कोइराला पछिल्लो समय पार्टीभित्रै पेलानमा परेका छन् । पाँच दलीय गठबन्धनभित्र सिटबाँडफाँट गरेर देउवाले कोइराला समूहलाई टिकटमै बन्देज लगाउने संकेत पाएपछि उनले आगामी दिनमा हुन सक्ने आन्तरिक सहकार्य’मा छलफल गरेको विश्लेषण भइरहेको छ ।
शेरबहादुर देउवाले पेल्दै गएको गुनासो गरेका डा. शेखर कोइरालालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आन्तरिक सहकार्यको आश्वासन दिएका छन्
कोइराला समूहले आगामी निर्वाचनमा आफूहरूलाई ४० प्रतिशत सिट दिनुपर्नेभन्दै देउवामाथि दबाब बढाएका छन् । साथै गठबन्धनभित्र १ सय सिटभन्दा कम कांग्रेसले लिनुहँुदैन भन्ने अडान लिँदै आएको छ । तर, देउवा समूहले गठबन्धनभित्र सय सिटभन्दा कम सिट लिने र कोइराला समूहलाई टिकट दिनुपर्ने ठाउँमा गठबन्धनको नाममा अरू दललाई दिएर पेल्न खोजेको बुझाइ कोइराला समूहको छ ।
बिहीबार नै प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनको छलफलमा कांग्रेस ८५ सिट आफू लिएर बाँकी अन्य दललाई दिन तयार भएको छ । गठबन्धनको कार्यदलमा रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले समेत ८५ देखि ९० सिटको वरिपरिमा सहमति हुन सक्ने बताउँदै आएका छन् । तर, कार्यदलमै रहेका कांग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक रूपमै सय सिटभन्दा कममा कांग्रेसले सहमति नगर्ने दाबी गर्दै आएका छन् ।
पार्टी सभापति देउवाले आफूहरूलाई मागे जति सिट नदिए आगामी निर्वाचनमा चाल्न सक्ने कदम’मा समेत दुई नेताबीच छलफल भएको चर्चा भइरहेको छ ।
सो छलफलमा ओलीले आगामी दिनमा आफूहरूको छुट्टै सहकार्य हुन सक्ने आश्वास कोइरालालाई दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलाई देउवाले आफूसँग लिएर अगाडि बढ्न नहुने बताउँदै ओलीले आउने दिनेमा आफूबाट आवश्यक सहयोग गर्ने वचन कोइरालालाई दिएको बताइएको छ । राजधानी दैनिकबाट
मकवानपुर । आगामी मंशिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा मकवानपुरकाे प्रतिनिधिसभा क्षेत्र १ प्रलेशसभा क बाट नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेकाे छ । मकवानपुर १ का संघीय सभापति दामोदर खनाल प्रदेश सांसद उम्मेदवारका लागि प्रत्यक्षतर्फ सिफारिस भएका छन् ।
कांग्रेस मकवानपुर–१ (क) को प्रदेश कार्यसमितिकाे विहीबारकाे बैठकले खनालसहित ३ जनाको नाम प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारकाे सिफारिस गरेको हो । खनालसहित, भूमिनन्द गौतम र मिठाराम दाहाललाई प्रदेशसभाको प्रत्यक्षतर्फ सिफारिस गरेको छ । खनाल २०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा वकैया गाउँपालिकाकाे अध्यक्षमा विजयी भएका थिए । गौतम काँग्रेस प्रदेश कार्यसमिति सचिव हुन् भने दाहाल महाधिबेशन प्रतिनिधि रहेका छन् ।
यसैगरी, प्रदेश कार्यसमितिकाे बैठकले मकवानपुर–१ (क) बाट समानुपातिक तर्फको प्रदेशसभा उम्मेदवारका लागि १५ जनाकाे नाम सिफारिस गरेकाे छ । समानुपातिक तर्फ रामशरण माझी, शुसान्त श्रेष्ठ, शेरबहादुर भोलन, भक्तबहादुर राई, ताराचन्द्र बजगाई, तुलसीराम लामिछाने, रामबाबु बानियाँ, मोहन प्रसाद ढकाल, तेजप्रसाद घिमिरे, अनिल बिक, शेरबहादुर घलान र मान बहादुर पाटालाई सिफरिस गरेकाे प्रदेश सभापति सुशान्त श्रेष्ठले जानकारी दिए । यस्तै बैठकले समानुपातिक तर्फको महिला कोटामा उर्मिला पुलामी, भानुमाया ठाडा र सुनिता राईलाई सिफारिस गरेको श्रेष्ठले बताए ।