मकवानपुर । आगामी मंशिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा मकवानपुरकाे प्रतिनिधिसभा क्षेत्र १ प्रलेशसभा क बाट नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेकाे छ । मकवानपुर १ का संघीय सभापति दामोदर खनाल प्रदेश सांसद उम्मेदवारका लागि प्रत्यक्षतर्फ सिफारिस भएका छन् ।
कांग्रेस मकवानपुर–१ (क) को प्रदेश कार्यसमितिकाे विहीबारकाे बैठकले खनालसहित ३ जनाको नाम प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारकाे सिफारिस गरेको हो । खनालसहित, भूमिनन्द गौतम र मिठाराम दाहाललाई प्रदेशसभाको प्रत्यक्षतर्फ सिफारिस गरेको छ । खनाल २०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा वकैया गाउँपालिकाकाे अध्यक्षमा विजयी भएका थिए । गौतम काँग्रेस प्रदेश कार्यसमिति सचिव हुन् भने दाहाल महाधिबेशन प्रतिनिधि रहेका छन् ।
यसैगरी, प्रदेश कार्यसमितिकाे बैठकले मकवानपुर–१ (क) बाट समानुपातिक तर्फको प्रदेशसभा उम्मेदवारका लागि १५ जनाकाे नाम सिफारिस गरेकाे छ । समानुपातिक तर्फ रामशरण माझी, शुसान्त श्रेष्ठ, शेरबहादुर भोलन, भक्तबहादुर राई, ताराचन्द्र बजगाई, तुलसीराम लामिछाने, रामबाबु बानियाँ, मोहन प्रसाद ढकाल, तेजप्रसाद घिमिरे, अनिल बिक, शेरबहादुर घलान र मान बहादुर पाटालाई सिफरिस गरेकाे प्रदेश सभापति सुशान्त श्रेष्ठले जानकारी दिए । यस्तै बैठकले समानुपातिक तर्फको महिला कोटामा उर्मिला पुलामी, भानुमाया ठाडा र सुनिता राईलाई सिफारिस गरेको श्रेष्ठले बताए ।

