मकवानपुर । मकवानपुर क्षेत्र २ प्रदेश सभा २ बाट निर्वाचित ईन्द्रबहादुर बानियाले जीत घाेषणा पछी विजय जुलुस निकालेनन् । मकवानपुरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य २ जना तथा प्रदेशसभा सदस्य ३ जनाले जीतकाे घाेषणा पछि विजयी जुलुस निकाले पनि नेपाली काँग्रेस प्रदेश सभापति बानियाले भने पत्रकार सम्मेलन आयाेजना गरे ।
विजय पश्चात विहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै नेता बानियाँले भने न्यायमुखी, सेवामुखी र जनतामुखी भएर काम गर्नाले जीत हासिल भएकाे बताए । सत्ता गठबन्धनप्रति सम्मान व्यक्त गर्दै बानियाले आस्था र विश्वासगरी मतदान गरेका जनताप्रति आफू पाँच वर्ष सेवामै तल्लीन हुने बताए ।
बानियाँ निर्वाचित भएकाे क्षेत्र राक्सिराङ्ग कैलाश र मनहरी गाउँपालिका चेपाङ जातीकाे बसाेबास बाहुल्य क्षेत्र रहेकाे छ । उनले ती समूदाय प्रति लक्षित गर्दै भने ‘चेपाङ समुदाय भगवान हुन घरदैलोमा नपुग्दा पनि आफूलाई मतदान गर्नुभएकाेले विजयी भएको छु ।’ जब सम्म जनताको सेवा गरी जनताको काम गर्दै जनतामा खुसी ल्याउँछु जनताको काममा सफलतामा पुग्छु अनी मात्रै आफूले विजयी जुलुस निकाल्ने उनले बताए ।
कांग्रेसकै उम्मेदवार किन पारिजत भए भन्ने सञ्चारकर्मीको प्रश्नमा नेता बानियाँले भने ‘जनताले व्यवस्था फेर्न सक्छन्, मन परिवर्तन गर्न सक्छन्, जनता मनको परिवर्तनको बहाक हुन् ।’ उनले गठबन्धन हुँदा पनि सिद्धान्त फरक हुने भएकाेले त्यसलाई व्यवस्थापन गर्न नसक्नु हाम्रो कमजोरी रहेको समेत बताए ।
लोकतान्त्रिक प्रतिस्पर्धामा उत्रिनु भएका प्रतिस्पर्धीलाई उनले धन्यवाद दिएका छन् । नेता बानियाँले आफू प्रदेशको सभापति भएको नाताले प्रदेशका केही स्थानहरुमा गठबन्धनका उम्मेदवारहरु पराजित हुनुमा हाम्रो गठबन्धनको कमजोरी रहेको समेत स्वीकार गरेका छन् ।
पत्रकार सम्मेलनमा उनले प्रदेशभित्र ३५ सय पर्ने गरि स्वास्थ्य विमा कार्यक्रम, आर्थिक कमजोरीहरुको लागि १० हजार घर निर्माण, १२ सम्म गरिब, जेहेन्दार विद्यार्थीलाई निशुल्क पठाउने, प्रदेश राजधानी हेटौंडामा एयरपोर्ट बनाउने, जनताप्रति सेवाभावका साथ काम गर्ने लगायत प्रतिवद्धता समेत गरेका छन् ।
बाँनिया बाहेक काँग्रेसका कसैले पनि मकवानपुरमा जीत हासिल गर्न सकेका छैनन् । बामपन्थीहरुकाे गढ मानिएकाे मकवानपुरमा काँग्रेसकाे विउ राेपेका बानियाकाे याे तेस्राे जीत हाे । उनले २०७० सालकाे संविधान सभामा मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गरेका थिए । २०७४ सालकाे प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मकवानपुर २ काे २ बाटै निर्वाचित उनी मुख्यमन्त्रीकाे दाबेदार समेत बनेका थिए । सत्तागठबन्धन कायम रहे र बागमती प्रदेश सभामा गठबन्धनकाे सरकार बन्ने निश्चित भए उनलाई मुख्यमन्त्रीकाे दाबेदारकाे रुपमा हेरिएकाे छ ।
मकवानपुर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनपछि देशभरमा जस्तै बागमती प्रदेशको १३ जिल्लामा पनि अहिले मतगणना कार्य जारी छ । यहाको १३ जिल्लाको ३३ प्रतिनिधि सभा र ६६ प्रदेश सभा अन्तरगत प्रतिनिधि सभामा २१ सिटको अन्तिम टुङ्गो लागेको छ । जसमा सबैभन्दा ठुलो पार्टीको रुपमा काँग्रेस अग्र स्थानमा छ । भने दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ ।
नेपाली काँग्रेस ९ सिट
काठमाडौं क्षेत्र १ प्रकाशमान सिंह
काठमाडौं क्षेत्र ३ सन्तोष चालिसे
काठमाडौं क्षेत्र ४ गगन थापा
काठमाडौं क्षेत्र ५ प्रदीप पौडेल
काठमाडौं क्षेत्र १० राजेन्द्र कुमार केसी
ललितपुर क्षेत्र १ उदय समशेर राणा
रसुवा क्षेत्र १ मोहन आचार्य
भक्तपुर क्षेत्र २ दुर्लभ थापा
सिन्धुली क्षेत्र १ श्यामकुमार घिमिरे
राष्ट्रिय स्वतन्त्र पार्टी ६ सिट
काठमाण्डौ क्षेत्र २ सोबिता गौतम
काठमाण्डौ क्षेत्र ६ शिशिर खनाल
काठमाण्डौ क्षेत्र ७ गणेश पराजुली
काठमाण्डौ क्षेत्र ८ विश्वभक्त श्रेष्ठ
ललितपुर क्षेत्र ३ तेषिमा कार्की
चितवन क्षेत्र १ रवि लामिछाने
नेपाल कम्युनिष्ट पार्टी एमाले ३ सिट
ललितपुर क्षेत्र २ प्रेमलाल महर्जन
काठमाण्डौ क्षेत्र ९ कृष्णगोपाल श्रेष्ठ
मकवानपुर २ महेश बर्तौला
मओवादी केन्द्र २ सिट
सिन्धुली क्षेत्र २ लेखनाथ दाहाल
सिन्धुपाल्चोक १ माधव सापकोटा
नेपाल मजदुर किसान पार्टी १ सिट
भक्तपुर क्षेत्र १ प्रेम सुवाल
प्रतिनिधि सभातर्फमा बाँकी सिटमा मत गणना हुँदै गर्दाको अग्रता यस्तो छ
नेपाली काँग्रेस ३ स्थानमा
एमाले ३ स्थानमा
राष्ट्रिय स्वतन्त्र पाटी २ स्थानमा
एकिकृत समाजवादी १ स्थानमा
राप्रपा १ स्थानमा अगाडी छ ।
यसैगरी प्रदेशको प्रदेश सभातर्फका ६६ सिटमा हालसम्म १७ स्थानमा अन्तिम मतगाणना भइसकेको छ ।
जसमा नेपाली काँग्रेस माओवादी केन्द्र समान अंकका साथ पहिलाे स्थानमा छन ।
नेपाली काँग्रेस ७ सिट
काठमाण्डौ ३ को १, छिरीङ दोर्जे लामा
रसुवा १ को १, प्रभात तामाङ
सिन्धुपाल्चोक १ को १ मसिना खड्का
ललितपुर २ को २ रामकृष्ण चित्रकार
मकवानपुर २ को २ इन्द्रबहादुर बानियाँ
सिन्धुली २ को १ क्षेत्र बहादुर बम्जन
सिन्धुली १ को २ रामकुमार पहाडी
माओवादी केन्द्र ७ सिट
रसुवा १ को २, इन्द्रप्रसाद गोतामे
मकवानपुर २ को १ कुमारी मुक्तान
मकवानपुर १ को १ प्रेम बहादुर पुलामी
सिन्धुपाल्चोक १ को २ सरल सहयात्री
सिन्धुपाल्चोक २ को १ युवराज दुलाल
सिन्धुली २ को २ गंगानारयण श्रेष्ठ
सिन्धुली १ को १ मातृका प्रसाद भट्टराइ
नेपाल कम्युनिष्ट पार्टी एमाले २ सिट
ललितपुर २ को १, रामेश्वर श्रेष्ठ
मकवानपुर १ को २ एकालाल श्रेठ
हाम्रो नेपाली पार्टी १ सिट
काठमाण्डौ ८ को १, शैलेन्द्र बज्रचार्य
मकवानपुर । मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र १ अन्तरगत प्रदेश सभा १ मा माओवादीले जित हासिल गरेको छ ।
लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी एमालेका कमल विष्टलाई पराजित गर्दै विजयी भएका हुन् ।
युवा नेता पुलामीले ४ हजार २८७ मत मतान्तरमा नेकपा एमालेका उम्मेदवार कमल विष्टलाई पराजित गरेका हुन् । पुलामीले १९ हजार ७ सय १९ मत पाउँदा प्रतिस्पर्धी नेकपा एमालेका कमल विष्टले १५ हजार ४३३ मत प्राप्त गरेका थिए ।
पुलामी यसअघि पनि बागमती प्रदेश सभाका सदस्य हुन् । कुल ४६ हजार २३० मत खसेको मकवानपुर १ को १ मा १ हजार ६६३ मत बदर भएको थियो ।
मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र १ अन्तरगत प्रदेश सभा २ मा नेकपा एमालेले जित हासिल गरेको छ ।
एमालेका उम्मेदवार एकालाल श्रेष्ठले सत्ता गठबन्धनका उम्मेवार नेपाली काँग्रेसमा नेता आनन्दाराम पराजुलीलाई पराजित गरेका छन् । श्रेष्ठ १४ हजार २२५ मत सहित विजयी भएका हुन् । श्रेष्ठ नेकपा एमाले मकावानपुरका अध्यक्ष समेत हुन् ।
बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबेदार रहेका युवा नेता एकालाले ८७१ मतान्तरमा पराजुलीलाई पराजित गरेका हुन् । पराजुलीले जम्मा १३ हजार ३५४ मत प्राप्त गरे । यस क्षत्रमा प्रतिष्पर्धामा उत्रेका राष्ट्रिय प्रजातन्त्र पार्टीका गुञ्जन न्यौपानेले १२ हजार ५७७ मत प्राप्त गरे । कुल ४३ हजार ३५६ मत खसेको मकवानपुर १ को २ मा १ हजार ५०४ मत बदर भएको थियो ।
मकवानपुर । मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र २ अन्तरगत प्रदेश सभा २ मा सत्ता गठबन्धन विजयी भएको छ ।गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली काँग्रेसका नेता इन्द्रबहादुर बानियाँले नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई पराजित गरेका हुन् ।
बानियाँले १ हजार ७८२ मतान्तरमा एमालेका उम्मेदवार थापालाई पराजित गराएका हुन् । बानियाँले १८ हजार ७१७ मत ल्याउँदा थापाले १६ हजार ९३५ मत ल्याएका थिए । नेपाली काँग्रेस बागमती प्रदेश सभापति रहेका बानियाँ यसअघि पनि बागमती प्रदेशका सांसद हुन् ।
निर्वाचन कार्यालयले आधिकारी घोषणा गर्न बाकी रहे पनि गणना सकिएको कारण गणना स्थलमा समर्थकहरुले विजय जुलुस सुरु गरी सकेका छन् । यहाँ कुल ४० हजार ५९९ मत खसेको थियो । १३० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।