मकवानपुर । मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र २ अन्तरगत प्रदेश सभा २ मा सत्ता गठबन्धन विजयी भएको छ ।गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली काँग्रेसका नेता इन्द्रबहादुर बानियाँले नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई पराजित गरेका हुन् ।
बानियाँले १ हजार ७८२ मतान्तरमा एमालेका उम्मेदवार थापालाई पराजित गराएका हुन् । बानियाँले १८ हजार ७१७ मत ल्याउँदा थापाले १६ हजार ९३५ मत ल्याएका थिए । नेपाली काँग्रेस बागमती प्रदेश सभापति रहेका बानियाँ यसअघि पनि बागमती प्रदेशका सांसद हुन् ।
निर्वाचन कार्यालयले आधिकारी घोषणा गर्न बाकी रहे पनि गणना सकिएको कारण गणना स्थलमा समर्थकहरुले विजय जुलुस सुरु गरी सकेका छन् । यहाँ कुल ४० हजार ५९९ मत खसेको थियो । १३० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

