मकवानपुर । हेटौंडा ७ नागस्वतीमा जारी भेट्रान्स कप फूटबल खेलमा आयोजक नागस्वति भेट्रान्स बि फाइनल प्रवेश गरेको छ ।
आज बिहान भएको सेमिफाइनल खेलमा बगरभाइ भेट्रान्स पोखरालाई शुन्यका विरुद्ध २ गोल गर्दै आयोजक नागस्वती भेट्रान्स फाइनल प्रबेश गर्न सफल भएको हो ।
नागस्वती भेट्रान्सको तर्फबाट जर्सी नम्बर १० का बिर्कण श्रेष्ठले खेलको ५ औ र १३ औ मिनेटमा गोल गरेका थिए । श्रेष्ठले गरेको २ गोलनै निर्णायक भएको थियो । खेलको म्यान अफ द म्याच पनि बिकर्ण श्रेष्ठ घोषित भएका थिए ।
हिजो हुने भनिएको सेमिफाइनल खेल बर्षातको कारण स्थगित भएको थियोे । एट ए साइड फुटबल प्रतियोगिताको फाईनल खेल आज बुधबार अपरान्ह ३ बजे हुने अध्यक्ष नागस्वती कलबका अध्यक्ष तितुङ्ले बताए ।
फाईनलमा ठमेल चियापप र आयोजक नागस्वती भेट्रान्स बिच खेल हुने भएको छ । फाईनल खेल बुधबार आजै अपरान्ह ३ बजे हुने आयोजकले जनाएको छ ।
खेलमा विधागत नगद पुरस्कार तथा खेल अवधिभर उत्कृष्ठ खेल्ने एकजना खेलाडीलाई ५० हजार नगद पुरस्कार रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा देशभरका ४० वर्ष माथी उमेर समूहका पुर्व राष्ट्रिय खेलाडीहरुको १७ समुहको सहभागिता रहेको थियो ।
प्रतियोगितामा विजेतालाई २ लाख १ हजार र उपविजेतालाई एक लाख १ हजार नगद सहित शिल्ड पुरस्कार रहेको अध्यक्ष सोमबहादुर तितुङले बताए । विजयीलाई आजै पुरस्कार र रनिङ शिल्ड प्रदान गरिने छ ।
मकवानपुर । आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । पोखरामा हुने प्रतियोगिताको लागि मकवानपुरका १२ जना खेलाडी छनौट भएका छन् । बागमती प्रदेश सरकारले छनौट गरेको ३ विधाका खेलमा मकवानपुरका १२ खेलाडी छनौट भएका हुन ।
जिल्ला खेलकुद विकास समिति मकवानपुरका अनुसार, प्रदेश क्रिकेट टिमको अन्तिम १४ मा मकवानपुरका ३ जना खेलाडी छनौट भएका छन् । छनौट हुनेमा रामनरेश गिरी, सुमन सुनार र शुभ कंशाकार रहेका छन् । प्रदेश क्रिकेट टिमको अन्तिम १८ को वैकल्पिकमा मकवानपुरकै रिजन ढकाल, गौरव खड्का र तक्षक सिम्खडा अटाएका छन् ।
यसैगरी, जुडोतर्फ अस्मिता गोले र सलिसा गोले नवौं राष्ट्रिय खेलकुदका लागि छनौट भएका छन् । उसुतर्फ वास्ताकुमारी पाख्रिन, प्रविण दोङ, आशीष लामा र साजन थिङ नवौं राष्ट्रिय खेलकुदका लागि छनौट भएका समितिले जानकारी दिएको छ ।
अन्य विधा तर्फकाे खेलाडी छनाैट अन्तिम चरणमा रहेकाे बताइएकाे छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा जारी नागस्वती राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितामा ठमेल चियापप भेट्रान्स फाइनलमा प्रवेश गरेको छ ।
हेटौंडा–७ नागस्वतीमा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा जोरपाटी भेट्रान्सलाई १–० गोलले पराजित गर्दै ठमेल भेट्रान्स फाइनलमा प्रवेश गरेको हो ।
ठमेल भेट्रान्सको लागि विजय गुरुङले गरेको पहिलो गोल नै जित दिलाउन निर्णायक भयो । गुरुङ म्याच अफ द म्याच घोषित भए । ठमेल भेट्रान्स अब बुधबार दिउँसो हुने फाइनल खेलमा आयोजक नागस्वती भेट्रान्स र पोखराको बगरभाई खलक बीचको विजेतासँग खेल्नेछ ।
मंगलबार भएको क्वाटरफाइनलको अन्तिम खेलमा कोटेश्वर भेट्रान्सलाई ३–१ गोलअन्तरले पराजित गर्दै आयोजक नागस्वती भेट्रान्स सेमिफाइनल प्रवेश गरेको हो । यस्तै थापागाउँ भेट्रान्सलाई पराजित गर्दै बगरभाई खलक सेमिफाइनलमा प्रवेश गरेको हो ।
नागस्वती र बगरभाई बीचको सेमिफाइनल खेल मंगलबार नै हुने कार्यतालिका रहे पनि पानी परेको कारण स्थगित भएको र खेल बुधबार बिहान हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल बुधबार दिउँसो हुने जनाइएको छ । प्रतियोगिताको विजेता टिमले नगद २ लाख १ हजार रुपैयाँ र उपविजेताले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
मकवानपुर । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका ७ मा रहेको नागस्वती भेट्रान्स क्लबको आयोजनामा आज भएको खेलमा हेटौडा, अभिषेकचर्चा, कोटेश्वर र ठमेल चियापप बिजयी भएका छन् ।
प्रतियोगिताको आइतबार दिउँसो भएको खेलमा काल भैरव भेट्रान्स हेटौडाले अभिषेकचर्च भेट्रान्स नवलपरासीसंग हार बिहोर्नु परेको छ । खेलमा अभिषेकचर्च भेट्रान्सका तर्फबाट जर्सी नम्बर १० का मनोज लामाले खेलको २६ औ मिनेटमा गोल गरेका थिए भने खेलको २९ औ मिनेटमा जर्सी नम्बर १५ का तोयाराम भुजेलले गोल थप्दै टिमलाई अग्रता बनाएका थिए ।
खेलमा कालभैरब २ ० फरकमा हार बिहोर्न बाध्य भएको थियो । यो खेलको म्यान अफ द म्याच अभिषेकचर्च भेट्रान्सका तोयाराम भुजेल हुन सफल भएका थिए । यस्तै आजको तेश्रो खेलमा भने कोटेश्वर ११ भेट्रान्स र सिमरा भेट्रान्स बीच निकै रोमान्चक खेल भएको थियो । खेलको १३ औ मिनेटमा कोटेश्वर ११ भेट्रान्सका जर्सी नम्बर ८ का हरीहर थापाले पहिलो गोल गरेका थिए । खेलको २० औ मिनेटमा अनगोल हुन गई कोटेश्वरको सुसाईड गोल थप गोल हुन सफल भएको थियो । यस्तै खेलको ३८ औ मिनेटमा कोटेश्वरका तर्फबाट जर्सी नम्बर ११ का नारायण कार्कीले अर्को गोल गरेका थिए भने खेलको अन्तिम समयमा जर्सी नम्बर १० का शसी रिमालले गोल थप गर्दै टिमलाई बिजयी बनाउन सफल भएका थिए ।
यस खेलमा सिमारा भेट्रान्सका तर्फबाट जर्सी नम्बर ३७ का गोपीराम भटले खेलको १४ र १७ मिनेटमा २ गोल गर्न सफल भएका थिए । अन्तत यस खेलमा कोटेश्वर भेट्रान्स चार दुईको फरकमा बिजयीहुन सफल भएको थियो । उक्त खेलमा कोटेश्वर भेट्रान्सका हरीहर थापा म्यान अफ द मयाच हुन सफल भएका थिए ।
आजै भएको चौथो खेलमा ठमेल चिया पप भेट्रान्स बिजयी भएको छ । खेलमा वीरगञ्ज सिटी भेट्रान्सलाई चार सुन्यको फरक अन्तरालमा हराउन सफल भएको थियो । खेलको ९ औ र २१ मिनेटमा सुरज कार्कीले दुई गोल गरेका थिए । खेलको ३६ औ र ४० औ मिनेटमा लक्ष्मी याकाले २ गोल गर्दै टिमलाई चार सुन्यको अन्तरमा बिजयी बनाउन सफल भएका थिए । खेलको म्यान अफ द म्याच लक्ष्मी याका घोषित भएका थिए ।
सोमबार बिहान ७ बजे नाग्श्वती भेट्रान्स बि र बिरगंग एकेडेमी भेट्रान्स बिच हुनेछ भने दोश्रो खेल बिहान ८ बजे हेटौडा भेट्रान्स र बगरभाई खलक भेट्रान्स पोखरा बीच हुनेछ ।
आयोजकका अनुसार तेश्रो खेल बिहान ९ बजे चितवन भेट्रान्स र जोरपाटी भेट्रान्स बीच हुनेछ भने चौथो खेल दिउसो २ बजे अभिषेक चर्च भेट्रान्स नवलपरासी र सानो गौचरण नाईटकिग कलब भेट्रान्स बिच हुनेछ ।
यस्तै पाचौ खेल दिउसो ३ बजे नागश्वती भेट्रान्स ए र ठमेल चियापप भेट्रान्स बिच हुने तालिका रहेको छ भने अन्तिम तथा छैटौ खेल हेटौडा भेट्रान्स र बगरभाई भेट्रान्सको बिजयी टिम संग थापा गाँउ भेट्रान्सले खेल खेल्ने तालीका रहेको छ । सोमबारबाट क्वाटर फाईनल खेल सुरुहुने बताईएको छ ।
मकवानपुर । हिमालयन राईडर्स सोसाइटी मकवानपुरको अध्यक्षमा रामकुमार श्रेष्ठ चयन भएका छन् । साइकल प्रयोगकर्ताको संस्था हिमालयन राईडर्स सोसाईटीको शनिबार हेटौंडामा भएको प्रथम साधारण सभाले श्रेष्ठको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
समिति उपाध्यक्ष राजु थापामगर, महासचिव चन्द्रकुमार मानन्धर, कोषाध्यक्ष लक्ष्मीशरण श्रेष्ठ र सचिव लेखनाथ ढकाल चयन भएका छन् । यस्तै सदस्यमा बुद्धराम श्रेष्ठ, इश्वर पाण्डे, देवराज आचार्य, सोनिया राई, प्रदीप थापा चयन भएका छन् ।
सभाले सल्लाहकार समितिमा चेतनाथ आचार्य, भानुभक्त आचार्य, निमेष निखील, डा. तारालाल श्रेष्ठ, राममान श्रेष्ठ, रामेश्वर बास्कोटा र दीपेन्द्रचन्द ठकुरी चयन गरिएको छ । सोसाईटीका अध्यक्ष चेतनाथ आचार्यको अध्यक्षता तथा हेटौंडा वडा नम्वर ५ का वडाध्यक्ष सुशील घिमिरेको प्रमुख अतिथ्यतामा सभा भएको हो।
सभामा अध्यक्ष आचार्यले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मीशरण श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।