मकवानपुर । हेटौंडा ७ नागस्वतीमा जारी भेट्रान्स कप फूटबल खेलमा आयोजक नागस्वति भेट्रान्स बि फाइनल प्रवेश गरेको छ ।
आज बिहान भएको सेमिफाइनल खेलमा बगरभाइ भेट्रान्स पोखरालाई शुन्यका विरुद्ध २ गोल गर्दै आयोजक नागस्वती भेट्रान्स फाइनल प्रबेश गर्न सफल भएको हो ।
नागस्वती भेट्रान्सको तर्फबाट जर्सी नम्बर १० का बिर्कण श्रेष्ठले खेलको ५ औ र १३ औ मिनेटमा गोल गरेका थिए । श्रेष्ठले गरेको २ गोलनै निर्णायक भएको थियो । खेलको म्यान अफ द म्याच पनि बिकर्ण श्रेष्ठ घोषित भएका थिए ।
हिजो हुने भनिएको सेमिफाइनल खेल बर्षातको कारण स्थगित भएको थियोे । एट ए साइड फुटबल प्रतियोगिताको फाईनल खेल आज बुधबार अपरान्ह ३ बजे हुने अध्यक्ष नागस्वती कलबका अध्यक्ष तितुङ्ले बताए ।
फाईनलमा ठमेल चियापप र आयोजक नागस्वती भेट्रान्स बिच खेल हुने भएको छ । फाईनल खेल बुधबार आजै अपरान्ह ३ बजे हुने आयोजकले जनाएको छ ।
खेलमा विधागत नगद पुरस्कार तथा खेल अवधिभर उत्कृष्ठ खेल्ने एकजना खेलाडीलाई ५० हजार नगद पुरस्कार रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा देशभरका ४० वर्ष माथी उमेर समूहका पुर्व राष्ट्रिय खेलाडीहरुको १७ समुहको सहभागिता रहेको थियो ।
प्रतियोगितामा विजेतालाई २ लाख १ हजार र उपविजेतालाई एक लाख १ हजार नगद सहित शिल्ड पुरस्कार रहेको अध्यक्ष सोमबहादुर तितुङले बताए । विजयीलाई आजै पुरस्कार र रनिङ शिल्ड प्रदान गरिने छ ।

