मकवानपुर । मकवानपुर हेटौंडाकाे भएकाे यु–१६ फुटबल प्रतियोगिताको उपाधि हेटौंडा १५ नम्बर वडाले हात पारेकाे छ । उपमहानगरपालिका स्तरीय अनुपम घलान स्मृति प्रतियाेगिता अन्तरगत शनिबारकाे फाइनलमा हेटौडा १८ नम्बर वडालाई सडन डेथमा पराजीत गर्दै हेटौंडा–१५ ले उपाधि जितेको हो ।
खेलकाे निर्धारित समय गोलरहित बराबरीमा राेकिएपछि टाइब्रेकरमा धकेलिएकाे थियाे । टाइब्रेकरमा दुबै टोलीबाट ४–४ गोल गरेपछि नतिजाकाे लागि सडन डेथकाे साहारा लिइएकाे थियो । सडन डेथमा हेटौंडा–१५ विकास थिङले प्रहार गरेको बल गोलमा परिणत भएसँगै उस्ले उपाधि माथि कब्जा जमाएकाे हो । उपाधिसँगै हेटौंडा–१५ ले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेतामा चित्त बुझाएकाे हेटौंडा–१८ ले ७० हजार रूपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै हेटौंडा–१८ का अभिराज थापा मगरले १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको हेटौंडा १५ का उत्कृष्ट प्रशिक्षक उज्जव वाईवा, उत्कृष्ट फरवार्ड रेहान घलान, उत्कृष्ट गोलरक्षक विकेश थिङ, उत्कृष्ट डिफेन्डर नविन लो घोषित भए ।
हेटौंडा–१८ का साजन लोप्चन उत्कृष्ट मिडफिल्डर घोषित भए । विधागत उत्कृष्ट प्रशिक्षक तथा खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गरे । हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा नगर खेलकुद विकास समितिकाे आयोजना गरेको प्रतियोगितामा १० वटा वडाकाे टिमको सहभागिता रहेको थियो ।
झुरझुरे बागमती । साविक विजेता मछिन्द्र फुटबल क्लब काठमाडौं साताैं संस्करणकाे बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता फाइनल प्रवेश गरेकाे छ । प्रतियोगिता अन्तरगत शनिबार भएकाे अन्तिम सेमिफाइनलमा थ्रीस्टार क्लब ललितपुरलाई ३–० गोलले पाखा लगाउदैं मछिन्द्र उपाधी नजिक पुगेकाे हाे ।
बागमती–४ स्थित शहीद स्मृति रंगशालामा भएकाे खेलमा साविक विजेता मछिन्द्र क्लबले चौथो संस्करणकाे गोल्डकप विजेता थ्री स्टारलाई पराजीत गरेकाे हाे । थ्रीस्टारका लागि खेलकाे पहिलाे हाफकाे ३७ औं मिनेटमा एलेक्सले १ गोल गर्दैं सुरुवाती अग्रता लिएका थिए । सुरुवाती अग्रता बनाएको थ्रीस्टारले अग्रता कायम राख्न भने सकेन । मछिन्द्रकाे जीतमा खेलकाे बयालिसौं मिनेटमा शिशिर लेखीले गोल गर्दै खेललाई बराबरी पुर्याएका थिए ।
खेलकाे दोस्राे हाफमा ५१ औं मिनेटमा मछिन्द्रका समिरराज थोकरले १ गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यस्तै खेलकाे ८९ औं मिनेटमा मछिन्द्रका स्टेफेनले थप १ गाेल गर्दै अग्रता बढाएका थिए । थ्रीस्टारले १ गोल पछि खेलका फर्कने प्रयासका बावजुत सकेन । दोस्राे सेमिफाइनलकाे म्यान अफ दी म्याच मछिन्द्रका टिम क्याप्टेन देवेन्द्र तामाङ घाेषित भए । उनले १० हजार रुपैंया हात पारे ।
फाइनल प्रवेशसँगै मछिन्द्रले फाइनलमा पहिलो चर्च व्वाइज युनाइटेडसँगकाे भेट पक्का गरेकाे छ । यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई ३–२ गोल अन्तरले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा स्थान बनाएकाे थियाे । साेमबार हुने फाइनलमा उपाधी रक्षाका लागि प्रतियाेगितामा पहिलाे पटक सहभागी चर्च व्वाइज र मछिन्द्र भिड्ने छन् ।
प्रतियोगितामा मछिन्द्रले सर्लाहीको बागमती युवा क्लबलाई र थ्री स्टारले हिमालयन शेर्पालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । गत संस्करणमा मछिन्द्रले विभागीय टोलि सशस्त्र प्रहरी बलको एपीएफलाई हराउँदै उपाधी जितेको थियो भने थ्री स्टारले चौथो संस्करणमा क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनलाई हराउँदै उपाधी जितेको थियो ।
प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियाेगितामा ७ विभागीय टोली तथा ३ वटा माेफसलकाे टाेलीले सहभागिता जनाएका थिए ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा जारी अनुपम घलान स्मृति यु–१६ नगरस्तरीय फुटबल प्रतियोगिताकाे फाइनल समिकरण पुरा भएकाे छ ।
हेटौंडा नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएकाे सेमीफाइनल चरणको खेलमा जीत निकाल्दै हेटौंडा–१५ र हेटौंडा–१८ फाइनलमा प्रवेशका हुन् । उक्त प्रतियोगिता अन्तर्गत शनिबार आज हेटौंडा–१५ र हेटौंडा–१८ बीच उपाधिका लागि भिडन्त हुने भएको छ ।
शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा हेटौंडा–८ लाई हेटौंडा–१५ ले २–० गोल अन्तरले पाखा लगाएकाे हाे । हेटौंडा–१५ को जीतमा रोहित डिम्डुङ्गले २ गोल गरे । उनले खेलको १२ औं मिनेटमा पहिलो गोल र ५१ औं मिनेटमा दोस्रो गोल गरेका हुन् । म्यान अफ द म्याच डिम्डुङ्ग नै घोषित भए ।
यस्तै, दोस्रो खेलमा हेटौंडा–९ लाई हेटौंडा–१८ ले २–१ गोल अन्तरले स्तब्ध पारेकाे हाे । हेटौंडा–९ को तर्फबाट पहिलो हाफको पहिलो मिनेटमा नै गोल गर्दै सञ्जिव कार्कीले अग्रता दिलाएका थिए । १–० गोलले पछि परेको हेटौंडा–१८ बाट अभिराज थापा मगरले खेलको ३६ औं मिनेटमा गोल गर्दै १–१ गोलको बराबरीमा ल्याएका थिए । खेलको ३९ औं मिनेटमा अभिराजले दोस्रो गोल गर्दै खेल २–१ को स्थितिमा पुर्याएका थिए । म्यान अफ द म्याच थापा नै घोषित भए ।
हेटौंडा उपमहानगरपालिकाकाे आर्थिक सहयोग तथा नगर खेलकुद विकास समितिकाे व्यवस्थापनमा ७ फागुनबाट हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा प्रतियोगित भइरहेकाे छ । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख रुपैया प्राप्त गर्ने छन् भने द्वितीय हुने टिमले ७० हजार रुपैया हात पार्ने छन् ।
यसैगरी विधागत रुपमा उत्कृष्ट तर्फ समेत पुरस्कारकाे व्यवस्था गरिएकाे छ । सर्वोत्कृष्ठ खेलाडी, उत्कृष्ठ फरवार्ड, उत्कृष्ठ किपर, उत्कृष्ठ प्रशिक्षक, उत्कृष्ट डिफेन्सले जनही ५/५ हजार रुपैंया प्राप्त गर्नेछन् । प्रतियाेगिता नक आउटका आधारमा खेलाइएकाे आयोजकले जनाएकाे छ । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका भित्रका वडाहरुबाट १२ टिमकाे सहभागिता रहेकाे थियाे ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता शुरू भएको छ । हेटौडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको आयोजनामा प्रतियोगिता शुरु भएकाे हाे ।
शुक्रबारबाट हेटौंडामा सुरु प्रतियाेगिताकाे उद्घाटन खेलमा भानु माध्यमिक विद्यालय मकवानपुरगढी विजयी भएको छ । हेटौंडा–५ मा रहेको ज्ञानोदय आवासीय माध्यमिक विद्यालयलाई २५–५ र २५–१६ को सोझो सेटले पराजित गर्दै भानुले विजयी सुरुवात गरेका हाे । यस्तै आज भएको दोस्रो खेलमा बागमती गाउँपालिकाको जनता मावि विजयी भएको छ । जनताले कृष्ण आर्दश इङ्लिस सेकेण्डरी विद्यालयलाई २५–१६ र २५–२३ को सोझो सेटले पराजित गरेकाे हाे ।
यस्तै आज भएको तेस्रो खेलमा जनज्योति माध्यमिक विद्यालय विजयी भएको छ । हेटौंडा–१० मा रहेको तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालयलाई २५–२२ र २५–१५ को सोझो सेटले पराजित गर्दै जनज्योति विजयी भएको हो । यसैगरी आज भएको चौथो खेलमा बकैयाँ गाउपालिकाको महेन्द्र माध्यमिक विद्यालय विजयी भएको छ । हेटौंडा क्याम्पसलाई २५–५ र २५–९ को सोझो सेटले पराजित गर्दै महेन्द्र विद्यालय विजयी भएको हो ।
आज भएको पाचौँ खेलमा शारदा मावि आमभञ्ज्याङ विजयी भएको हो । शारदाले नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयलाई २५–१६ र २५–८ को सोझो सेटले पराजित गरेको हो । आज भएको छैठौं खेलमा जीएस निकेतन माध्यमिक विद्यालय विजयी भएको छ । जीएसले जनजागृति मावि बकैयाँलाई २५–१६ र २५–११ को सेटमा पराजित गरेको हो । आज भएको सातौं खेलमा बाघभैरव मावि विजयी भएको छ । श्रमिक माविलाई २५–१० र २५–१८ को सोझो सेटले पराजित गर्दै बाघभैरव विजयी भएको हो ।
यसैगरी आज भएको आठौँ खेलमा जनक मावि भिरकोट विजयी भएको छ । बज्रबाराही मावि टिस्टुङलाई २५–१९ र २५–२२ को सेटले पराजित गर्दै जनक विजयी भएको हो । यसैगरी महेन्द्र मावि छतिवन र भुटनदेवी मावि विचको खेलमा पहिलो सेट महेन्द्र मावि विजयी भएता पनि अध्यारोको कारणले गर्दा उक्त खेल पुनः भोलि बिहान खेलाइने प्रतियोगिताका संयोजक राजाराम पोखरेलले जानकारी दिए ।
दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाको २६ वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा विजेता टिमलाई नगद २५ हजार रुपैयाँ र दोस्रो हुने टिमलाई नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको सेमिफाइनल संस्करणमा पराजित दुई टिमलाई नगद पाँच हजार रुपैयाँ प्रदान गरिने छ । यसैगरी प्रतियोगितामा उत्कृष्ट स्पाइकरलाई नगद २ हजार रुपैयाँ, उत्कृष्ट खेलाडीलाई नगद ३ हजार रुपैयाँ र उत्कृष्ट सेटरलाई नगद २ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
झुरझुरे,बागमती । मकवानपुरकाे बागमती गाउँपालिकामा जारी साताैं संस्करणकाे बामगती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएकाे छ । बिहीबारकाे क्वाटरफाइनल खेलबाट साविक विजेता मछिन्द्र क्लबले जित हासिल गरेसँगै प्रतियाेगिताकाे सेमिफाइनल समिकरण पुरा भएकाे हाे ।
बागमती–४ झुरझुरेस्थित शहीद स्मृति रंगशालामा भएको अन्तिम क्वार्टरफाइनल खेलमा सर्लाही जिल्लाको बागमती युवा क्लबलाई १–० गोलअन्तरले हराउँदै ‘ए’ डिभिजन क्लब मछिन्द्रले अन्तिम चारमा स्थान पक्का गरेकाे हाे । मछिन्द्रको जीतमा खेलको ४३ औं मिनेटमा रेजिन सुब्बाले पेनाल्टी मार्फत गोल गरे । बागमतीका खेलाडी हेमन्त भुजेलले खेलको ४२ औं मिनेटमा गोललाइनमा हातले बल रोकेपछि मछिन्द्रले पेनाल्टी प्राप्त गरेकाे थियाे ।
गोललाइनमा हातले बल रोक्ने भुजेललाई रेफ्रीले राताे कार्ड दिएका थिए । त्यसपछि बामती १० खेलाडीमा सिमित हुँदा खेलमा फर्कन सकेन । खेलकाे म्यान अफ द म्याच मछिन्द्रकै शिशिर लेखी घोषित हुँदै १० हजार रुपैयाँ हात पारे । प्रतियोगितामा आयोजकलाई हराउँदै बागमती युवा क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको थियो भने मछिन्द्रले वाई पाएर सिधै क्वाटरफाइनल खेलेको हो । मछिन्द्र छैटाैं संस्करणकाे बागमती गोल्डकपकाे विजेता टोली हो । गत संस्करणमा एपीएफलाई हराउँदै मछिन्द्रले उपाधी हात पारेको थियो ।
यस अघि सोमबार भएकाे पहिलाे क्वाटरफाइनलबाट त्रिभुवन आर्मी क्लबलाई हराउँदै चर्च व्वाइज युनाइटेड सेमिफाइनल प्रवेश गरेको छ । विभागीय टोली आर्मीलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै चर्च व्वाइजले सेमिफाइनल यात्रा तय गरेकाे हाे । मंगलबार भएको दोस्राे क्वाटर फाइनल खेलबाट थ्री स्टार क्लब काठमाडौं समिफाइनल प्रवेश गरेकाे छ । उसले हिमालयन शेर्पालाई ४–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएकाे हाे ।
यसैगरी बुधबारकाे तेस्राे क्वार्टरफाइनल खेलमा जित निकाल्दै एपीएफ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । संकटा क्लबलाई १–० गोलअन्तरले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।
१२ फागुनसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियाेगितामा ७ विभागीय टोली तथा ३ वटा माेफसलकाे टाेलीले सहभागिता जनाएका थिए ।