मकवानपुर । हेटौंडामा शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएकाे छ । बागमती प्रदेशको राजधानी हेटाैडामा आगामी माघ १६ गतेदेखि माघ २६ गतेसम्म प्रतियाेगिता हुने भएको हाे ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा गर्दै आएकाे मुख्य ठूला ६ गोल्डकप फुटबल प्रतियोगिताहरुको मिति सार्वजनिक गरेसंगै हेटौंडामा शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता माघ १६ गतेबाट हुने भएको हो ।
यसैगरि,एन्फाले सार्वजनिक गरेको मितिमा माघ ६ देखि १५ गतेसम्म पोखरामा आहा रारा गोल्डकप,फागुन १४ देखि २१ सम्म बुटवलको तिलोत्तमा गोल्डकप, सोही मितिमा इटहरी गोल्डकप,फागुन १९ देखि २८ सम्म पोखरा गोल्डकप र फागुन २६ देखि चैत्र ५ गतेसम्म सिमरा गोल्डकप हुने भएको छ ।
मकवानपुर । बागमती प्रदेश नीति तथा योजना आयोगमा अध्यक्ष सहित ३ जना नियुक्त भएका छन । प्रदेश सरकारले आयोग उपाध्यक्षमा चितवनका डा. कृष्णराज पन्तलाई नियुक्त गरेको छ भने सदस्यद्वयमा मकवानपुरका प्रल्हाद लामिछाने र भक्तपुरका राजु नेपाललाई नियुक्त भएका छन ।
मुख्यमन्त्री राजेन्द्र पाण्डेले उनीहरुलाई बुधबार पद तथा गोपनीयताको सपथग्रहण गराएका छन् । मुख्यमन्त्री अध्यक्ष रहने प्रदेश नीति तथा योजना आयोगमा उपाध्यक्ष र ४ सदस्य गरी पाँच सदस्यीय मनोनित पदाधिकारी रहने व्यवस्था रहेको छ । आयोगमा एक महिलासहित दुई सदस्य नियुक्त गर्न बाँकी रहेको छ ।
नीति तथा योजना आयोगको नियुक्तिसँगै आवधिक योजनाको समिक्षा तथा आगामी वर्ष २०७८/७९ को योजना तर्जुमा प्रक्रिया अघि बढने छ ।
हेटौंडा–१८ स्थित ज्योति माविले आयोजना गरेको राष्ट्रिय चित्रकला कार्यशाला मंगलबार सकिएको छ । मfध्यामिक तहमा चित्रकला विषय पठनपाठन गर्ने लक्ष्यसहित विद्यालयको ५५ औं स्थापना दिवसको अवसरमा ५ दिने कार्यशालाको आयोजना गरिएको थियो । ज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलका अनुसार विद्यालय पसिरसमा खुल्लारुपमा सञ्चालन गरिएको कार्यशालाको सजिलैसँग विद्यार्थीले अवलोकन गरेका छन् । १८ जना चित्रकारले कार्यशालामा चित्र तयार कोर्नुका साथै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई चित्रकलाका बारेमा जानकारी समेत गराइएकाे थियाे ।






मकवानपुर । सरकारले पुस १५ गतेको तमु ल्होसारका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार बसेकाे मन्त्रिपरिषद बैठकले देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
तमु ल्होसारका लागि सार्वजनिक विदाकाे निर्णय हुनुअघि नै सामाजिक सञ्जालमा विदाकाे सूचना भन्दै प्रवाह भएको थियाे । तर गृह मन्त्रालयले सार्वजनिक विदाकाे बारेमा सामाजिक सञ्जालमा आएकाे सूचना गलत भएकाे जनाएकाे छ । बुधबार बेलुका बसेकाे मन्त्रिपरिषद बैठकले मात्र सार्वजनिक विदाकाे निर्णय गरेको मन्त्रालयले जनाएकाे हाे ।
२०७७ साल चैत ९ गते प्रकाशित सरकारकाे सार्वजनिक विदा सम्वन्धी राजपत्रमा तमु ल्होसार चाड सबैलाई सार्वजनिक विदा हुनेको सूचीमा छैन । उक्त सूचनामा सम्बन्धित धर्म संस्कृती मान्ने समूदायलाई मात्रै विदा हुने भनी उल्लेख थियो । तमु ल्हाेसार गुरुङ समुदायले मनाउने पर्व हाे ।



