मकवानपुर । पतन्जली याेग समिति मकवानपुर अध्यक्षमा रामकृष्ण थापा चयन भएका छन् । समितिकाे पाचाैं बार्षिक साधारणण सभा तथा चाैथाे अधिवेशनबाट पुनः थापाकाे अध्यक्षतामा कार्यसमिति गठन गरिएकाे हाे ।
शनिबार भएकाे अधिवेशनबाट समितिकाे उपाध्यक्ष राजन थापा, महामन्त्री ऋषि कुमार ढकाल, मन्त्री चिरन्जिवि पौडेल, कोषाध्यक्ष हरिप्रसाद पौडेल, संगठन मन्त्री राजु अधिकारी, बौद्धिक प्रभारी गहन खतिवडा, रक्तदान प्रभारी देवराज आचार्य, वृक्षारोपण प्रभारी रमेश ढकाल चयन भएका छन्
यस्तै सदस्यहरु ईन्द्रप्रसाद नेपाल, भरत ढुंगाना, भुपेन्द्र पौडेल, युक्तलाल विश्वर्मा, रमेश सिंघल, ह्यागृव न्यौपाने (कृष्ण), सरु वंसल, पुष्पा पुन चयन भएका छन् । समितिकाे सल्लाहकारहरुमा विष्णु श्रेष्ठ, रामप्रसाद दहाल, रुपा श्रेष्ठ, पद्मा पौडेल, बि.के. महर्जन, चन्द्र कान्ता श्रेष्ठ, विष्णु दहाल, ज्ञान प्रसाद चौलागाई चयन भएका छन् ।
यसैगरी शशिकला थापाकाे अध्यक्षतामा पतन्जली याेग महिला समिति गठन भएकाे छ । समितिकाे उपाध्यक्ष शकुन्तला सिंह, महामन्त्री अनिता नेपाल, मन्त्री प्रभा बाँनिया, कोषाध्यक्ष दुर्गा महत, संगठन मन्त्री सरस्वती दाहाल, बौद्धिक प्रभारी शशि दहाल, बृक्षारोपण प्रभारी भगवती खरेल, रक्तदान प्रभारी उर्मिला राना मगर, विद्यालय प्रभारी शुसिला भण्डारी, सूचना अभिलेख प्रभारी सावित्री पराजुली ढकाल चयन भएका छन् ।
यस्तै सदस्यहरुमा विन्दु मानन्धर, रमा मानन्धर, विष्णु शाह, सत्यवति पौडेल, तारा कंडेल, गिता आचार्य, दुर्गा पाण्डे, लक्ष्मी पनेरु, गोमा कार्की, मिन्ती योन्जन, लक्ष्मी अधिकारी, पुन्यवती प्रधान, रेखा मैनाली, रेणुका ढुंगाना, मिना मल्ल, खिला कुमारी थिङ्ङ्ग लिला), कल्पना लामा, मिनु रानी सैजु चयन भएका छन् ।
अधिबेशनले जयराम पुलामीकाे अध्यक्षतामा युवा याेग समिति गठन गरेकाे । समितिकाे उपाध्यक्ष राजु सापकोटा, महामन्त्री गुणनाथ अधिकारी, मन्त्री राजन काफ्ले, कोषाध्यक्ष सुधा ढुङ्गाना चयन भएका छन् । सदस्यहरुमा स्वस्ती आचार्य,ओम सापकोटा, सुमन्त सिलवाल, कृतिका आचार्य, संझना कार्की, रुद्रनाथ घिमिरे, जानुका कुमारी तिमल्सिना, निपेन्द्र लम्साल, चन्द्रकला पौडेल, सुजन घिमिरे, सिता कार्की, पवन रायमाझी, पवित्रा थापा चयन भएका छन् ।
यसैबीच अधिवेशनले रघु प्रसाद आचार्यकाे अध्यक्षतामा हेटाैडा उपमहानगरपालिका याेग समिति गठन गरेकाे छ । समितिकाे उपाध्यक्ष माया पौडेल, महामन्त्रीमा अर्जुन हुमागाई, काेषाध्यक्ष सरस्वती श्रेष्ठ, संगठन मन्त्री प्रेमजी श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा साधुराम राउत, विश्वनारायण श्रेष्ठ, माधव घिमिरे,दिपा सापकोटा, सरस्वती पहाडी जया मैनाली, विना लामिछाने, बाल कुमारी पाण्डे चयन भएका छन् ।
साधारणसभामा २०७४ र २०८० सालमा याेग सहायक प्रशिक्षक तालिम प्राप्त गरेका २२७ जनालाई प्रमाण पत्र वितरण गरिएकाे थियाे । यसैगरी ईन्द्र प्रसाद नेपाल, कृतिका आचार्य, रमिता पण्डे, उत्तम थापा, प्रकाश मैनाली, प्रमेश पराजुली, शान्ति थापा, मिना मल्ल, सुमङ्गला श्रेष्ठ, ह्याग्रिव न्यौपाने, संझना कार्की, मोनिका खड्का, लक्ष्मी कान्त अधिकारी, माधव लामिछाने, बिन्दा पुडासैनी, वसुन्धारा सुटुनन, रमेश सिंधल, जया मैनाली, कृष्ण ढुङ्गाना, बद्री अर्याल, कृष्ण कुमार अग्रवाल, ज्ञान प्रसाद छत्कुली, भावना पोखरेल,उद्योग वाणिज्य संघ, बाल ज्योति माविलाई सम्मान गरिएकाे थियाे ।
जिल्ला अध्यक्ष रामकृष्ण थापाकाे सभाध्यक्षता एवं हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलकाे प्रमुख आतिथ्यतामा भएकाे अधिवेशनमा पतन्जली याेग प्रदेश समिति प्रमुख प्रभारी ग्राेविन ताैजलेकाे विशिष्ट आतिथ्यता, प्रदेश महामन्त्री सुधा कलाैनी, समितिका सल्लाहाकार पुनम कर्माचार्य, समितिका काभ्रे सदस्य विष्णु प्रसाद नराद, समितिका सहप्रभारी बविता थपलिया, प्रदेश सदस्य ध्रुब पाैडेललगायतकाे उपस्थिति थियाे ।
मकवानपुर । श्याम प्रसाद शर्मा स्मृति सम्मान २०८१ बाट प्रदीप ज्ञवाली ‘शीतबिन्दु’ सम्मानित भएका छन् । साहित्य सङ्गम मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आइरहेकाे उक्त सम्मानबाट शीतविन्दुलाई शुक्रबार हेटौडामा सम्मानित गरिएकाे हाे ।
प्रगतिशील साहित्य लेखनमा स्थापित शर्माकाे नाममा स्थापित सम्मानकाे राशी २५ हजार रुपैया रहेकाे छ । यस अघि १५ हजार रहेकाे उक्त सम्मानकाे राशी यस वर्षबाट बढाएर २५ हजार रुपैया बनाइएकाे हाे । कार्यक्रममा ज्ञवालीले एकल कविता वाचन समेत गरेका थिए । साहित्यकार निमेष निखिल र सुवास खनालले ज्ञवालीका कविता वाचन गरेका थिए भने आशाकाजी श्रेष्ठ र अजर फुयाँलले ज्ञवालीका गीतलाई गाएका थिए । यस्तै श्यामकुमार बानियाँ, पुरूषोत्तम आचार्य र हरि पौड्यालको विविध साङ्गीतिक प्रस्तुति गरेका थिए ।
साहित्य सङ्गमको आयोजना, भूटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को सहआयोजना तथा हेटौंडा उपमहानगरपालिका वडा नं. ४ को प्रवर्धनमा भएकाे सम्मान तथा साङ्गीतिक कार्यक्रममा ज्ञवालीका एकल कवितामाथि घनश्याम घिमिरेले समीक्षा गरे ।
२०१९ साल भदौ २८ गते गुल्मीको बलेटक्सार २ चौतारामा जन्मिएका ज्ञवालीले २०७३ सालमा ‘बिना सालिकका नायकहरु’ कविता कृति प्रकाशित गरेका थिए । यसअघि शीतविन्दु नामबाट साहित्य रचना गर्दै आएका ज्ञवालीले सहयात्री – २०४६ (उपन्यास), चिता जलिरहेछ – २०५१ (कविता संग्रह), आस्था, ओ मेरी प्रिया -२०५७ (कविता संग्रह), कुहिरो – २०६० (कथा संग्रह), माक्र्सवादको सिर्जनात्मक प्रयोग – (२०५८), प्रचण्डपथः विचारको केन्द्रीकरण कि भ्रष्टिकरण (२०५९), फिनिक्स पंक्षी र एमालेको पुनर्जीवन (२०६४), युवाः एक बहस (२०६६), राष्ट्रियता, पहिचान र सामाजिक रुपान्तरणः एक अर्थराजनीतिक बहस (२०७०) लगायत कृति प्रकाशित छन्।
यसैगरी १९८६ असार ६ मा मकवानपुरकाे साेलिथुममा जन्मिनु भएको श्यामप्रसाद शर्मा नेपाली राजनीति, पत्रकारिता र साहित्यमा सक्रिय थिए। शर्माले ‘सेवा’ मासिक, ‘स्वास्नी मान्छे’, ‘साहित्य सेवा सदन’ पत्रिकाको सम्पादन तथा प्रकाशन गरेका थिए । मुक्ति पुरस्कार (२०५०) र महेन्द्र प्रज्ञा पुरस्कार (२०५०) लगायत सम्मानद्वारा द्वारा सम्मानित उनका निबन्धात्मक कृतिहरू “बहिनीलाई चिठ्ठी १-२ (२००८/२०१२)”, “तँ, तिमी, तपाईं, हजुर (२०१४)”, “मेरीआमा (२०२३)”, “थुनुवाको डायरी (२०३८)”, “केही साहित्यकार र साहित्य (२०४२)” प्रकाशन भएका छन् । यसैगरी म “साम्यवादी होइन (२०४०)”, “आएका केही चिठी (२०५५)”, “मेरो पत्रकार जीवन (२०६३)” लगायत कृतिहरू समेत प्रकाशन भएका थिए ।
औपचारिक रूपमा कक्षा १० सम्मको स्कुले शिक्षा प्राप्त गरेका शर्माले वीरगञ्जमा प्रगतिशील लेखक संघको स्थापना गरेका थिए । आत्मपरक, प्रयोगवादी तथा राष्ट्रवादी भावनाका सिर्जनामार्फत नेपाली साहित्यमा चिनिएका शर्माको निधन २०७४ साल बैशाख २४ मा काठमाडौंमा भएको थियाे ।
मकवानपुर । बागमती प्रदेश सभाकाे बैठक प्रतिपक्ष दलले अवरोध गरेका छन् । बागमती प्रदेशसभाकाे आजकाे बैठकमा आर्थिक वर्ष २०८१/०८२ बजेट माथिको छलफल सुरु गरिएको थियाे ।
बजेट पुनः लेखनलगायतकाे माग गर्दै प्रतिपक्ष दल नेपाली काङ्ग्रेस तथा राप्रपाले वैठक अवरोध गरेपछि बैठक स्थगित गरिएकाे छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सन्तुलित नभएको सिद्धान्त र प्राथमिकतामा दिएको सुझावहरुलाई समावेश नगरिएको, प्रदेशको आर्थिक बृद्दिदर न्यून भएको, अर्थ मन्त्रालयको अर्थ विविध खर्चलाई चालु खर्चमा राखिएको, प्रदेशको एकल अधिकारको रुपमा रहेको प्रदेश अस्पतालमा बजेटको ब्यबस्था नगरिएको, हिसाब किताबको सिलिङ नमिलेको र आय व्ययको विवरण नै नमिलेको भन्दै बिहीबार कांग्रेस र राप्रपाका सांसदहरूले विरोध गरेका हुन् ।
यसैगरी बैठकमा प्रतिपक्ष दलका सांसदहरूले बजेट सिस्टमलाई नै उलङ्घन गरेर बजेट कार्यक्रम परक पर्ने गरी पुस्तिका ल्याएको भन्दै विरोध गरेका थिए । उनीहरूले संसद् बैठकमा नाराबाजी समेत गरेका छन् । सांसदहरूले ‘बजेट पुनःलेखन गर, बजेट सन्तुलित बजेट गर, बजेटलाई समावेशी गर, बजेटमा आर्थिक अराजकता गर्न पाइँदैन’ जस्ता नारा लगाएका थिए । आजकाे लागि बाेलाइएकाे प्रदेशसभा बैठक निर्धारित समयभन्दा २ घण्टा ढिला गरी सुरु भएको थियाे ।
प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट माथि छलफलका लागि बिहान ११ बजे आह्वान गरिएको बैठक १ बजे सुरु भएको थियाे । प्रतिपक्ष दलका सांसदहरूको विरोध पश्चात् सभामुख भुवनकुमार पाठकले दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बिहीबार बिहानकाे लागि बाेलाइएकाे छ । बैठक बिहीबार बिहान ११ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१।०८२ को विनियोजित बजेटमाथि छलफल प्रारम्भ हुने भएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । बैठकमा प्रदेशको आर्थिक तथा मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले गत असार १ गते प्रस्तुत गरेको बजेट वक्तव्य र विभिन्न मन्त्रालयको बजेट शिर्षकमा छलफल प्रारम्भ हुने उनले जानकारी दिए ।
सरकारको विनियोजित बजेटमाथि असार ८ गते भित्रै छलफल सम्पन्न गरि पारित गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएकाे छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री थपलियाले आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्ब ५४ करोडकाे बजेट प्रदेश सभमा असार १ गते प्रस्तुत गरेका थिए ।
कुल बजेटमध्ये चालूतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगत तर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएकाे छ । चालु आर्थिक वर्षकाे लागि ६२ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएकाे प्रदेश सरकारले आगामी आवकाे लागि मन्त्रीले चाल् आवकाे भन्दा १ अर्ब ८४ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेका थिए ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा प्रदेश युवा नमूना संसद अभ्यास कार्यक्रम सुरु भएकाे छ । बागमती प्रदेश युवा परिषद्को आयोजनामा ४ दिने प्रदेश युवा नमुना संसद अभ्यास कार्यक्रम सुरु भएको छ ।
कार्यक्रमकाे उद्घाटन् गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले सिक्न र सिकाउन मानिसलाई उमेरले नछेक्ने बताए । उनले ज्ञान र विज्ञानले संसारलाई चुनौति दिइरहेकाे छ भन्दै सिक्न र सिकाउन उमेर कहिल्यै नजाने बताए । ‘मानिस जन्मनु मर्नु स्वभाविक हो । तर सफल नागरिकको रुपमा स्थापित हुन महत्वपुर्ण हुन्छ।’ युवा नमुना संसद अभ्यास तालिमबाट युवाहरुले वढि भन्दा बढि ज्ञान प्राप्त गर्नुपर्ने र जिवनमा लागू गर्नुपर्ने उनले बताए । प्रदेश सरकारको प्रारम्भ हुँदादेखि नै ग्रामीण युवाहरुलाई समेटेर अघि बढेर जाने कार्ययोजना तयार पारेको र सोहि अनुरुप नै काम भइरहेको पनि उनले जानकारी दिए ।
कार्यक्रम प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाइले युवालाइ सशक्तीकरण गर्ने, नेतृत्व गर्न सक्ने क्षमता विकास गर्ने, नेतृत्व भुमिकामा पुग्नुपर्छ भन्ने मान्यताका आधारमा कार्यक्रम तय गरेको जानकारी दिए । ‘युवाहरुले नेतृत्व गर्न सक्छन भन्ने विश्वासका साथ युवा नेतृत्वको परिकल्पना सहित कार्यक्रमको आयोजना गरिएकाे हाे’ चौलागाईले भने ‘यस्का लागि युवामा निरन्तर पैरवी,अनुशसन,धैर्यता र निरन्तरता आवश्यक छ ।’
उनले यो मुलुकमा केही छैन, मुलुकमा केही गर्ने वातावरण नै छैन, यहाँ बसेर केही काम छैन भन्ने भाष्यलाई परिवर्तन गरि यहि मुलुकमा केही छ र हामीलै नै गर्ने हो भन्ने भाव जागृत गर्ने बताए । ‘युवा लक्षित कार्यक्रमहरु के छन सो खोज्नुस,आवाज उठाउनुस,यहि बर्ष भित्र प्रदेश युवा परिषदको १० हजार युवाहरुलाइ सीप सिकाउने योजना रहेको छ उनले भने ।