मकवानपुर । हेटाैडा अटाेमाेवाइल्स एशाेसियसनले गरेकाे रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेका छन् ।
एशाेसियसनले आफ्नाे बार्षिक कार्यक्रम अनुसार शनिबार हेटौडाकाे बुद्ध चाेकमा गरेकाे रक्तदान कार्यक्रम ११ औं भएकाे अध्यक्ष ऋषि कुमार ढकालले बताए । २०५२ सालमा स्थापना भएकाे एशोसियसनले विभिन्न सामाजिक उत्तरदायित्वका कार्य समेत गर्दै आएकाे छ । साेही अनुसार रक्तदान गरिएकाे उनले जानकारी दिए ।
उधाेग वाणिज्य संघका उपाध्यक्ष प्रमाेद सिंह रानाभाटकाे प्रमुख आतिथ्यतमा तथा हेटाैडा अटाेमाेवाइल्स एशोसियसनका अध्यक्ष ढकालकाे सभाध्यक्षता कार्यक्रम भएकाे हाे । रक्तदान कार्यक्रममा मर्निङ हेल्थ क्लवका अध्यक्ष सुदेश कुमार श्रेष्ठ, ब्लड डाेनेसन अफ नेपाल मकवानपुरका अध्यक्ष कपिला जाेशी, मकवानपुर माेटरसाइकल व्यवसायी संघका अध्यक्ष इन्द्र माेक्तान, पदाधिकारी लगायतकाकाे सहभागिता थियाे ।
मकवानपुर । कवि यश लामाको ‘बहिष्कृत आवाज’ शनिबार हेटौंडामा सार्वजनिक गरिएकाे छ । लामाकाे पहिलो कविता कृति बहिष्कृत आवाजलाई मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मान कुमारी नेपाली, डा रामजी राम र सर्जक संजाल मकवानपुर संयोजक निमेष निखिलले सार्वजनिक गरेका हुन् ।
हेटौडामा बहिष्कृत आवाज विमाेचन वाचन र विमर्श कार्यक्रम गरी पुस्तक सार्वजनिक गरिएकाे हाे । लामाले १० वर्षको अवधिमा लेखेका ४५ वटा कवितालाई ६ खण्डमा विभाजन गरी पुस्तककाे आकार दिएका हुन् । शिक्षण पेशामा आवद्ध लामाले कविता कृति मार्फत बहिष्करणमा परेका, पारिएका वर्गको आवाज बोल्ने प्रयास गरेका छन् ।
काठमाडौंको सांग्रीला बुक्सले बजारमा ल्याएको कविता कृति ‘बहिष्कृत आवाज’ माथि मकवानपुरको मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष नेपाली र रामले टिप्पणी समेत गरेका थिए । कार्यक्रममा लामाले आफ्ना प्रतिनिधिमूलक कविताहरू वाचन समेत गरे ।
‘कोमल काव्यिक चेतनामा प्रतिरोधी स्वर सुसेल्ने युगसचेत कवि हुन् यश लामा । आफ्नोपनको महक बोकेका उनका कविताहरूमा शालिन विद्रोहको टड्कारो हुङ्कार पाइन्छ । नवीन बिम्ब, नवीन प्रतीक र नवीन काव्यिक शिल्पको निर्माणमा अघि बढ्दै गरेका लामा समयको क्यानभासमा क्रान्ति र विद्रोहको रातोपन पोत्न उत्सुक देखिन्छन्’ निमेष निखिल भन्छन् ।
कवि लामाका बारेमा एसके निधनले सामाजिक सञ्जालमा लेखेका छन् । `यश लामा सतही माटोको कविता लेख्दैनन् । माटो सुमसुम्याउछन, बासनाको स्वाद लिन्छन् र माटोको उर्वराशक्तिमा उर्जात्मकता थप्ने गरि कविता लेख्छन् । उनका कविता मान्छेमाथि हुँदैनन् । उनले ती अमान्छेमाथि बज्र हान्छन् जसले मान्छेलाई मान्छे हुन रोकिराखेका छन् ।´
अधिवक्ता तथा लेखक ऋषि केबी भन्छन् – `यश लामालाई चिनेको छु, सुनेको छु, पढेको छु । त्यसैले पनि ‘बहिष्कृत आवाज’ चेतना र बिद्रोहको त्यो क्रान्तिकारी छलाङ् हो भन्ने मेरो आधार र कारणसहितको ठोकुवा हो ।´
१.
जनताको मतलब छैन सत्ता मोह मात्रै
बैठकको आैचित्य छैन भत्ता मोह मात्रै
आज युवा छैनन् देशमा न त भोलि हुन्छन्
काम गर्ने नेता कोहि छैनन् बक्ता मोह मात्रै ।
२.
ओठमा मुस्कान हुदैमा मनमा पिर हुदैन भने
हातमा धनुष हुदैमा खल्तीमा तिर हुदैन भने
सायद संसारमै दुखी तिनिहरु नै हुन्
खल्तीमा धन हुदैमा उज्यालो शिर हुदैन भने ।
३.
भरिएर पोखिएको पानीले अन्त असर पुर्याउछ
उम्लिएर पोखिएको पानीले आफै रित्तो बनाउँछ
पोखिनु भनेको आफैमा राम्रो होइन थाहा होस्
चिप्लिएर पोखिएको पानीले सधैं पछुतो गराउँछ ।
४.
प्रकृति रमाउन पनि बसन्त आउनु पर्छ
जीन्दगी बिताउन पनि ममता पाउनु पर्छ
होस्टल कोहि आश्रम पुगेकाे देख्दा अचेल
बालबच्चा र बुबाआमाकाे लागि कमाउनु पर्छ ।
लमजुङ, बेशिशहर
मकवानपुर । मकवानपुरकाे हेटौंडामा जारी जारी प्रथम भेट्रान्स भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । केशवलाल श्रेष्ठ प्रतिष्टान मकवानपुरकाे आयोजनमा भएकाे भेट्रान्समा शुक्रबार भएकाे क्वार्टरफाइनलका खेल समाप्तीसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको हो ।
शुक्रबारकाे खेलबाट मकवानपुरगढी गाउँपालिका, नारायणी कलेज, भीमफेदी गाउँपालिका र हेटौंडा १९ फाइनल प्रवेश गरेका हुन् । शनिबार हुने प्रतियाेगिताकाे सेमिफाइनल खेलमा मकवानपुरगढी गाउँपालिकाले नारायणी कलेजसँग र भीमफेदी गाउँपालिकाले हेटौंडा १९ सँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् ।
शुक्रबारकाे राक्सिराङ गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाबीचको क्वाटरफाइनल खेलमा मकवानपुरगढी गाउँपालिका विजयी भएको छ । राक्सिराङलाई २५–२१ र २५–२२ को सोझो सेटले पराजित गर्दै मकवानपुरगढी सेमिफाइनल प्रवेश गरेको हो । यसैगरी शुक्रबार नै भएको दोस्रो क्वाटरफाइनल खेलमा नारायणी कलेज विजयी भएको छ । बकैयाँ गाउँपालिकालाई २५–१० र २५–८ को सोझो सेटले पाखा लगाउँदै नारायणी कलेज सेमिफाइनल प्रवेश गरेको हो ।
तेस्रो खेलमा भीमफेदी गाउँपालिका विजयी भएको छ । थाहा नगरपालिकालाई २५–२३, २२–२५ र १५–८ को सेटमा पराजित गर्दै भीमफेदी गाउँपालिका सेमिफाइनल प्रवेश गरेको हो । शुक्रबारकाे अन्तिम क्वाटरफाइनल खेलमा हेटौंडा १९ विजयी भएको छ । छहारी युवा सेवा समाजलाई २५–२३ र २५–२३ को सोझो सेटले पराजित गर्दै हेटौंडा १९ सेमिफाइनल प्रवेश गरेको हो ।
केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान हेटौंडाको आयोजनामा भएको प्रतियोगितामा ११ टिमले सहभागिता जनाएका छन्। प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार रुपैयाँ, दोस्रो हुने टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ्न । प्रतियोगितामा उत्कृष्ट सेटर, स्पाईकर र खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक संस्थाका बसन्त कुमार सिटौलाले जानकारी दिए ।
मकवानपुर । मकवानपुरकाे हेटौं उपमहानगरपालिकामा जारी टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा आयोजक नेपाल खेलकुद महासंघ ८ नम्बर वडा र वडा–९ ‘ए’ भिड्ने भएका छन् ।
वडास्तरीय प्रतियाेगितामा शुक्रबारको पहिलो सेमीफाइनल खेलबाट हेटौंडा–८ ‘ए’ लाई १०२ रनले हराउँदै आयोजक खेलकुद महासंघ वडा–८ कमिटी र वडा–२ लाई २३ रनले हराउँदै वडा–९ ले फाइनलमा भेट पक्का गरेका हुन् ।
टस जितेर पहिलो व्याटिङ गरेको आयोजकले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनाएको थियो । आयोजक टिमका लागि विजय घलानले सर्वाधिक ८४ रन जोड्न सफल भए । वृजेश कार्कीले ६९ रन बनाउन सफल हुँदा रमेश उपाध्यायले २६ रनको योग्दान दिएका थिए । म्यान अफ द म्याच आयोजक टिमका विजय घलान घोषित भए ।
जवाफी व्याटिङ गरेको वडा–८ ‘ए’ ले १७ ओभरमा सबै विकेट गुमाएर १ सय १८ रन मात्र बनायाे । सुरज भट्टराईले सर्वाधिक ४० रन बनाएका थिए । विकास डङ्गोलले २७ रनको योग्दान दिएका थिए भने विजय राजले २० रन बनाएका थिए । यस्तै सृजन अधिकारीले १० रन जोडेका थिए ।
यसैगरी शुक्रबारकाे दोस्राे सेमिफाइनल खेलमा टस जितेर पहिले व्याटिङ गरेको वडा–९ ‘ए’ ले २० ओभरमा २ सय २० रन बनाएको थियो । वडा नम्बर ९ ए का विवेक दहालले ४४ रन बनाएका थिए । २ सय २१ काे टार्गेट पाएकाे वडा नम्बर २ ले ८ ओभरमा ८५ रन जाेडेकाेमा वर्षाका कारण प्रभावित भयाे ।
त्यसपछि दोस्रो सेमीफाइनल खेल डक वर्थ (DL) लेविसका आधारमा दोस्रो इनिङ्स ८ ओभर ५ बलमा छोट्याइएको थियो । डक वर्थ लेविसमा वडा नम्बर २ जम्मा २३ रनले पराजीत भएकाे हाे । दोस्राे खेलकाे म्यान अफ द म्याच ९ ए का सुमन श्रेष्ठ घोषित भए ।
प्रतियोगिता अन्तरगत शनिबार फाइनल खेल हुनेछ । नेपाल खेलकुद महासंंघ ८ नम्बर वडा कमिटीको आयोजनामा प्रतियोगितामा १९ टिमको सहभागिता रहेको थियाे । प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।