मकवानपुर । मकवानपुरकाे हेटौं उपमहानगरपालिकामा जारी टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा आयोजक नेपाल खेलकुद महासंघ ८ नम्बर वडा र वडा–९ ‘ए’ भिड्ने भएका छन् ।
वडास्तरीय प्रतियाेगितामा शुक्रबारको पहिलो सेमीफाइनल खेलबाट हेटौंडा–८ ‘ए’ लाई १०२ रनले हराउँदै आयोजक खेलकुद महासंघ वडा–८ कमिटी र वडा–२ लाई २३ रनले हराउँदै वडा–९ ले फाइनलमा भेट पक्का गरेका हुन् ।
टस जितेर पहिलो व्याटिङ गरेको आयोजकले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनाएको थियो । आयोजक टिमका लागि विजय घलानले सर्वाधिक ८४ रन जोड्न सफल भए । वृजेश कार्कीले ६९ रन बनाउन सफल हुँदा रमेश उपाध्यायले २६ रनको योग्दान दिएका थिए । म्यान अफ द म्याच आयोजक टिमका विजय घलान घोषित भए ।
जवाफी व्याटिङ गरेको वडा–८ ‘ए’ ले १७ ओभरमा सबै विकेट गुमाएर १ सय १८ रन मात्र बनायाे । सुरज भट्टराईले सर्वाधिक ४० रन बनाएका थिए । विकास डङ्गोलले २७ रनको योग्दान दिएका थिए भने विजय राजले २० रन बनाएका थिए । यस्तै सृजन अधिकारीले १० रन जोडेका थिए ।
यसैगरी शुक्रबारकाे दोस्राे सेमिफाइनल खेलमा टस जितेर पहिले व्याटिङ गरेको वडा–९ ‘ए’ ले २० ओभरमा २ सय २० रन बनाएको थियो । वडा नम्बर ९ ए का विवेक दहालले ४४ रन बनाएका थिए । २ सय २१ काे टार्गेट पाएकाे वडा नम्बर २ ले ८ ओभरमा ८५ रन जाेडेकाेमा वर्षाका कारण प्रभावित भयाे ।
त्यसपछि दोस्रो सेमीफाइनल खेल डक वर्थ (DL) लेविसका आधारमा दोस्रो इनिङ्स ८ ओभर ५ बलमा छोट्याइएको थियो । डक वर्थ लेविसमा वडा नम्बर २ जम्मा २३ रनले पराजीत भएकाे हाे । दोस्राे खेलकाे म्यान अफ द म्याच ९ ए का सुमन श्रेष्ठ घोषित भए ।
प्रतियोगिता अन्तरगत शनिबार फाइनल खेल हुनेछ । नेपाल खेलकुद महासंंघ ८ नम्बर वडा कमिटीको आयोजनामा प्रतियोगितामा १९ टिमको सहभागिता रहेको थियाे । प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

